कोलकाताको कप्तान फेर्ने निर्णय गम्भीरलाई किन चित्त बुझेन



सिजनको बीचमा दिनेश कार्तिकले कप्तानी छोड्ने निर्णय गौतम गम्भीरलाई चित्त नबुझेको प्रतिक्रिया दिएका छन्। २ पटक कोलकातालाई आईपीएल जिताएका गम्भीरले मोर्गन कप्तान भएता पनि सिजनको बीचमा कप्तान परिवर्तन हुनुले नतिजामा खास परिवर्तन नहुने बताएका छन्। कोलकातालाई डिफेन्डिङ मुम्बईले शुक्रबार ८ विकेटले पराजित गर्नु अघि गम्भीरले उक्त प्रतिक्रिया दिएका हुन्।

“क्रिकेटमा सम्बन्ध भन्दा प्रदर्शन र इमान्दारिता महत्वपूर्ण छ। मलाई लाग्दैन मोर्गनले धेरै कुरा परिवर्तन गर्न सक्छन्। प्रतियोगिताको सुरुवात देखि कप्तानी गरेको भए धेरै कुरा परिवर्तन हुनसक्थ्यो। प्रतियोगिताको बीचमा कसैले पनि परिवर्तन गर्न सक्दैन।” गम्भीरले स्टार स्पोर्ट्ससंग कुराकानीमा बताए।

गम्भीरले कोलकाता कप्तान परिवर्तन गर्ने परिस्थितिमा नरहेको बताए – “म थोरै चकित भए। कार्तिकले साढे २ वर्ष टिमको कप्तानी गरेका थिए। सिजनको बीचमा यस्तो काम गर्नु हुँदैन। कोलकाता त्यति नाजुक स्थितिमा थिएन कि कप्ताननै परिवर्तन गर्नु परोस्। त्यसैले म थोरै चकित भए।”

“कोलकाता त्यति नाजुक स्थितिमा थिएन कि कप्ताननै परिवर्तन गर्नु परोस्” – गम्भीर

गम्भीरले कोलकाताको ७ सिजन कप्तानी गरेका थिए जुन क्रममा २०१२ र २०१४ मा उपाधि जिताएका थिए। उनले मोर्गनलाई सिजनको सुरुवातमै कप्तानी दिएको भए राम्रो हुने कुरा दोहोर्याए। यस्तै उनले कार्तिकले ब्याटिंगमा ध्यान केन्द्रित गर्ने बाहिर बताए पनि भित्रबाट टिम व्यवस्थापनको दबाब रहेको शंका गरे –

“यदी कोलकाताले परिवर्तन चाहेको भए उनीहरुले सुरुवातमै गर्नुपर्थ्यो। तपाई विश्वकप विजेता टिमको कप्तानको चर्चा धेरै गर्नुहुन्छ भने त्यसले दिनेश कार्तिकलाई दबाब दिने गर्छ। बरु त्यो भन्दा सोझै मोर्गनलाई कप्तानी दिएको भए हुन्थ्यो। किन कार्तिकलाई दबाब दिने। कसैले ब्याटिंगमा ध्यान दिन चाहन्छु भनेको सुन्दा राम्रो हुन्छ तर सत्य कुरा त टिम व्यवस्थापनबाट तपाईलाई दबाब हुनेगर्छ, चाहे तपाई खुसि हुनुस् कि नहुनुस्। यो दुर्भाग्यको कुरा हो।” गम्भीरले थपे।

गम्भीरले आफुले २०१८ मा दिल्लीको कप्तानी बीचमा छोडेको कुरासंग यो घटनालाई तुलना गर्न नमिल्ने बताए –

“मेरो परिस्थिति दिनेश कार्तिकको भन्दा भिन्न थियो। मैले दिल्लीलाई मात्र ७ खेलमा कप्तानी गरे भने दिनेश कार्तिकले साढे २ वर्ष कप्तानी गरिसकेका थिए। त्यसैले टिमको सीईओ र व्यवस्थापनलाई उनको कप्तानी शैली बारे थाहा थियो। म दिल्ली टिममा जाँदा अर्कै सोच थियो, म दिल्लीको भाग्य परिवर्तन गर्न चाहन्थे जुन पहिलो ७ खेलमा विपरित रह्यो। त्यसैले मैले राजिनामा दिए।” गम्भीरले बताए।

कोलकाता आईपीएल अंकतालिकामा ४ जित र ४ हार पछि अझै चौथो स्थानमा यथावत रहेको छ। लिग अन्तर्गत टिमले आगामी खेल हैदरावाद बिरुद्ध आइतबार खेल्ने तालिका रहेको छ।

मोर्गन कोलकाताको नयाँ कप्तान, अचानक किन छाडे दिनेश कार्तिकले कप्तानी

उमर गुलद्वारा सन्यास घोषणा

डिककले आक्रामक ब्याटिंग गर्दा कोलकाता सहजै पराजित, मुम्बई पुनः शिर्षमा

IPL 2020 : कुन कप्तानको तलव कति





थप समाचार

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]

प्रम कप : एपीएफ सेमिफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न (ग्रुप ‘ए’) १५ औं खेलमा एपीएफले कर्णालीलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा […]

प्रम कप : लुम्बिनीको दोश्रो जित, सुदूरपश्चिम बाहिरियो

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले दोश्रो जित हात पारेको छ। जितपछि लुम्बिनी समुह […]

हसन चम्कदा एक खेल अगावै बंगलादेशलाई सिरिज

बंगलादेश र वेस्ट इन्डिजबीच जारि ३ खेलको एकदिवसीय शृंखला अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा घरेलु टोलि बंगलादेशले ७ विकेटको सहज […]

प्रम कप : बागमतीको लगातार तेश्रो जित, पृथुको उत्कृस्ट लय

प्रदेश नम्बर-२ लाई ६ विकेटले पराजित गर्दै बागमती प्रदेशले काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार तेश्रो जित दर्ता […]

बिग ब्यास : सन्दिपको राम्रो प्रदर्शनका बाबजुद होबार्टको हार

अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत ४७ औं खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध होबार्ट हरिकेन्सलाई पर्थ स्करचर्सले २२ रनले […]