रभिन्द्र जडेजा भारत-अस्ट्रेलिया सिरिजबाट बाहिर



भारतीय अलराउण्डर रभिन्द्र जडेजा भारत र अस्ट्रेलिया बीच जारि टि-२० अन्तर्राष्ट्रिय सिरिजबाट बाहिर भएका छन्। जडेजाको स्थानमा फास्ट बलर शार्दुल ठाकुरलाई बाँकी २ खेलको लागि टिममा समावेश गरिएको छ।

भारतीय क्रिकेट बोर्डले जारि गरेको प्रेस बिज्ञप्तिमा बिसीसीआईले जडेजा अस्ट्रेलियाबिरुद्ध शुक्रबार सम्पन्न पहिलो टि-२० को दौरान बलले टाउकोमा लाग्दा उनि घाइते भएको बताएको छ। यस्तै खेलको दौरान ३१ वर्षीय खेलाडीलाई ब्याटिंगको दौरान ह्याम्सट्रिन्ग इन्जुरी ( मांसपेशीमा खिचाव ) समेत भएको छ।

खेलको इनिंग ब्रेकको दौरान बिसीसीआईको मेडिकल टिमले जडेजाको जांच गर्दा उनलाई कनकसन ( टाउकोमा बलले लाग्दा दिमागमा हुने समस्या ) देखिएको पाइएको हो। जडेजा खेल्न नसक्ने हुँदा टिमले कनकसन सब्सटिट्युटको रुपमा लेग स्पिनर युजभेन्द्र चाहललाई अन्तिमम-११ मा समाबेश गरको थियो। चहलले खेलमा २५ रन खर्चेर ३ विकेट लिंदा उनि खेलको प्लेयर अफ द म्याच चुनिएका थिए। शानदार लयमा रहेका जडेजाले ब्याटिंगतर्फ २३ बलमा अविजित ४४ रन बनाउदै जितमा अहम योगदान दिएका थिए।

बिज्ञप्ति अनुसार जडेजाको अतिरिक्त स्क्यानहरु गरिनेछ र आवस्यकता देखिए उनलाई थप समय निगरानीमा राखिनेछ।

खेलमा कनकसन सब्सटिट्युटको रुपमा जडेजाको स्थानमा चहललाई मौका दिने म्याच रेफ्री डेभिड बुमको निर्णयको आलोचना पनि भएको छ। खेलको दौरान जडेजालाई टाउकोमा लागेर कनकसन भएको हो या उनि ह्याम्सट्रिन्ग इन्जुरीका कारण खेल्न नसकेका हुन् भन्नेमा स्पस्टता नदेखिएको हो। कनकसन भन्दा जडेजा ह्याम्सट्रिन्ग इन्जुरीले खेल्न नसकेको जस्तो अस्ट्रेलियन टिमले बुझेको बताईएको छ।

जडेजालाई २० औं ओभरमा ब्याटिंग गर्ने क्रममा दोश्रो बलमा टाउकोमा बलले लाग्दा तुरुन्त उपचार नहुनुले पनि अस्ट्रेलियनहरुको शंकामा बल पुगेको हो। अस्ट्रेलियन प्रशिक्षक जस्टिन ल्यांगरले इनिंग ब्रेकको दौरान म्याच रेफ्री डेभिड बुमसंग कडा बादविवाद गरेका थिए।

तर नियम अनुसार भने भारतीय टिमले कुनै पनि प्रोटोकल तोडेको छैन। आईसीसीको गाइडलाइन अनुसार जडेजालाई चहलले प्रतिस्थापन गरेका हुन्। जडेजाको अन्तिम ओभरको दौरान त्यस्तो घटना भएकोले तुरुन्त जांच नभएको भन्नुले पनि खास अर्थ राख्दैन।

भारतीय टिमले बताए अनुसार ब्याटिंग गरेर बाहिर फर्कने क्रममा जडेजालाई चक्कर लागेको महसुस भएको थियो। त्यसपछि मेडिकल स्टाफसंग कनकसन सब्सटिट्युट बोलाउने बाहेक अरु उपाए थिएन।

“उनको अन्तिम ओभरमा हेल्मेटमा लागेको थियो ( मिचेल स्टार्कको बलमा ) र जब उनि ड्रेसिंग रुममा फर्किए उनलाई फिजियोले कस्तो महसुस भएको छ भनेर सोधेका थिए। उनले थोरै चक्कर लागेको छ बताए। त्यसपछि उनि डक्टरको निगरानीमा रहेका थिए।” खेलपछि प्रेस बिज्ञप्तिमा संजु स्यामसनले जडेजाबारे प्रतिक्रिया दिए। भारत कप्तान बिराट कोहलीले जडेजाले भने यो बारे यो प्रतिक्रिया दिएका छैनन्।

खेलपछि अस्ट्रेलियन कप्तान आरोन फिंचले डक्टरको निर्णयलाई च्यालेन्ज गर्न नसकिने बताउदै व्यंग्यात्मक प्रतिक्रिया दिए – “उनीहरुको डक्टरले जडेजालाई कनकसनका कारण बाहिर राखे। तपाईले मेडिकल एक्स्पर्टको निर्णयलाई कसरि च्यालेन्ज गर्न सक्नुहुन्छ।”





थप समाचार

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]