टि-१० लिग : करन केसीले गरे क्रिस गेललाई बोल्ड



युएईमा जारी टि-१० लिग अन्तर्गत नेपाली फास्ट बलर करन केसीले क्रिस गेलको विकेट लिएका छन्।

लिगमा पुने डेभिल्स टिमको प्रतिनिधित्व गरिरहेका करनले खेलको चौथो ओभरको पहिलो बलमा गेललाई बोल्ड गरेका हुन्।

पुनेले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा टिम अबुधाबीले ३ ओभरमा ४२ रन बनाएर १ विकेट गुमाएको अवस्थामा करन बलिंग गर्न आएका थिए।

९ रन बनाएर ब्याटिंग गरिरहेका गेललाई करनले पहिलो बलमा बोल्ड गर्दै पुनेलाई खेलमा हावी बनाएका हुन्। गेलले करनको बललाई पुल गर्न खोज्ने क्रममा ब्याटको भित्रि किनारा लागेर बोल्ड भएका थिए।

लिगमा तेश्रो खेल खेल्ने क्रममा नेपाली खेलाडीले लिएको यो पहिलो विकेट हो। यस अघि दुई खेल खेल्दा करनले विकेट लिन सकेका थिएनन्।

करनले गेलको विकेट लिएता पनि पहिलो ओभर बलिंग गर्ने क्रममा एकै ओभरमा १८ रन खर्चिए। यस क्रममा ओभरको दोश्रो बलमा लुक राइटले चौका हिर्काए भने त्यसपछि ओभरको चौथो, पाँचौ र छैठौ बलमा जोए क्लार्कले लगातार चौका हिर्काए।

यस अघि इनिंग्सको दोश्रो ओभरको पाँचौ बलमा करनले पल स्टरलिंगको क्याच छोडेका थिए जसपछि कमेन्टेटरले करनको आलोचना गरेका थिए। करनले अगाडी डाइभ गरेता पनि बल समाप्त सकेका थिएनन्।

प्रतियोगिता अन्तर्गत करनले पहिलो खेलमा डेक्कन ग्ल्याडीएटर्ससंग १ ओभर बलिंग गर्दा १७ रन खर्चेका थिए भने दोश्रो खेलमा कलन्दर्स बिरुद्ध १ ओभर बलिंग गर्दै मात्र ९ रन खर्चेका थिए।

खेलमा टस हारेर ब्याटिंग गरेको पुनेले १० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो।

पुनेको लागि ओपनर टम कोहलरले सर्वाधिक ६१ रन बनाए जुन क्रममा २५ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। उनले २१ बलमा अर्धशतक पुरा गरेका थिए। चाडविक वाल्टनले १४ बलमा २३ रन तथा डेभोनं थोमसले ९ बलमा २१ रन बनाए। टिम अबुधाबीका बलर ओबेद म्याकोयले २ विकेट लिए जुन क्रममा २ ओभर बलिंग गर्दै मात्र ९ रन खर्चिए। रोहन मुस्तफाले १ विकेट लिए।

प्रम कप : सन्दिप जोरासंग भनाभन गर्दा राजेश पुलामीलाई कारवाही





थप समाचार

कुशल भुर्तेल आईसीसीको प्लेयर अफ द मन्थ मनोनयनमा, कसरि गर्ने भोट

नेदरल्याण्ड र मलेसिया बिरुद्ध त्रिकोणात्मक सिरिजमा शानदार ब्याटिंग गर्दै विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद […]

आईपीएल अनिश्चितकालको लागि स्थगित

बढ्दो कोभीड-१९ केसहरुका कारण भारतमा जारि इन्डीएन प्रिमीयर लिग ( आईपीएल ) को १४ औं संस्करण अनिश्चित समयको लागि स्थगित […]

आईपीएलमा कोरोना प्रभाव, कोलकाता र बैंगलोरको खेल आज नहुने

भारतमा जारी १४ औं सिजनको इन्डीयन प्रिमियर लिगको सोमबार हुने रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स बीचको खेल सर्ने […]

“बन्द कोठा भित्र पक्कै केहि हुँदैछ” वार्नरलाई हटाइएको विषयमा स्टेनको कडा टिप्पणी

सनराइजर्स हैदरावादको अन्तिम-११ बाट डेभिड वार्नरलाई हटाउने निर्णय धेरै फ्यान र एक्स्पर्टहरुलाई समेत चित्त बुझेको छैन। वार्नरबारे धेरैले विभन्न थरि […]

विलियमसनले बताए ११ ओभरमै राशिदको स्पेल सक्नुको कारण

आइतबार कप्तानी परिवर्तन गर्ने सनराइजर्स हैदरावादको निर्णयले टिमको भाग्य परिवर्तन गर्न सकेन। वार्नरको स्थानमा केन विलियमसन कप्तानीको हैदरावाद राजस्थान रोयल्ससंग […]

IPL : पन्जाबलाई हराउदै दिल्ली शिर्षमा, धवनको उत्कृस्ट ब्याटिंग

पन्जाब किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। नरेन्द्र मोदी स्टेडियम अहमदावादमा सम्पन्न लिगको […]