CPL : गायना बिरुद्ध जमैका टस जितेर बलिंग गर्दै

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत आफ्नो चौथो खेलमा सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले गायना अमेजन वारियर्ससंग प्रतिस्पर्धा गर्दैछ। यस अघि पनि गायनासंग प्रतिस्पर्धा गर्ने क्रममा जमैका १४ रनले पराजित भएको थियो।

ट्रिनिडाड एन्ड टोबागो स्थित क्विन्स ओभल पार्कमा ३:१५ बजे बिहान ( नेपाली समय ) सुरु हुने खेलमा जमैकाले टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको छ।

जमैकाले आफ्नो अन्तिम ११ मा नेपाली स्पिनर सन्दिप लामिछाने, मुजिब उर् रहमान, ग्लेन फिलिप्स र आसिफ अलि गरि ४ जना विदेशी खेलाडीलाई मौका दिएको छ।

Guyana Amazon Warriors (Playing XI): Brandon King, Anthony Bramble, Shimron Hetmyer, Ross Taylor, Nicholas Pooran(w), Sherfane Rutherford, Keemo Paul, Chris Green(c), Naveen-ul-Haq, Imran Tahir, Ashmead Nedd

Jamaica Tallawahs (Playing XI): Chadwick Walton, Glenn Phillips(w), Nkrumah Bonner, Rovman Powell(c), Asif Ali, Jermaine Blackwood, Carlos Brathwaite, Andre Russell, Sandeep Lamichhane, Fidel Edwards, Mujeeb Ur Rahman

लिगको अंकतालिकामा गायना ४ अंक सहित तेश्रो र जमैका २ अंक सहित चौथो स्थानमा रहेको छ। अंकतालिकामा ६ टिम मध्ये सबैले एकअर्का बिरुद्ध २/२ खेल खेलीसकेपछि उत्कृस्ट हुने ४ टिम सेमीफाइनल प्रवेश गर्नेछ।

यो पनि पढ्नुस :-

CPL T20 : सन्दिपको टिम जमैकाको चौथो खेल गायना बिरुद्ध ( सम्पूर्ण जानकारी )

लुइसले विस्फोटक ब्याटिंग गर्दा सेन्ट किट्सको पहिलो जित

इंग्ल्यान्डको १० वर्षे प्रतीक्षा समाप्त, तेश्रो टेस्ट बराबरीमा टुंगियो,

६ सयौं विकेट लिंदै एन्डरसनको नयाँ विश्वकीर्तिमान

टुट्न मुस्किल छ आईपीएलका यी ८ रेकर्ड