पन्जाबको प्ले-अफ सपना चेन्नाईद्वारा चकनाचुर, गायकवाडको कीर्तिमानी अर्धशतक



चेन्नाई सुपर किंग्ससंग ९ विकेटले पराजित हुँदै किंग्स-११ पन्जाब आईपीएलको प्लेअफ रेसबाट बाहिर हुने दोश्रो टिम बनेको छ। चेन्नाई प्लेअफ रेसबाट बाहिर हुने पहिलो टिम थियो।

लिगमा लगातार तेश्रो जित दर्ता गर्दै चेन्नाईले पन्जाबको प्लेअफ पुग्ने सपना चकनाचुर पार्यो। यस अघि चेन्नाईले अघिल्लो २ खेलमा बैंगलोर र कोलकातालाई पराजित गरेको थियो।

अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा पन्जाबले दिएको १५४ रनको लक्ष्य चेन्नाईले मात्र १ विकेट गुमेर १८.५ ओभरमा पुरा गर्यो।

चेन्नाईको ब्याटिंगमा रुतुराज गायकवाडले सर्वाधिक ६२ रन बनाए जुन क्रममा ४९ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

गायकवाड लगातार ३ खेलमा अर्धशतक बनाउने चेन्नाई सुपर किंग्सका पहिलो खेलाडी समेत बन्न पुगे। उनले यस अघि बैंगलोर बिरुद्ध ६५ तथा कोलकाता बिरुद्ध ५१ रन बनाएका थिए।

फाफ डु प्लेसीले ३४ बलमा ४८ रन बनाए जुन क्रममा ४ चौका र २ छक्का प्रहार गरे। अम्बाती रायडुले  अविजित २८ रन बनाए।

गायकवाडले लगातार तेश्रो खेलमा अर्धशतक बनाउदै नयाँ कीर्तिमान बनाए

ओपनर गायकवाड र डु प्लेसीले पहिलो विकेटको लागि ८२ रनको साझेदारी गरेका थिए। दोश्रो विकेटको लागि गायकवाड र अम्बाती रायडुले अर्धशतकी साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। दुवैले अविजित ७२ रनको साझेदारी गरे।

पन्जाबको बलिंगमा १ मात्र विकेट क्रिस जोर्डनले लिए।

पन्जाबको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो।

पन्जाबको लागि दिपक हुडाले सर्वाधिक ६२ रन बनाए जुन क्रममा ३० बलमा ३ चौका र ४ छक्का प्रहार गरे। आईपीएल करियरमा हुडाको यो दोश्रो अर्धशतक हो। पछिल्लो पटक उनले २०१५ मा अर्धशतक बनाएका थिए। उनले पहिलो र दोश्रो अर्धशतक बीचमा ४८ खेल खेले जुन आईपीएलमा २ वटा अर्धशतकको बीचमा दोश्रो ठुलो अन्तर हो। यस अघि सबैभन्दा धेरै युसुफ पठानले ४९ खेलको अन्तरमा २ वटा अर्धशतक बनाएका थिए।

कप्तान केएल राहुलले २९, मायाँक अग्रवालले २६, मन्दिप सिंहले १४, क्रिस गेलले १२ रन बनाए। क्रिस जोर्डनले अविजित ४, निकोलस पुरन र जेम्स निशमले समान २ रन बनाए।

हुडाले २६ बलमा अर्धशतक बनाए

पहिलो विकेटको लागि केएल राहुल र मायाँक अग्रवालले ४८ रनको साझेदारी गरेका थिए। छैठौं र नवौं ओभरमा लुंगी एनगीडीले अग्रवाल र राहुलको विकेट लिएपछि पन्जाबले लगातार विकेट गुमायो। ११ औं ओभरमा निकोलस पुरन तथा १३ औं ओभरमा क्रिस गेललाई शार्दुल ठाकुर र इमरान ताहिरले पेभेलियन फर्काए।

७२/४ को अवस्थाबाट मन्दिप सिंहले दिपक हुडासंग ३६ रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराए। १६ औं ओभरमा सिंहलाई रभिन्द्र जडेजाले बोल्ड गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा जेम्स निशमलाई एनगीडीले तेश्रो शिकार बनाए।

अर्को किनारमा विकेट गुमेता पनि दिपक हुडाले एक किनार सम्हाल्दै ब्याटिंग गरे जसलाई क्रिस जोर्डनले साथ दिए। सातौँ विकेटको लागि हुडा र जोर्डनले मात्र १७ बलमा ४० रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा पन्जाबले २ विकेट गुमाएर ५८ रन बनायो।

चेन्नाईको बलिंगमा लुंगी एनगीडीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३९ रन खर्चिए। शार्दुल ठाकुर ( ४-०-२७-१ ), रभिन्द्र जडेजा ( ३-०-१७-१ ) , इमरान ताहिर ( ४-०-२४-१ ) ले समान १ विकेट लिए।

अंकतालिका र प्लेअफ समीकरण 

१४ खेलमा ६ जित र ८ हार बेहोरेको पन्जाब अंकतालिकामा पाँचौ स्थानमा यथावत रहेको छ भने चेन्नाई जितपछि कोलकातालाई पछि पार्दै सातौँ स्थानमा उक्लेको छ। चेन्नाईले १४ खेलमा ६ जित र ८ हार बेहोर्दै लिग समाप्त गर्यो।

पन्जाब पराजित भएपछि अब कोलकाता, राजस्थान र हैदरावादको प्लेअफ सम्भावना बढेको छ। हैदरावाद मुम्बईसंग अन्तिम खेलमा मंगलबार विजयी भएको खण्डमा प्लेअफ छनौट हुनेछ। हैदरावाद पराजित भएको खण्डमा कोलकाता र राजस्थान बिचको खेलमा विजयी हुने टिम तथा बैंगलोर र दिल्ली बीच खेलमा पराजित हुने टिम मध्ये नेट रन रेटमा उत्कृस्ट हुने टिम प्लेअफ पुग्नेछ।

यो पनि पढ्नुस :-

IPL : ४ खेल बाँकी, ३ प्ले-अफ स्थानको लागि ६ टिमको रेस , यस्तो छ समीकरण

पन्जाबसंगको खेल अघि धोनीको ठूलो घोषणा ‘यो मेरो आईपीएलमा अन्तिम खेल हैन’

टाउकोको उचाइको बललाई ‘नो बल’ नदिएपछि खेलाडी र फ्यानहरु चकित

इरफान पठान लंका प्रिमियर लिग खेल्न अनुबन्धित

लगातार तेश्रो हार पछि बैंगलोर कप्तान कोहलीले के भने





थप समाचार

एलपीएलको अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प धनगढी

धनगढीमा आयोजना हुन गइरहेको विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६)को अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प प्रा.लि.धनगढी रहने […]

शाहिन अफ्रिदी आईसीसी वर्ष पुरुष क्रिकेटर २०२१ घोषित, कसले जिते के अवार्ड

पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदी सर गारफिल्ड सोबर्स आईसीसीको वर्ष पुरुष क्रिकेटर घोषित भएका छन्। अफ्रिदीले वर्ष २०२१ मा […]

वेस्टइन्डिजका होसेनले तोडे सोमपालको विश्वरेकर्ड

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामिले सन् २०१४ मा बनाएको विश्वकीर्तिमान वेस्टइन्डिजका अकेल होसेनले तोडेका छन्। सोमपालले सन् २०१४ नोभेम्बर २४ […]

‘गुट-उपगुट पनि पुनरागमन गर्न नसक्नुको कारण’ – अनिल मण्डल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले राष्ट्रिय क्रिकेट टिम भित्रको तत्कालिन ‘गुट-उपगुट’ पनि पुनरागमन गर्न नसक्नुको कारण […]

२६ फोटोमा हेर्नुस राष्ट्रिय टिम कसरि गर्दैछ विश्वकप छनोटको तयारी

प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता समाप्त भएपछि नेपाली रास्ट्रिय क्रिकेट टिमले टि-२० विश्वकप छनोटको लागि दोश्रो चरणको प्रशिक्षण थालेको छ। […]

यी हुन् आईपीएल अक्सनमा दर्ता हुने १५ नेपाली खेलाडी, सबैको बोलि नलाग्ने

नेपाल क्रिकेट संघ ( क्यान ) ले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा को अक्सनमा सहभागी हुने १५ जना […]