पोलार्डको शतकमा लुसियाले तोड्यो १४ खेलको जितबिहिन यात्रा – सिपिएल



  • विकेटनेपाल भदौ – २, शनिबार

कप्तान कायरन पोलार्डले विस्फोटक शतक प्रहार गरेपछि वेस्ट इन्डिजमा जारि क्यारेबियन प्रिमियर टि२० लिग (सिपिएल) अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा सेन्ट लुसिया स्टार्सले बार्बाडोस ट्रिडेन्ट्सलाई ३८ रनले पराजित गरेको छ । यो सँगै लुसियाले सन् २०१६ को सिजनपछी पहिलोपल्ट जित निकाल्नेक्रममा लगातार १४ औं खेलको जिताबिहीन यात्रालाई तोडेको छ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको सेन्ट लुसिया स्टार्सले कप्तान पोलार्डको आक्रामक १०४ रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२६ रन बनाएको थियो। ५४ बलमा ६ चौका र ८ छक्का प्रहार गरेका पोलार्डले आन्द्रे फ्लेचरसँग चौथो विकेटको लागि १४८ रनको साझेदारी गरे। ८० रन बनाएका फ्लेचरले ५२ बलमा ६ चौका र समान छक्का प्रहार गरे।

टिमको तर्फबाट खाता खोलेका ३ जना खेलाडीमध्ये पोलार्ड र फ्लेचरसँगै रहेका अर्का रखीम कोर्नवालले ११ बलमा ३० रन बनाएका थिए। डेविड वार्नर, लेन्डल सिमोन्स र ड्यारेन स्यामी डक आउट भएका थिए।

बलिंगतर्फ बार्बाडोस ट्रिडेन्ट्सका लागि वहाब रियाजले ३ विकेट लिन ३५ रन तथा रेईमन रेइफेरले २ विकेट लिन ६७ रन खर्चिए। कप्तान जेसन होल्डरको नाममा १ विकेट रह्यो।

जवाफमा प्रतियोगिताको इतिहासमा सर्बाधिक धेरै रनको लक्ष्य पछ्याउने क्रममा बार्बाडोस ट्रिडेन्ट्सका ड्वाएन स्मिथले ५८ रनको पारि खेलेपनि निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाउन सक्यो। यस्तै स्टिव स्मिथले २८ रन, शाई होपले अविजित २५ रन, निकोलस पुरनले २३ रन बनाउँदा अतिरिक्त १८ रन प्राप्त गर्यो।

बलिंगतर्फ लुसिया स्टार्सका लागि ओबेय मेक्कोएले ३ विकेट लिन २८ रन तथा कोएसिस अहमदले २ विकेट लिन २९ रन खर्चेपछि बार्बाडोस जितबाट टाढा रह्यो।

खेलमा शतक प्रहार गरेका कायरन पोलार्ड म्यान अफ द म्याच घोषित भए।





थप समाचार

‘टस जितेर न्युजिल्यान्डले बलिंग गरे भारत सस्तोमा समेटिनेछ’ – शेन बोन्ड

भारत र न्युजिल्यान्ड बीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधिको लागि जुन १८ तारिख शुक्रबार प्रतिस्पर्धा हुनेछ। इतिहासकै पहिलो टेस्ट च्याम्पियनसिप […]

पाकिस्तान सुपर लिग छोडेर डु प्लेसिस घर फर्कने

दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसीसले युएईको अबुधाबीमा जारि पाकिस्तान सुपर लिगको आगामी खेल नखेल्ने र प्रतियोगिता छाडेर दक्षिण अफ्रीका […]

PSL : सरफराज कप्तानीको क्वेटाको दोश्रो जित

लाहोर कलन्दर्सलाई १८ रनले पराजित गर्दै क्वेटा ग्ल्याडीएटर्सले पाकिस्तान सुपर लिगमा आठौँ खेल खेल्दा दोश्रो जित दर्ता गरेको छ। शेख […]

वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलको लागि भारतीय टिमको घोषणा

न्युजिल्यान्ड बिरुद्ध १८ जुनमा खेलिने आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको लागि भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले १५ सदस्यीय टोलिको […]

भारत बिरुद्ध टेस्ट च्याम्पियनसिप फाइनलको लागि न्युजिल्यान्ड टिमको घोषणा

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डमा खेलिने आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलमा केन विलियमसन न्युजिल्यान्ड टिमको नेतृत्व गर्न उपलब्ध भएका […]

हाईस्कोरिंग खेलमा मुनरो र एहमदको शानदार ब्याटिंग, इस्लामावादको उत्कृस्ट जित

कोलिन मुनरो र इफ्तिखार एहमदले आक्रामक ब्याटिंग गर्दा पाकिस्तान सुपर लिग अन्तर्गत २२ औं खेलमा इश्लामावाद युनाइटेडले ८ विकेटको शानदार […]