ज्ञानेन्द्र र अमित मात्र चल्दा काठमाडौँ गोल्ड़ेंसको औसत स्कोर

Gyanendra Malla


धनगढी प्रिमिएर लिग २ अन्तर्गत पहिलो क्वालीफायरमा काठमाडौँ गोल्ड़ेंसले ९ विकेट गुमाउदै १२७ रन बनाएको छ। जितका लागि टिम चौराहा धनगढीले निर्धारित २० ओभर्समा १२८ रन बनाउनु पर्ने छ ।

टस जिती टिम चौराहाका कप्तान सोमपाल कामीले काठमाडौँ गोल्ड़ेंसलाई ब्याटिंग गर्न निमन्त्रण गरेका थिए। काठमाडौँको सुरुवात राम्रो हुन सकेन । प्रारम्भिक ब्याट्सम्यान सुबोथ भाटी खाता नखोली ललित भण्डारीको सिकार हुदै प्याभीलियन फर्किए । २७ रनको स्कोरमा काठमाडौँले भुपेन्द्र थापाको रुपमा आफ्नो दोश्रो विकेट गुमायो। धमलाको बलमा बोल्ड हुनु अघि भूपेन्द्रले १७ बलमा १० रन बनाए ।

Bhupendra Thapa

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र अमित श्रेष्ठले पारीलाई अघि बढाए । ज्ञानेन्द्र मल्ल आज निकै नै राम्रो लयमा देखिएका थिए । हरेक ओभरको सुरुवातमै प्रहार गर्दा बलरमाथि दबाव बनाउन सकिन्छ भन्ने सिद्धान्तमा देखिएका मल्लले पहिलो या दोश्रो बलमै सफलता पुर्वक चौका, छक्का प्रहार गरेका थिए । उता अमित श्रेष्ठले साझेदारीमा  राम्रो साथ दिइरहे ।

१२.१ ओभरमा जब रोहन मुस्तफाको बलमा ज्ञानेन्द्र मल्ल लेग बिफोर विकेट हुन पुगे, तब काठमाडौँले आफ्नो लय गुमायो । नरेश बुढाऐर, सन्नी पटेल, रशिद खान र किशोर महतोले खास्सै केही गर्न सकेनन्। फर्ममा रहेका अमित श्रेष्ठ ३६ रनको व्यकतिगत स्कोरमा दुर्भाग्यवस रन आउट हुन पुगे ।  ज्ञानेन्द्र मल्लले भने आकार्शक पारी खेल्ने क्रममा ३ चौका र २ छक्काको मद्दतले २३ बलमा ३८ रन बनाएका थिए ।

टिम चौराहा धनगढीले निकै नै राम्रो बलिंग र फिल्डिंगको प्रदर्शन गर्यो । चौराहाका लागि सोमपाल कामी र ललित भण्डारीले २-२ विकेट लिए भने सुनिल धमला, संसद सेख र रोहन मुस्ताफाले १-१ विकेट हात पारे ।

 स्कोरकार्ड

काठमाडौँले यो खेल जित्न अब उत्कृस्ट बलिंग गर्नुको बिकल्प छैन । यो खेलको विजेताले धनगढी प्रिमिएर लिग २ को फाइनलमा स्थान बनाउने छ ।

Kathmandu Goldens

Team Chauraha Dhagadhi

 

 





थप समाचार

अस्ट्रेलिया बिरुद्ध बंगलादेशको ऐतिहासिक जित, नसुमको घातक बलिंग

अस्ट्रेलियाको बंगलादेश भ्रमण अन्तर्गत पाँच खेलको टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोलि बंगलादेशले अस्ट्रेलियालाई २३ रनले पराजित गर्दै […]

क्रिकेटको व्यवस्थापनमा पुग्ने पारसको उद्देश्य

मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट बाट सन्यास घोषणा गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले दुई वर्ष पछि हुने नेपाल क्रिकेट […]

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जितको ३ वर्ष पुरा, पुनः याद गर्नुस १ रनको सनसनीपूर्ण जित

आजकै दिन २०१८ अगस्ट ३ तारिखमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित दर्ता गरेको थियो। सोहि वर्ष […]

अन्तर्राष्ट्रिय क्रिकेटबाट पारसको सन्यास घोषणा, यस्ता थिए प्रमुख उपलब्धि

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३४ वर्षीय खेलाडीले सामाजिक संजालमार्फत अन्तर्राष्ट्रिय खेल जीवन अन्त्य गर्ने […]

इंग्ल्यान्ड बिरुद्ध पहिलो टेस्टबाट मायाँक अग्रवाल बाहिर

इंग्ल्यान्ड भ्रमण अन्तर्गत अगस्ट ४ तारिख बुधबारबाट सुरु हुने पाँच खेलको टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्टबाट भारतीय ओपनर मायाँक अग्रवाल […]

युएईले घोषणा गर्यो आफ्नै ‘प्रिमियर लिग टि-२०’

ईण्डियन प्रिमियर लिग ( आईपीएल ) र आईसीसी टि-ट्वान्टी विश्वकप पछि युएईको ईमिरेट्स क्रिकेट बोर्ड ( ईसीबि ) ले आफ्नै […]