T20WC : जद्रानको आक्रामक अर्धशतक, अफगानिस्तानको कीर्तिमानी योगफल



युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सोमबारको एक मात्र खेलमा अफगानिस्तान र स्कटल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। समुह ‘२’ दुवै टिमको सुपर-१२ चरणमा यो पहिलो खेल हो।

शारजाह स्टेडियममा टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १९० रन बनाउदै स्कटल्याण्डलाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टि-ट्वान्टी विश्वकप इतिहासमा अफगानिस्तानको यो सर्वाधिक टिम योगफल हो भने भने जारी विश्वकपको पनि सर्वाधिक योगफल हो। यस अघि अफगानिस्तानको टि-२० विश्वकपको सर्वाधिक योगफल १८६ रन थियो जुन उसले जिम्बाब्वे बिरुद्ध २०१६ विश्वकपमा बनाएको थियो।

अफगानिस्तानको लागि नजिबुल्लाह जद्रानले सर्वाधिक ५९ रन बनाए जुन क्रममा ३४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले ३० बलमा अर्धशतक पुरा गरे। यस्तै रहमनुल्लाह गुर्बजले ३७ बलमा १ चौका र ४ छक्का मद्दतले ४६ रन, हज्रतुल्लाह जजाईले ३० बलमा ३ छक्का र ३ चौका मद्दतले ४४ रन बनाए। मोहम्मद शाहजादले १५ बलमा २२ तथा मोहम्मद नाबीले ४ बलमा अविजित ११ रन बनाए।

अफगानिस्तानको सुरुवात राम्रो रह्यो। ओपनर मोहम्मद शाहजाद र हज्रतुल्लाह जजाईले ५४ रनको ओपनिंग साझेदारी गरे। छैठौं ओभरमा शाहजादलाई सफ्यान सरिफले क्याच आउट पारे। दशौँ ओभरमा आउट हुनु अघि जजाईले दोश्रो विकेटको लागि रहमनुल्लाह गुर्बजसंग २८ रन जोडे। त्यसपछि गुर्बज र नजीबुल्लाह जद्रानले तेश्रो विकेटको लागि ८७ रनको साझेदारी गरे। गुर्बज उन्नाईसौं ओभरमा जोश डेभिबाट क्याच आउट भए। त्यसपछि जद्रान र कप्तान मोहम्मद नाबीले मात्र ९ बलमा २१ रनको साझेदारी गरे। अन्तिम बलमा जद्रानलाई सरिफले क्क्याच आउट पारे। अन्तिम ५ ओभरमा अफगानिस्तानले २ विकेट मात्र गुमाएर ६३ रन बनायो।

स्कटल्याण्ड बलर सफ्यान सरिफले २ विकेट ( ४-०-३३-२ ) , मार्क वाट ( ४-०-२३-१ ) र जोश डेभिले ( ४-०-४१-१ ) समान एक विकेट लिए।

स्कटल्याण्डले टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा अफगानिस्तानलाई पराजित गर्न सकेको छैन। समुह चरणमा स्कटल्याण्ड समुह ‘बि’ को विजेताको रुपमा तिन वटा खेलमा अपराजित रहँदै इतिहासमै पहिलो पटक विश्वकपको दोश्रो चरण प्रवेश गरेको हो।





थप समाचार

BIG BASH : सन्दिपले लिए ड्यानियल क्रिस्चियनको विकेट, कमेन्टेटरद्वारा तारिफ

एघारौं सिजनको बिग ब्यास लिग अन्तर्गत पहिलो खेल खेल्ने क्रममा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले राम्रो सुरुवात गरेका छन्। सिड्नी […]

टि-२० विश्वकप छनोट : नेपालको समुहमा ओमान र आयरल्याण्ड

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल […]

प्रदेश २ स्तरिय महिला क्रिकेट : सानाकाे उत्कृष्ट प्रदर्शनले बारा विजयी, सिराहाद्वारा

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा […]

हिमालयनलाई बर्दिया प्रिमियर लिगको उपाधी, आयुष्मान सर्वोत्कृष्ट

दोश्रो बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । मंगलबार गुलरियामा सम्पन्न फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई […]

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]

क्यानद्वारा २० सदस्यीय यु-१९ राष्ट्रिय टिमको घोषणा, बुधबार देखि बन्द प्रशिक्षण

काठमाडौँमा आइतबार सम्पन्न अन्डर-१९ राष्ट्रिय प्रतियोगिता सकिएकै दिन नेपाल क्रिकेट संघले डिसेम्बरमा युएईमा आयोजना हुने भनिएको यु-१९ एसिया कपको लागि […]