केन्याद्वारा नेपाल पाँच विकेटले पराजित



आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा केन्याले नेपाललाई पाँच विकेटले पराजित गरेको छ ।

वर्षाका कारण पटक पटक अवरुद्ध भएको खेलमा केन्याले अन्तिम समयमा डकवर्थ लुइस मेथडअनुसार २६ ओभरमा ९४ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य केन्याले ११ बल बाँकी छँदै ५ विकेट गुमाउँदै पूरा गर्यो ।

वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा ११२ रन बनाउँदा पानीले खेल रोकिएको थियो । डकवर्थ लुइस मेथडअनुसार केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो । तर केन्याले २१ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा ८० रन बनाउँदा फेरि पानीले खेल रोकियो ।

केन्याका कप्तान रकिप पटेलले २५औँ ओभरको पहिलो बलमा छक्का हान्दै आफ्नो टिमलाई जित दिलाए । जितसँगै केन्याले दुई अङ्क हासिल गरेको छ ।

यसअघि निर्धारित समयभन्दा करिब साढे दुई घन्टा ढिला मध्याह्न १२ बजेपछि खेल सुरु भएको थियो । नेपालका तर्फबाट कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रन बनाएका थिए । उनले ३५ बलमा पाँच चौकासमेत हाने । यस्तै दीपेन्द्रसिंह ऐरीले १९, शक्ति गौचनले अविजित १८ तथा सोमपाल कामीले अविजित १५ रन बनाए । यस क्रममा दुवै जनाले दुई÷दुई चौका प्रहार गरेका थिए । सागर पुनले १० रन बनाए ।





थप समाचार

EPL : आजको दुवै खेल टस समेत नभई स्थगित, स्थगित खेल नयाँ मितिमा हुन सक्ने

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) अन्तर्गत तेश्रो दिन सोमबारको दुई वटै खेल टस समेत हुन नपाई स्थगित […]

अफ्रिदी खेल्ने अन्तिम खेल मैदान भिजेको कारण रद्ध

चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल टि-२०) अन्तर्गत सोमबारको पहिलो खेल मैदान भिजेको कारण रद्ध हुन पुगेको छ | हिजो […]

EPL मा आज पनि दुई खेल हुँदै

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) टि-ट्वान्टी अन्तर्गत सोमबार तेश्रो दिन पनि दुई वटा खेलहरु हुनेछन्। दिनको पहिलो […]

हर्षलको ह्याट्रिक, बैंगलोर बिरुद्ध मुम्बईको इतिहासकै कम योगफल

हर्षल पटेलले ह्याट्रिक विकेट लिंदा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्सलाई ५४ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले चौंथो खेलमा हारको शिलशिला […]

EPL : अम्पायरको निर्णयको बिरोध गर्दा विलियम्सलाई कारवाही

काठमाडौँमा जारी चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) को आइतबार सम्पन्न पोखरा राइनोज र भैरहवा ग्ल्याडीएटर्स बीचको खेलमा […]

ईपीएलमा करनको कप्तानी अनुभव “गार्हो नै हुने रैछ “

एभरेस्ट प्रिमीयर लिग अन्तर्गत दोश्रो दिन सम्पन्न लिगको दोश्रो खेलमा चितवन टाइगर्ससंग पराजित भएपछि बिराटनगर वारियर्सका कप्तान करन केसीले आज […]