पहिलो दिन अफगानिस्तान बिरुद्ध आयरल्याण्डको कमजोर प्रदर्शन : एक मात्र टेस्ट



  • विकेटनेपाल – १ चैत्र, शुक्रवार  

भारतको देहेरादुनमा शुक्रवारबाट सुरुभएको आयरल्याण्ड बिरुद्धको एक मात्र टेस्टको पहिलो दिनको खेल अफगानिस्तानले आफ्नो नाम गरेको छ।

टस जितेर ब्याटिंग गरेको आयरल्याण्डलाई पहिलो इनिंगमा मात्र १७२ रनमा समेट्दै खेलमा अफगानिस्तानले आफ्नो पकड बनाउन सफल रह्यो। कुनै समय ८५/९ को दयनीय अवस्थामा रहेको आयरल्याण्डका लागि जर्ज डक्रेल र टिम मुर्तघले अन्तिम विकेटका लागि ८७ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए।

आइरिस् इनिंगमा सर्वाधिक रन जोडेका मुर्तघले व्यक्तिगत ५४ रनको योगदान गरेका थिए। ७५ बलको सामना गरेका उनले आफ्नो इनिंगमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै डक्रेलले व्यक्तिगत ३९ रन जोड्दा १०० बलमा ६ चौका प्रहार गरे।

ठूला नामहरु केभिन ओ ब्रायन (१२), विलियम पोटरफिल्ड (९) र पल् स्टर्लिंग (२६) सस्तैमा पभेलियन फर्किंदा आयरल्याण्डको ब्याटिंग धराशायी बनेको थियो।

अफगानिस्तानको बलिङ्गमा यामिन अहमद्जाई र मोहम्मद नबीले समान ३-३ विकेट चट्काएका थिए। यस्तै राशिद खान र वकार सलाम्खिलको नाममा समान २-२ विकेट रह्यो।

पहिलो दिननै आफ्नो पहिलो इनिंग ब्याटिंग गर्न उत्रिएको अफगानिस्तानले दिनको समाप्तिसम्म २ विकेट गुमाएर ९० रन जोड्दा खेलमा ८२ रनले पछि रहेको छ।

Mohammad Nabi
Mohammad Nabi

दिनको समाप्तिसम्म उसका रहमत साह २२ र हस्मतुल्लाह साहिदी १३ रनमा अविजित रहेका छन्। यस्तै मोहम्मद सेहजाद ४० र इस्नानुल्लाह जन्नत ७ रन जोड्दै पभेलियन फर्किए।

आयरल्याण्डको बलिङ्गमा जेम्स क्यामरुन डोले २ विकेट हात पारेका छन्।

दुबै टोलीका लागि यो दोस्रो टेस्ट खेल हो। यसअघि अफगानिस्तानले भारत र आयरल्याण्डले पाकिस्तान बिरुद्ध एक-एक टेस्ट खेलेका थिए।

Photos : (@ICC)





थप समाचार

EPL मा आज दुई खेल हुँदै

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिगको दोश्रो दिन दुई वटा खेलहरु खेलिंदैछन्। शनिवार सम्पन्न पहिलो खेलमा सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ […]

IPL : दिल्ली र पन्जाब विजयी, दिल्ली पुनः शिर्षमा

युएईमा जारी आईपीएलको शनिवार सम्पन्न दुई खेलमा पन्जाब किंग्स र दिल्ली क्यापिटल्स विजयी भएका छन्। दिनको पहिलो खेलमा दिल्लीले राजस्थान […]

यस्तो रह्यो टियु मैदानमा अफ्रिदीको उपस्थिति ( फोटो फिचर सहित )

विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीखेल खेल आफ्नै आँखा अगाडी टियु मैदान कीर्तिपुरमा हेर्ने नेपाली समर्थकहरुको चाहना शनिवार पुरा भएको छ। […]

प्लेयर अफ द म्याच चुनिएपछि बर्लले भने ‘देब्रे हाते स्पिनरलाई प्रहार गर्न सहज’

डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्स बिरुद्ध उद्घाटन खेलमा काठमाडौँ किंग्स-११ का अलराउण्डर रायन बर्ल प्लेयर अफ द म्याच चुनिए। २७ वर्षीय […]

“व्यक्तिगत प्रदर्शन भन्दा टिमको जित महत्वपूर्ण” सन्दिप लामिछाने

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग टि-२० मा विजयी सुरुवात गरेपछि काठमाडौँ किंग्स-११ का कप्तान सन्दिप लामिछानेले व्यक्तिगत प्रदर्शन भन्दा टिम […]

EPL : बर्ल र गुर्बजको आक्रामक ब्याटिंग, काठमाडौँको विजयी सुरुआत

डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौँ किंग्स-११ ले एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) टि-२० मा विजयी […]