PSL : एकै खेलमा बन्यो लिग इतिहासकै सर्वाधिक ४७९ रन



कीर्तिमानी हाईस्कोरिंग खेलमा पेशावर जाल्मीलाई १५ रनले पराजित गर्दै इश्लामावाद युनाइटेडले पाकिस्तान सुपर लिगको पहिलो क्वालीफायरमा स्थान पक्का गरेको छ।

युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा इश्लामावादले दिएको २४८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पेशावरले पुरै २० ओभर ब्याटिंग गर्दै ६ विकेट क्षेतीमा २३२ रन बनाउन सक्यो।

४७९ रन पाकिस्तान सुपर लिग इतिहासमै एकै खेलको दुई इनिंग्स जोड्दा बनेको सर्वाधिक रन हो। यस अघि सन् २०१९ मा लाहोर र इश्लामावाद बीचको खेलमा बनेको ४२७ रन सर्वाधिक थियो। पीएसएल इतिहासको एकै खेलको दुई इनिंग्स जोड्दा ४ सय भन्दा बढी रन बनेको यो छैठौं खेल हो।

लक्ष्य पछ्याउने क्रममा पेशावरको लागि शोयब मलिकले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ३६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। कमरान अकमलले ३२ बलमा ७ चौका र २ छक्का मद्दतले ५३ रन बनाए।  शर्फेन रुथरफोर्डले ८ बलमा १ चौका र ४ छक्का मद्दतले २९ रन, वहाव रियाजले १५ बलमा १ चौका र २ छक्का मद्दतले अविजित २८ रन तथा उमेद आसिफले ९ बलमा २ चौका र १ छक्का मद्दतले अविजित २० रन बनाए।

हज्रतुल्लाह जजाई खाता नखोली तथा इमाम उल हक ७ रन बनाएर आउट भएपछि चौथो नम्बरमा ब्याटिंग गरेका शोयब मलिकले आक्रामक ब्याटिंग गरेका थिए। मलिकले अकमलसंग ५३ रनको, चौथो विकेटको लागि रोभम्यान पावेलसंग ४० रनको तथा शर्फेन रुथरफोर्डसंग ४४ रनको साझेदारी गरे। मलिक १७ औं ओभरमा हुसेन तलतबाट बोल्ड भए। मलिकको विकेट पछि सातौं विकेटको लागि वहाव रियाज र उमेद आसिफले अविजित ४७ रनको साझेदारी गरेता पनि जितसम्म पुर्याउन सकेनन्।

अन्तिम ओभरमा जितको लागि २३ रन आवस्यक रहंदा अकिफ जावेदले अन्तिम ओभरमा ७ रन मात्र खर्चदै इस्लामावादको हारको खतरा टारेका थिए।

इश्लामावादको बलिंगमा अकिफ जावेदले ३ विकेट ( ४-०-४३-३ ) , हुसेन तलतले २ विकेट ( ४-०-३७-२ ) लिए भने हसन अलिले १ विकेट ( ४-०-३०-१ ) लिए।

ख्वाजाको कीर्तिमानी शतक 

यस अघि टस हारेर ब्याटिंग गरेको इश्लामावादले निर्धारित २० ओभरमा २ विकेट क्षेतीमा २४७ रन बनाएको थियो।

२४७ रनको योगफल पाकिस्तान सुपर लिगको इतिहासमै तथा पाकिस्तानको घरेलु टि-२० क्रिकेट इतिहासकै सर्वाधिक योगफल हो। इश्लामावादलेनै सन् २०१९ को संस्करणमा लाहोर कलन्दर्स बिरुद्ध २३८ रन बनाएको थियो जुन रेकर्ड आफैले तोड्न सफल भएको छ। लिग इतिहासमा कुनै टिमले २ सय वा त्यो माथिको योगफल तयार गरेको यो १४ औं पटक हो।

इश्लामावादको लागि कप्तान समेत रहेका ओपनर उस्मान ख्वाजाले अविजित १०५ रन बनाउने क्रममा मात्र ५६ बलमा १३ चौका र ३ छक्का प्रहार गरे। लिग इतिहासमै ख्वाजा शतक बनाउने पहिलो कप्तान बनेका छन्। टि-ट्वान्टी करियरमा ख्वाजाले बनाएको यो व्यक्तिगत तेश्रो शतक हो भने पाकिस्तान सुपर लिगमा पहिलो हो। लिग इतिहासमा बनेको यो दशौँ शतक हो भने खवाजा आठौँ ब्याट्सम्यान हुन्।

यस्तै कोलिन मुनरोले २८ बलमा ५ चौका र २ छक्का मद्दतले ४८ रन, ब्रेण्डन किंगले २२ बलमा ५ चौका र ३ छक्का मद्दतले अविजित ४६ रन तथा आसिफ अलिले १४ बलमा २ चौका र ५ छक्का मद्दतले ४३ रन बनाए।

ख्वाजाले पहिलो विकेटको लागि मुनरोसंग ९८ रनको, दोश्रो विकेटको लागि अलिसंग ४७ रनको तथा तेश्रो विकेटको लागि किंगसंग १०२ रनको साझेदारी गरे।

अंकतालिका : जितपछि इश्लामावाद एक खेल बाँकी रहँदै पहिलो क्वालीफायरमा स्थान बनाउन सफल भएको छ जसले ९ खेलमा ७ जित र २ हार पछि १४ अंक बटुलेको छ। हार पछि पेशावर १० खेलमा ५ जित र ५ हार पछि १० अंक सहित दोश्रो स्थानमा छ। समान १० अंक रहेको लाहोरले ८ खेल खेलेको छ र नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा रहेको छ।





थप समाचार

द हन्ड्रेड : मोईन अलि कप्तानीको बर्मिंघम ३ विकेटले विजयी

इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ लिग अन्तर्गत गय राति सम्पन्न लिगको दोश्रो खेलमा मोईन अलि कप्तानीको बर्मिंघम फोनिक्सले ओएन मोर्गन कप्तानीको […]

श्रीलंकाद्वारा भारत ३ विकेटले पराजित

तेश्रो खेलमा भ्रमण टोलि भारतलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिजको सुखद अन्त्य गरेको छ। यस अघिनै भारतले अघिल्लो दुई […]

आमिर अख्तरलाई क्यानको जवाफ

पूर्व राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) का प्रवन्ध निर्देशक आमिर अख्तरले दुई दिन अघि नेपाल क्रिकेट […]

श्रीलंकाद्वारा भारत २२५ रनमै सिमित

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेल जारि रहेको छ। आर प्रेमदासा स्टेडियम कोलोम्बोमा टस […]

जिम्बाब्वेद्वारा बंगलादेश पराजित, सिरिज बराबरी

दोश्रो खेलमा बंगलादेशलाई पराजित गर्दै घरेलु टोलि जिम्बाब्वेले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ। हरारे स्पोर्ट्स […]

मधिभिरेको करियरकै उच्च स्कोर, जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जित्न जिम्बाब्वेले बंगलादेशलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको […]