यस कारण जडेजासंग होसियार हुनुपर्छ राजस्थान र स्टिभ स्मिथ



युएईको शारजाहमा लिगको पुरानो प्रतिद्वन्दी चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ। राजस्थानले चेन्नाईलाई पराजित गर्दै आईपीएलको पहिलो उपाधि २००८ मा जितेको थियो। तर त्यसपछि भने लिगमा राम्रो प्रदर्शन गर्न रोयल्स संघर्ष गर्दै आएको छ। अन्तर्राष्ट्रिय स्टारहरु भरिएको रोयल्स यो पटक प्लेअफ पुग्ने लक्ष्यमा छ जसको लागि ठुला टिमहरुलाई पराजित गर्नुपर्नेछ।

तर चेन्नाई रोयल्स बिरुद्धको प्रतिस्पर्धामा हावी हुँदै आएको छ जुन क्रममा २१ खेल मध्ये १४ खेलमा चेन्नाई र ७ खेलमा राजस्थान बिजयी भएको छ। चेन्नाईको जितमा एउटा खेलाडीले महत्वपूर्ण भूमिका निभाउदै आएका छन् जो राजस्थानकै पूर्व अलराउण्डर रभीन्द्र जडेजा हुन्।

जडेजाले आफ्नो अलराउण्ड प्रदर्शनले पहिलो २ सिजन राजस्थानमा सबैलाई प्रभावित बनाएका थिए। त्यसपछि उनि चेन्नाईमा विवादित रुपमा ट्रान्सफर भएका थिए जसकारण उनले २०१० मा प्रतियोगिताबाट प्रतिवन्ध बेहोर्नुपर्यो। तर त्यसपछि २०११ मा चेन्नाईको लागि खेलेका जडेजा २ पटक टिमले उपाधि जित्दा टिमको हिस्सा रहीसकेका छन्।

देब्रे हाते स्पिनर र ब्याट्सम्यान जडेजा विशेष गरि आफ्नो पुरानो टिम बिरुद्ध बढी प्रभावकारी रहेका छन्। उनले रोयल्स बिरुद्ध १४ खेलमा १६ विकेट लिएका छन् जुन क्रममा उनको औशत १९ रहेको छ। उनको स्ट्राइक रेट र औशत अन्य टिमभन्दा रोयल्स बिरुद्ध उत्कृस्ट रहेको छ।

देब्रे हाते स्पिनरले २ पटक राजस्थान बिरुद्ध एकै खेलमा ४ विकेट लिएका छन् भने राजस्थानका कप्तान तथा महत्वपूर्ण ब्याट्सम्यान स्टिभ स्मिथलाई ५ पटक आउट गरेका छन्। स्मिथले जडेजा बिरुद्ध मात्र ८९ को स्ट्राइक रेटमा ब्याटिंग गरेका छन्।

आईपीएलमा राजस्थान बिरुद्ध उनि तेश्रो सबैभन्दा सफल बलर हुन्। आजको खेलमा ‘सर जडेजा’ पुनः आफ्नो पुरानो टिम बिरुद्ध उही काम दोहोर्याउने सोचमा रहनेछन्।

स्मरण रहोस जडेजा आईपीएलमा ठूलो रेकर्ड नजिक रहेका छन्। लिगमा उनले  थप ७३ रन बनाएको खण्डमा २००० रन तथा १०० विकेट लिने लिग इतिहासकै पहिलो क्रिकेटर बन्नेछन्। ३१ वर्षीय जडेजाले आईपिएलमा १७० खेल खेल्ने क्रममा १२९ इनिंगमा ब्याटिंग गर्दै २३.९१ को औशतले १,९३७ रन बनाएका छन्।  यस्तै बलिंगमा उनले १७१ खेलमा १४३ इनिंग बलिंग गर्दै २२.९ को स्ट्राइक रेट र २९.४ को औशतमा ११० विकेट लिएका छन्।

IPL : अलराउण्डरको रुपमा ठूलो कीर्तिमान नजिक जडेजा

IPL Match 4 : चेन्नाईलाई राजस्थानको चुनौती, दुवै टिमको बलियो र कमजोर पक्ष

देभदत्त पडीक्कल : नजिकबाट चिन्नुस आईपीएल २०२० मा आरसीबिका नयाँ ओपनरलाई

बोर्ड बैठकका लागि क्यान पदाधिकारीहरु चितवनमा