मुस्किलमा हुडाले आक्रामक अर्धशतक बनाउदा पन्जाबद्वारा चेन्नाईलाई मध्यम लक्ष्य



युएईमा जारि १३ औं आईपीएल अन्तर्गत ५३ औं खेलमा किंग्स-११ पन्जाब र चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गरिरहेका छन्।

अबुधाबी स्थित शेख जायद स्टेडियममा टस हारेर ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाउदै १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पन्जाबको लागि दिपक हुडाले सर्वाधिक ६२ रन बनाए जुन क्रममा ३० बलमा ३ चौका र ४ छक्का प्रहार गरे। आईपीएल करियरमा हुडाको यो दोश्रो अर्धशतक हो। पछिल्लो पटक उनले २०१५ मा अर्धशतक बनाएका थिए। उनले पहिलो र दोश्रो अर्धशतक बीचमा ४८ खेल खेले जुन आईपीएलमा २ वटा अर्धशतकको बीचमा दोश्रो ठुलो अन्तर हो। यस अघि सबैभन्दा धेरै युसुफ पठानले ४९ खेलको अन्तरमा २ वटा अर्धशतक बनाएका थिए।

कप्तान केएल राहुलले २९, मायाँक अग्रवालले २६, मन्दिप सिंहले १४, क्रिस गेलले १२ रन बनाए। क्रिस जोर्डनले अविजित ४, निकोलस पुरन र जेम्स निशमले समान २ रन बनाए।

हुडाले २६ बलमा अर्धशतक बनाए

पहिलो विकेटको लागि केएल राहुल र मायाँक अग्रवालले ४८ रनको साझेदारी गरेका थिए। छैठौं र नवौं ओभरमा लुंगी एनगीडीले अग्रवाल र राहुलको विकेट लिएपछि पन्जाबले लगातार विकेट गुमायो। ११ औं ओभरमा निकोलस पुरन तथा १३ औं ओभरमा क्रिस गेललाई शार्दुल ठाकुर र इमरान ताहिरले पेभेलियन फर्काए।

७२/४ को अवस्थाबाट मन्दिप सिंहले दिपक हुडासंग ३६ रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराए। १६ औं ओभरमा सिंहलाई रभिन्द्र जडेजाले बोल्ड गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा जेम्स निशमलाई एनगीडीले तेश्रो शिकार बनाए।

अर्को किनारमा विकेट गुमेता पनि दिपक हुडाले एक किनार सम्हाल्दै ब्याटिंग गरे जसलाई क्रिस जोर्डनले साथ दिए। १८ औं ओभरमा हुडाले एनगीडीको ओभरमा २ छक्का हिर्काए जुन ओभरमा कुल १६ रन बन्यो। एनगीडीले गरेको इनिंगको अन्तिम ओभरमा हुडाले १ चौका र १ छक्का हिर्काए।

सातौँ विकेटको लागि हुडा र जोर्डनले मात्र १७ बलमा ४० रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा पन्जाबले  २ विकेट गुमाएर ५८ रन बनायो।

लुंगी एनगीडी

चेन्नाईको बलिंगमा लुंगी एनगीडीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३९ रन खर्चिए। शार्दुल ठाकुर ( ४-०-२७-१ ), रभिन्द्र जडेजा ( ३-०-१७-१ ) , इमरान ताहिर ( ४-०-२४-१ ) ले समान १ विकेट लिए।

पन्जाब प्लेअफ पुग्ने समीकरण 

पन्जाबले आज चेन्नाईलाई पराजित गर्ने हो भने नेट रन रेटमा पन्जाब अघि बढ्ने सम्भावना प्रवल हुन्छ किनकि पन्जाबको नेट रन रेट कोलकाता, राजस्थान, बैंगलोर र दिल्ली भन्दा राम्रो रहेको छ।

दिल्ली र बैंगलोरको हार पछि पन्जाब राम्रो अवस्थामा रहेको छ। दिल्ली र बैंगलोरको भन्दा नेट रन रेट पन्जाबको राम्रो रहेको छ। त्यसैले दिल्ली र बैंगलोर मध्ये पराजित हुने टिम भन्दा पन्जाब नेट रन रेटमा पछि पार्दै प्ले-अफ पुग्न सक्छ

पन्जाबले चेन्नाईलाई पराजित गर्ने तथा हैदरावादले मुम्बईसंग हार बेहोरेको खण्डमा पनि पन्जाबलाई नेट रन रेटमा अघि बढ्न सहज हुनेछ। त्यो अवस्थामा कोलकाता र राजस्थानको १४ अंक रहेता पनि नेट रन रेटमा पन्जाबलाई पछि पार्ने सम्भावना असम्भव जस्तो छ।

चेन्नाईसंग पराजित भए पन्जाबको प्ले-अफ सम्भावना समाप्त हुनेछ।

यो पनि पढ्नुस :-

IPL : ४ खेल बाँकी, ३ प्ले-अफ स्थानको लागि ६ टिमको रेस , यस्तो छ समीकरण

पन्जाबसंगको खेल अघि धोनीको ठूलो घोषणा ‘यो मेरो आईपीएलमा अन्तिम खेल हैन’

टाउकोको उचाइको बललाई ‘नो बल’ नदिएपछि खेलाडी र फ्यानहरु चकित

इरफान पठान लंका प्रिमियर लिग खेल्न अनुबन्धित

लगातार तेश्रो हार पछि बैंगलोर कप्तान कोहलीले के भने





थप समाचार

अभ्यास खेलमा नेपालको जित

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एक मात्र अभ्यास खेलमा ओन्टारियोको एमएलसीसी-एघारलाई ६९ रनले पराजित गरेको छ। शनिवार विहान […]

स्व. महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट प्रतियाेगितामा सप्तरी र धनुषा विजयी

चन्दनकुमार यादब, राजबिराज, असार १७ शुकवार राजबिराजमा संचालित महेन्द्र नारायण निधि मधेश प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता अन्तर्गत पहिलाे खेलमा सप्तरीले […]

नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं, असार १५– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट […]

अपन राधेमाईलाई नेक्सस कप क्रिकेट उपाधि

अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल […]

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]