सन्दिपले सनसनीपूर्ण बलिङ्ग गर्दा केरलाको सहज जित

Sandeep Lamichhane


  • विकेटनेपाल, मङ्सिर-६ 

नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछाको उत्कृस्ट बलिङ्ग प्रदर्शन मद्दतले केरला किंग्सले टि-१० लिग अन्तर्गत आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको छ।

आज सुरु भएको प्रतियोगिताको पहिलो खेलमा शहिद अफ्रिदीको कप्तानीमा रहेको पख्तुन्सलाई अवेन मोर्गन कप्तानीको डिफेन्डिंग च्याम्पियन केरला किंग्सले सजिलै पराजित गर्यो।

टस हारेर ब्याटिंग गर्दै पख्तुन्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनाएको थियो। ११० रनको लक्ष्य किंग्सले ७.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। लक्ष्य पछ्याउने क्रममा कप्तान मोर्गनले अविजित ४६ रन बनाउन २० बलमा ५ छक्का र २ चौका प्रहार गरे। यस्तै पल स्टर्लिङ्गले आउट हुनु अघि ४० रन बनाउन ४ छक्का र ३ चौका प्रहार गरे।

सन्दिपको सानदार बलिङ्ग 

सन्दिपले पहिलो इनिंगको पाँचौ ओभर बलिङ्ग गर्दै उत्कृस्ट बलिङ्ग गरे। आफ्नो पहिलो ओभरमै सन्दिपले २ विकेट हात पार्दा आन्द्रे फ्लेचर र कोलिन इन्ग्राम जस्ता ठुला खेलाडीको विकेट लिए।

ओभरको पहिलो बलमा सन्दिपले वेस्ट इन्डिज क्रिकेटर समेत रहेका आन्द्रे फ्लेचरलाई क्याच आउट गराए। मात्र १४ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३२ रन बनाएर खतरनाक बनिरहेका फ्लेचरलाई आउट गरेपछि पनि सन्दिप रोकिएनन्।

पहिलो ओभरको अन्तिम बलमा दक्षिण अफ्रिकी राष्ट्रिय क्रिकेटर रहीसकेका कोलिन इन्ग्रामलाई १ रनको स्कोरमा विकेट किपर थारंगा मार्फत स्टम्प आउट गराए।

पहिलो ओभरमानै सन्दिपले १० रन दिएर २ विकेट लिए।

सन्दिप त्यतिमै रोकिएनन् र लगतै स्पेलमा बलिङ्ग गर्न आउने क्रममा सातौँ ओभरको चौथो बलमा मोहम्मद कलिमलाई खाता नखोली काइरन पोलार्डको हातबाट क्याच थमाउदै पेभेलियन फर्काए।

२ ओभरको स्पेल पुरा गर्ने क्रममा सन्दिपले उत्कृस्ट बलिङ्ग गर्दै १७ रन दिएर ३ विकेट हात पार्दै टि-१० लिगमा गजबको सुरुवात गरे। सन्दिपनै खेलको प्लेयर अफ द म्याच समेत चुनिए र २०० डलर समेत प्राप्त गरे। धेरै लिग खेले पनि सन्दिप प्लेयर अफ द म्याच घोषित भएको भने यो पहिलो पटक हो।

सन्दिपको पहिलो ओभर – विकेट ( फ्लेचर ) , १ रन, २ रन, छक्का, १ रन , विकेट ( इन्ग्राम )
सन्दिपको दोश्रो ओभर – चौका, डट बल, १ रन, विकेट ( कलिम ) , १ रन, १ रन

प्लेयर अफ द म्याच घोषित भए पछि रमिज राजासंग कुराकानी गर्ने क्रममा राजाले सोधेको प्रश्नमा सन्दिपले राम्रो स्थानमा बलिङ्ग गरेको र सकभर ब्याट्सम्यान भन्दा टाढा बल फालेको बताए। राजाले लेग स्पिन भन्दा थोरै ओभरको क्रिकेटमा गुगली धेरै गर्नुहुन्छ भनेर सोध्दा सन्दिपले थोरै ओभरको क्रिकेटमा थरिथरिको बल फाल्ने गरेको बताए।

अन्तिममा पुर्व पाकिस्तानी क्रिकेटर समेत रहेका राजाले १८ बर्षमै ‘हट प्रोपर्टी’ भनेर तारिफ गर्दा सन्दिपले भगवान र सुभ चिन्तकहरुले गर्दा यो स्थानसम्म पुगेको बताएका थिए। अन्तर्वार्ता पछि जाँदाजाँदै राजाले सन्दिपलाई १८ बर्षमै यो स्थानमा पुगेको बताउदै उनको कपाल समेत राम्रो भन्दै तारिफ गरेका थिए।

यस अघि पहिलो इनिंग पछि सन्दिपसंग पुर्व न्युजिल्याण्ड क्रिकेटर तथा चर्चित क्रिकेट प्रस्तोता समेत रहेका ड्यानि मोरिसनले पनि अन्तर्वार्ता लिएका थिए जुन अन्तर्वार्तामा सन्दिपले आफुले राम्रो ठाउँमा र लेन्थमा बलिङ्ग गरेको र त्यसैमा ध्यान केन्द्रित गर्दा विकेट पाएको बताएका थिए। खेलको क्रममा कमेन्टेटरहरुले सन्दिपको बारम्बार तारिफ गरे जुन क्रममा पुर्व पाकिस्तानि क्रिकेटर रमिज राजाले सन्दिपलाई भविस्यको ठुलो खेलाडीको रुपमा समेत बताए।

प्रतियोगिता अन्तर्गत केरला किंग्सले दोश्रो खेलमा बिहिबार राति ७:३० बजे शेन वाटसन कप्तानीको सिन्धिजको सामना गर्नेछ।

टि-१० लिगका लागि गत महिना सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई केरला किंग्सले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

अवेन मोर्गन आइकन खेलाडी र कप्तान रहेको सन्दिपको टिममा क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ्ग, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन्। किंग्सको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गरिरहेका छन्।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा किंग्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेकको छ।

सहभागी टिमहरुलाई २ वटा समुहमा बिभाजन गरिएको छ। समुह चरणमा एकअर्का बिरुद्ध १-१ खेल खेलीसकेपछि समुहको उत्कृस्ट हुने २-२ टिम बीच सेमीफाइनल खेल हुनेछ।





थप समाचार

दुई दिनमै सकियो भारत-इंग्ल्यान्ड टेस्ट, यस्ता बने कीर्तिमान

तेश्रो टेस्टमा इंग्ल्यान्डलाई १० विकेटले पराजित गर्दै भारतले ४ टेस्टको सिरिजमा २-१ को अग्रता हाँसिल गरेको छ। जितसंगै भारत टेस्ट […]

४ सयौं टेस्ट विकेट लिंदै आश्विनले बनाए कीर्तिमान

भारतीय अफस्पिनर रभीचन्द्रन आश्विनले टेस्ट क्रिकेटमा व्यक्तिगत ४ सय विकेट पुरा गर्दै नयाँ कीर्तिमान बनाएका छन्। इंग्ल्यान्डबिरुद्ध अहमदावादको नरेन्द्र मोदी […]

रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरी विजयी

प्रकाश न्यौपाने, भैरहवा, फागुन १३ भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको डिभिजन […]

रोमान्चक दोश्रो टि-२०मा न्युजिल्यान्डद्वारा अस्ट्रेलिया पराजित

रोमान्चक दोश्रो टि-२० मा अस्ट्रेलियालाई ४ रनले पराजित गर्दै घरेलु टोलि न्युजिल्यान्डले ५ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिजमा २-० को अग्रता […]

रुपन्देही सुपरलिग : रुपेशले उत्कृस्ट बलिंग गर्दै बुद्धको सहज जित

प्रकाश न्यौपाने, भैरहवा, फागुन १२ भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको डिभिजन ‘ए’को खेलमा […]

पीएसएल : शर्जिलको शतकका बाबजुद कराची पराजित

शर्जिल खानको आक्रामक शतकका बाबजुद कराची किंग्सलाई पराजित गर्दै इश्लामवाद युनाइटेडले पाकिस्तान सुपर लिगमा लगातार दोश्रो जित दर्ता गर्दै जित […]