ओमानको जितमा जतिन्दरको शतक



ओपनर जतिन्दर सिंहको शतकीय इनिंग्स मद्दतले पपुवा न्यु गिनीलाई ७ विकेटले पराजित गर्दै ओमानले विश्वकप लिग-२ मा १८ औं जित दर्ता गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा पपुवा न्यु गिनीले दिएको २२५ रनको लक्ष्य ओमानले ४४.१ ओभरमा ३ विकेट क्षतिमा भेटायो।

ओमान ओपनर जतिन्दर सिंहले करियरको तेश्रो शतक बनाउने क्रममा अविजित ११८ रन बनाए जुन क्रममा ११६ बल खेल्दै १३ चौका प्रहार गरे। कप्तान खवर अलिले अविजित ५७ रन बनाए। जतिन्दर र खवरले चौंथो विकेटको लागि अविजित १७४ रनको साझेदारी गरे।

पपुवा न्यु गिनीका बलर सिमो कामियाले २ तथा नोर्मन भानुवाले १ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले ५० ओभरमा ९ विकेट क्षतिमा २२४ रन बनायो। उसको लागि चार्ल्स अमिनीले सर्वाधिक ५९, लेगा सियाकाले ३० तथा राइली हेकुरेले २६ रन बनाए।

ओमान बलर बिलाल खानले ३ विकेट लिए भने फयाज बट र नेस्टर धाम्बाले २/२ विकेट लिए। कलेमुल्लाह र खवर अलिले १/१ विकेट लिए।

सिरिज अन्तर्गत तेश्रो खेल पपुवा न्यु गिनी र स्कटल्याण्ड बीच बुधबार खेलिनेछ।

दुबईमा जारि ओमान, स्कटल्याण्ड र पपुवा न्यु गिनी बीचको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा ओमान स्कटल्याण्डसंग ४ रनले पराजित भएको थियो भने पपुवा न्यु गिनी स्कटल्याण्डसंग १६२ रनले पराजित भएको थियो । पपुवा न्यु गिनीको लिग-२ मा १८ खेल खेल्दा यो सत्रौं हार हो।

विश्वकप लिग-२ अंकतालिका 





थप समाचार

अमेरिका जाने राष्ट्रिय टिमको विदाई

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिज खेल्न […]

यू–१९ विश्वकप एसिया छनोट : यू–१९ महिला राष्ट्रिय टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा जेठ २० देखि २५ गतेसम्म आयोजना हुने आर्ईसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेलका लागि […]

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई, दीपक सर्वोत्कृष्ट

क्लब स्तरीय टी–२० राष्ट्रिय क्रीकेट प्रतियोगिता धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट […]

ईपीएल आयोजना गर्न क्यानले स्वीकृति नदिएपछि सर्वोच्चमा रिट दायर

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एभरेस्ट प्रिमियम लिग (ईपीएल)को आगामी संस्करणका लागि स्वीकृति नदिएपछि आयोजक संस्था ईपीएल प्रालिले सर्वोच्च […]

धनगढी सुपर लिग : लिटल फ्लावर र कैलाली जिल्ला क्रिकेट क्लब विजयी

धनगढी ११ जेठ – कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ लिटल फ्लावर क्रीकेट क्लब र कैलाली […]

कप्तान सन्दिप सहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन 

नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनि ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ। […]