खुकुरी कप: मकवानपुरलाई दोश्रो जित दिलाउन हसिमको आक्रामक अर्धशतक



  • विकेटनेपाल, माघ २४ – बुधबार

काठमाण्डौ स्थित मुलपानी किकेट मैदानमा आयोजित खुकुरी च्यालेंजर्स टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न दुई खेलहरुमा रौतहट राइजिंग ११ र मकवानपुर क्रिकेट क्लबले जित हात पारेका छन ।

पहिलो खेल: रौतहट राइजिंग ११ Vs टिकापुर क्रिकेट क्लब

आशु कन्डोईले अर्धशतकीय पारि खेलेपछि टस हारेर पहिले ब्याटिंग गरेको रौतहट राइजिंग-११ ले २० ओभरमा ४ विकेट गुमाएर १६७ रनको योगफल तयार पारेको थियो। कन्डोईले ७६ रन बनाउने क्रममा ६५ बलमा ११ चौका र २ छक्का प्रहार गरे। अस्चल चौधरीले पनि ३६ रनको पारि खेल्दा कन्डोईसंग पहिलो विकेटको लागि ११० रनको साझेदारी गरेका थिए।

म्यान अफ द म्याच आशु कन्डोई

जवाफमा उत्रेको टिकापुर क्रिकेट क्लबले ओपनरको शतकीय साझेदारीका बाबजुतपनि २० ओभरमा ६ विकेट गुमाउदै १५९ रनमात्र बनाउन सक्यो। ओपनरद्वय सुशान्त सिंह थापाले ५४ रन (३७ बल, ४ चौका, ४ छक्का) र  रबिन्द्र जंग शाहीले ८१ रन (५९ बल, ५ चौका)   प्रहार गर्दै पहिलो विकेटको लागि १०५ रनको साझेदारी गरेका थिए ।

१५७/२ को अवस्थाबाट कुनै रननै नजोडी लगातार ४ विकेट गुमाएपछी टिकापुर मात्र ८ रनले पराजित हुन पुग्यो।

दोश्रो खेल: बुटवल क्रिकेट बोयज Vs मकवानपुर क्रिकेट क्लब

आजै भएको दोश्रो खेल अन्तर्गत मकवानपुर क्रिकेट क्लबले बुटवल क्रिकेट बोयजलाई ७ विकेटले पराजित गरेको छ ।

बुटवल क्रिकेट क्लबले दिएको १५८ रनको लक्ष्य मकवानपुर क्रिकेट क्लबले १८.३ ओभरमा मात्र ४ विकेटको क्षतिमा पुरा गर्यो । जितमा हसिम अन्सारीले अविजित ७२ रनको पारि खेले। ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका अन्सारीले दोश्रो विकेटको लागि रबि थापासँग मिलेर ६४ रनको साझेदारी गरेका थिए। रबिले ३६ रन बनाए। अन्सारीले मात्र ३१ बलमा अर्धशतक पुरा गरेका थिए।

हसिम अन्सारी

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको बुटवलले बिशाल भण्डारीको अर्धशतक मदतमा २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो । ५२ रनको पारि खेलेका भण्डारीले ५६ बलमा ६ चौका प्रहार गरे। त्यस्तै देव खनालले ३४ रन बनाए ।

पहिलो खेलमा २२ बलमा आक्रामक ६८ रनको पारि खेलेका तुल बहादुर थापाले पुनः ४० रनको आक्रामक पारि खेल्नेक्रममा २० बलमा २ चौका र ४ छक्का प्रहार गरे ।

अंकतालिका 

Group D

TEAM MATCH WIN LOSS NO RESULT POINTS
Rautahat XI 2 2 0 0 6
Makwanpur Cricket Club 2 2 0 0 6
Butwal Cricket Boys 2 0 2 0 0
Inter – District Sport Club 1 0 1 0 0
Tikapur Cricket 1 0 1 0 0





थप समाचार

EPL : नेपाल आइपुगे गत सिजनका सबैभन्दा आक्रामक ब्याट्सम्यान लेभी

सेप्टेम्बर २५ तारिख देखि सुरु हुने एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल ) को चौंथो संस्करणमा सहभागी हुन दक्षिण अफ्रिकी […]

हातमा आएको जित खोसीएपछि राहुलले भने “यो हार पचाउन गाह्रो छ।”

पन्जाब किंग्सलाई अन्तिम २ ओभरमा जितको लागि मात्र ८ रन आवस्यक थियो र साथमा थियो ८ विकेट। यस्तो अवस्थामा राजस्थान […]

IPL : सनसनीपूर्ण खेलमा राजस्थानद्वारा पन्जाब २ रनले पराजित, त्यागिको अपत्यारिलो ओभर

कार्तिक त्यागिले अपत्यारिलो बलिंग गरेपछि पन्जाब किंग्सलाई राजस्थान रोयल्सले मात्र २ रनले पराजित गरेको छ।  युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा […]

IPL : अर्शदिपले ५ विकेट लिंदा उत्कृस्ट सुरुवातको बाबजुद राजस्थान १८५ मा सिमित

युएईमा जारी आईपीएलको दोश्रो फेजको खेल अन्तर्गत लिगको ३२ औं खेलमा पन्जाब किंग्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्। दुबई […]

IPL : टस हारेर राजस्थान ब्याटिंग गर्दै, पन्जाबको अन्तिम-११ बाट गेल बाहिर

युएईमा जारी आईपीएलको दोश्रो फेजको खेल अन्तर्गत लिगको ३२ औं खेलमा पन्जाब किंग्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्। दुबई […]

EPL-T20 2021 : कुन टिममा को-को खेलाडीहरु छन्

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल ) सेप्टेम्बर २५ तारिख देखि सुरु हुँदैछ। यो सिजन पनि लिगको उपाधिको […]