आर्चरले फाले सिजनकै सबैभन्दा तीव्र गतिको बल, जान्नुस कति थियो गति



बुधबार राति सम्पन्न कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स बीचको खेलमा राजस्थानका फास्ट बलर जोफ्रा आर्चरले एउटा नयाँ रेकर्ड आफ्नो नाम गरेका छन्। खेलमा आर्चरले ४ ओभरमा १८ रन मात्र खर्चेर १ विकेट लिएका थिए जुन क्रममा गतिले कोलकाता ब्याट्सम्यानहरुलाई आच्छुआच्छु पारेका थिए।

खेलको दौरान आर्चरले १५२.१३ किलोमिटर प्रति घण्टाको गतिमा बल फाले जुन जारि सिजन इन्डीएन प्रिमियर लिगकै सबैभन्दा तीव्र गतिको बल थियो। गत सिजन २०१९ को सबैभन्दा तीब्र गतिको बलिंग गर्ने बलर दिल्लीका कागीसो रबाडा थिए जसले १५४.२३ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए। आर्चर गत सिजन तीब्र गति बलिंगको सूचीमा सातौँ स्थानमा थिए। उनि भन्दा रबाडा र नभदिप सैनीले मात्र उच्च गतिमा बल फालेका थिए।

जारि लिगमा सबैभन्दा उच्च गतिमा गरिएको २० बलमा १७ बल आर्चरले फालेका छन् भने तीव्र गतिको १० बलमा ९ बल आर्चरको नाममा रहेको छ। १५० भन्दा माथिको गतिमा आर्चरले कुल ३ बल फालेका छन्। आर्चर पछि दिल्ली क्यापिटल्सका फास्ट बलर एनरिक नोर्कियाले दोश्रो उच्च १४८.९२ किलोमिटर प्रति घण्टाको गतिमा बल फालेका छन् जुन आठौँ तीव्र गतिको बल हो।

जोफ्रा आर्चरले कोलकाता बिरुद्ध १८ रन खर्चेर २ विकेट लिएका थिए

रोयल च्यालेन्जर्स बैंगलोरका फास्ट बलर नभदिप सैनीले १४७.९२ किमी प्रतिघण्टाको गतिमा बल फालेका छन् जुन १३ औं तीव्र गतिको बल हो। चेन्नाईका जोश हेजलवुड २० औं नम्बरमा रहेका छन् जसले १४७.३२ को गतिमा बल गरेका थिए। २२ औं नम्बरमा रहेका मुम्बई फास्ट बलर जस्प्रित बुम्राहले १४७.१६ को गतिमा बल फालेका थिए।

लिगमा सबैभन्दा उच्च गतिमा बलिंग गर्ने ५ बलर र फालेको सबैभन्दा तीव्र गतिको बल 

१. जोफ्रा आर्चर ( राजस्थान रोयल्स ) , १५२.१३ किमी प्रतिघण्टा

२. एनरिक् नोर्कीय ( दिल्ली क्यापिटल्स ) , १४८.९२ किमी प्रतिघण्टा

३. नभदिप सैनी ( रोयल च्यालेन्जर्स बैंगलोर ) , १४७.९२ किमी प्रतिघण्टा

४. जोश हेजलवुड ( चेन्नाई सुपर किंग्स ) , १४७.३२ किमी प्रतिघण्टा

५. जस्प्रित बुम्राह ( मुम्बई इन्डीएन्स ) , १४७.१६ किमी प्रतिघण्टा

आईपीएल इतिहासमा सबैभन्दा फास्ट बलर को हुन् ? 

आईपीएल इतिहासमै सर्वाधिक गतिको बलिंग गर्ने कीर्तिमान दक्षिण अफ्रिकी फास्ट बलर डेल स्टेनको नाममा रहेको छ। स्टेनले २०१२ को सिजनमा उक्त बल गरेका थिए। डेक्कन चार्जर्सको प्रतिनिधित्व गर्ने क्रममा उनले रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध १५४.४० प्रति/घण्टा गतिको बल गरेका थिए। उनको उक्त रेकर्ड १३ औं संस्करणको आईपिएल समाप्त हुदासम्म कसैले तोड्न सकेका छैनन्।

स्टेनले २०१३ को सिजनमा पनि सनराइजर्स हैदराबादको प्रतिनिधित्व गर्ने क्रममा १५२.४८ को गतिमा बलिंग गरेका थिए। उनले २०१४ को सिजनमा पनि १५२.४४ को गतिमा बलिंग गरेका थिए। यो सिजन स्टेन आईपीएलमा बिराट कोहली कप्तानीको बैंगलोरबाट खेलीरहेका छन्।

३७ वर्षीय स्टेनले यो सिजन सबैभन्दा उच्च बल १४४.१५ किमी प्रतिघण्टाको गतिमा फालेका थिए जुन आईपीएल २०२० को सयौं उच्च गतिको बल हो।

विवादास्पद निर्णय : स्पाइडरक्यामलाई छोएता पनि उनदकतलाई क्याच आउट दिएपछि

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( कोलकाता-राजस्थान खेल पछि )

राजस्थानको अपराजित यात्रा रोक्दै, दोश्रो जित पछि कोलकाताको अंकतालिकामा फड्को

क्रिकेट संघ अध्यक्ष चन्दलाई कोरोना संक्रमण

सिद्धार्थ रङ्गशालाः १० वर्षमा १० प्रतिशत काम

आईपीएलमा सट्टेबाजी खेलाउने तीन जना पक्राउ





थप समाचार

पीएसएल : सन्दिप आवद्ध लाहोरको शानदार जित

पाकिस्तान सुपर लिग अन्तर्गत आइतबार राति सम्पन्न ११ औं खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध लाहोर कलन्दर्सले कराची किंग्सलाई […]

लिटल फ्लावर प्रिमियर लिग : शारदा र होल्याण्ड विजयी

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग अन्तरगत आज भएका खेलमा शारदा विद्या […]

एभरेस्ट प्रिमियर लिगको नयाँ मिति सार्वजनिक

नेपाली फ़्रेन्चाइज् टि-२० क्रिकेट लिग एभरेस्ट प्रिमियर लिगको चौथो संस्करणको नयाँ मिति सार्वजनिक गरिएको छ। गत वर्ष चैत्र १ गते […]

PSL 2021 : Sandeep Lamichhane joins Lahore Qalandars as a replacement of Rashid Khan

Nepal’s 20-year-old spin prodigy Sandeep Lamichhane departs towards Karachi today at 11:00 PM to participate in the ongoing 6th edition […]

पीएसएल : कप्तान रियाजले उत्कृस्ट बलिंग गर्दा पेशावरको सहज जित

कप्तान वहाव रियाजले उत्कृस्ट बलिंग गर्दा इश्लामावाद युनाइटेडलाई ६ विकेटले पराजित गर्दै पेशावर जाल्मी पाकिस्तान सुपर लिग ( पीएसएल ) […]

महोत्तरीमा अन्तर नगरपालिका क्रिकेट आयोजना हुने

चैत्र २२ गते देखि महोत्तरीमा स्व. विशाल गप्ता एवं स्व. कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको […]