जापान : एम्बेसी कपको लागि नेपाली टिमको घोषणा



जापान क्रिकेट एसोसियसनद्वारा आयोजना हुँदै आइरहेको एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगिता खेल्नको लागि नेपाल एम्बेसीको तर्फबाट आफ्नो टिम घोषणा गरिएको छ।

अक्टोबर ३० र ३१ तारिख तोचिगी प्रान्तमा रहेको सानो अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको एम्बेसी कप-२०२१ मा नेपाल एम्बेसीको तर्फबाट १६ जना खेलाडी सहभागी हुन लागेको टोकियो राइनो क्रिकेट क्लबका अध्यक्ष विनम्र खत्रीले जानकारी दिए । एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगितामा नेपालको तर्फबाट आवश्यक तयारी सँगै अजय ठाकुरको कप्तानीमा प्रतियोगितामा सहभगिता जनाउन लागेको टिम म्यानेजर नेत्र रोकाले बताए ।

सो प्रतियोगितामा नेपाल सँगै भारत , बङ्गलादेश , पाकिस्तान , श्रीलंका, ब्रिटेन, न्युजिल्याण्ड र अष्ट्रेलिया एम्बेसी र जापानको अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने जनाईएको छ ।

हरेक बर्षको सेप्टेम्बर महिनाको अन्त्यमा आयोजना हुँदै आएको एम्बेसी कप यस पटक भने कोभिड-१९ नियन्त्रणको लागि आपतकाल लागू रहेका कारण एक महिना ढिलो गरि आयोजना हुने भएको छ । २०१८ बाट शुरु भएको एम्बेसी कपमा नेपाल पहिलो पटक उपविजेता बनेको थियो भने २०१९ मा पनि उपबिजेता बनेको नेपाली टिम २०२० मा भने समुह चरणबाटै बाहिरिएको थियो ।

नेपालमा रहदा विभिन्न ज़िल्ला वा सो सरहका क्रिकेट प्रतियोगितमा खेलेर अनुभव र दक्षता हासिल गरेका विभिन्न ज़िल्लाबाट जापानमा आई क्रिकेट खेललाइ माया गर्ने युवाहरुको समूह सम्मिलित साथीहरुद्वारा गठन गरिएको टोकियो राइनो क्रिकेट क्लबले जापानमा हुने क्रिकेट प्रतियोगितामा भाग लिदै आइरहेको अध्यक्ष खत्रीले बताए । “बिगतका अनुभवलाई समेटेर र खेलका लागि आवश्यक तयारी पनि राम्रो भएकोले यस पटकको प्रतियोगितामा हाम्रो उपस्थिति बालियों हुनेछ”अध्यक्ष खत्रिले भने ।

जापानी क्रिकेट टिमले विभिन्न देशका दूतावाससँगको सम्बन्धलाई अझ प्रगाढ़ बनाउन र क्रिकेट खेलप्रति चासो जगाई राख्नका लागि हरेक वर्ष एम्बेसी कपको आयोजना गरिदै आएको आयोजकले बताएको छ ।

विदेशमा रहेर पनि खेलका माध्यमबाट आफ़नो देशको नाम चिनाई राख्नका लागि टोकियो राइनो क्रिकेट क्लब क्रियाशील रहेपनि आर्थिक रूपमा अझै सबल र सक्षम नभएकोले प्रतियोगिता खेल्नका लागि बुद्दी शेरचन,पारसमणि पोखरेल, दिपक नेपाल, दिपक कार्की लगायतले आर्थिक सहयोग गरेर हौसला बढाइदिएको अध्यक्ष खत्रीले बताए ।

अक्टोबर ३० र ३१ मा हुने प्रतियोगिताको लागि अजय ठाकुरको कप्तानीमा सिद्धान्त खत्री, अर्जुन गौतम, बिनम्र खत्री, विक्रम रानामगर, पंकज चन्द, उपहार रायमाझी, क्षितिज पाठक, सन्तोष पौडेल, शक्ति क्षेत्री, रोशन दंगाल,सुजन बास्तोला, उज्वल रायमाझी, दिपक सुनार , अभिषेक केसी र विकास के.सी सम्मिलित १६ सदस्यीय टिमको घोषणा गरिएको छ । टिमको म्यानेजर नेत्र रोका रहेका छन्।

दुई दिनसम्म चल्ने प्रतियोगितामा सहभागी विभिन्न देशका राजदुतहरूको पनि उपस्थिति हुने बताइएको छ ।





थप समाचार

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु फर्कने

नेपाली राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा पुबुदु दासानायके फर्कने निश्चित भएको छ। यो वर्ष अगस्टमा डेभ व्हाटमोरले व्यक्तिगत कारण देखाउदै […]

BIG BASH : सन्दिपले लिए ड्यानियल क्रिस्चियनको विकेट, कमेन्टेटरद्वारा तारिफ

एघारौं सिजनको बिग ब्यास लिग अन्तर्गत पहिलो खेल खेल्ने क्रममा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले राम्रो सुरुवात गरेका छन्। सिड्नी […]

टि-२० विश्वकप छनोट : नेपालको समुहमा ओमान र आयरल्याण्ड

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल […]

प्रदेश २ स्तरिय महिला क्रिकेट : सानाकाे उत्कृष्ट प्रदर्शनले बारा विजयी, सिराहाद्वारा

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा […]

हिमालयनलाई बर्दिया प्रिमियर लिगको उपाधी, आयुष्मान सर्वोत्कृष्ट

दोश्रो बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । मंगलबार गुलरियामा सम्पन्न फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई […]

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]