IPL : बैंगलोरलाई सहजै पराजित गर्दै कोलकाता पाँचौ स्थानमा उक्लियो



रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले पराजित गर्दै कोलकाता नाइट राईडर्सले युएईमा सुरु भएको आईपीएलको दोश्रो फेजको शानदार सुरुवात गरेको छ।

शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न खेलमा बैंगलोरले दिएको ९३ रनको सामान्य लक्ष्य कोलकाताले  १० ओभरमै मात्र १ विकेट क्षेतीमा पुरा गर्यो।

ओपनर शुबमन गिल र भेंकटेस ऐयरले ८२ रनको ओपनिंग साझेदारी गर्दै कोलकातालाई सहज जितको दिशा दिए। शुबमन गिल ३४ बलमा ६ चौका र १ छक्का मद्दतले ४८ रन बनाएर आउट भए। ऐयर २७ बलमा ७ चौका र १ छक्का मद्दतले ४१ रन बनाएर अविजित रहे। बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बैंगलोरले १९ ओभरमा ९२ रनमै सबै विकेट गुमाउन पुगेको थियो। उसको लागि देभदत्त पडीक्कलले सर्वाधिक २२ रन, श्रीकर भारतले १६ रन, हर्षल पटेलले १२ रन तथा ग्लेन म्याक्सवेलले १० रन बनाए। कप्तान बिराट कोहलीले ५ रन बनाए भने एबि डी भिल्लीयर्स र वानिन्दु हसरंगाले खाता समत खोल्न सकेनन्। एक समय ५१ रनमा मात्र २ विकेट गुमाएको बैंगलोरले त्यसपछि लगातार विकेट गुमाउन पुगेको थियो।

कोलकाताको बलिंगमा लेग स्पिनर वरुण चक्रवर्तीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १३ रन खर्चिए। आन्द्रे रसेलले ३ विकेट ( ३-०-९-३ ), लकी फर्गुसनले २ विकेट ( ४-०-२४-२ ) र प्रसिध कृष्णले १ विकेट लिए।

अंकतालिका : जित पछि कोलकाता अंकतालिकाको सातौं स्थानबाट पाँचौ स्थानमा पुगेको छ जसले ८ खेलमा ३ जित र ५ हार बेहोर्दै ६ अंक बटुलेको छ। समान अंक रहेको राजस्थान र पन्जाब छैठौं र सातौँ स्थानमा छ भने सनराइजर्स हैदरावाद २ अंक सहित पुछारमा रहेको छ। हार पछि पनि बैंगलोर १० अंक सहित तेश्रो स्थानमा छ।





थप समाचार

T20WC : अफगानिस्तानको विशाल जितमा बनेका ७ ठूला कीर्तिमान

युएईमा जारि टि-ट्वान्टी विश्वकपको सातौँ संस्करणको सुपर-१२ चरणको खेलमा विजयी सुरुवात गर्ने क्रममा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको विशाल अन्तरले पराजित […]

T20WC : मुजिब र राशिदको घातक बलिंग, अफगानिस्तानको कीर्तिमानी विशाल जित

मुजिब उर् रहमानले टि-ट्वान्टी विश्वकप इतिहासकै तथा करियरकै उत्कृस्ट बलिंग गर्दा टि-ट्वान्टी विश्वकपमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको कीर्तिमानी अन्तरले पराजित […]

T20WC : जद्रानको आक्रामक अर्धशतक, अफगानिस्तानको कीर्तिमानी योगफल

युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सोमबारको एक मात्र खेलमा अफगानिस्तान र स्कटल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। समुह ‘२’ दुवै टिमको सुपर-१२ […]

IPL मा लखनऊ र अहमदावाद दुई नयाँ टिम, बिसीसीआई बन्यो मालामाल

इन्डियन प्रिमियर लिगको आगामी संस्करण २०२२ मा दुई नयाँ टिम अहमदावाद र लखनऊ हुने पक्का भएको छ। सम्बर दुबईमा दुई […]

अफ्रिदीको रेकर्ड तोड्दै शाकिब बने टि-२० विश्वकप इतिहासकै सर्वाधिक विकेटकर्ता

टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत आइतबार बंगलादेश अलराउण्डर शाकिब अल हसनले ठूलो रेकर्ड आफ्नो नाम गरेका छन्। श्रीलंका बिरुद्ध खेलमा […]

टि-ट्वान्टी विश्वकपमा आज एक मात्र खेल

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सातौँ संस्करण अन्तर्गत अन्तर्गत सोमबार एक मात्र खेल हुँदैछ। समुह ‘२’ अन्तर्गतको खेलमा अफगानिस्तान र स्कटल्याण्ड […]