IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( कोलकाता-राजस्थान खेल पछि )



राजस्थानलाई ३७ रनले पराजित गर्दै कोलकाताले लिगमा लगातार दोश्रो जित दर्ता गरेको छ। पहिलो खेलमा मुम्बईसंग ९ विकेटले पराजित भएपछि कोलकाताले दोश्रो खेलमा हैदरावादलाई ७ विकेटले पराजित गरेको थियो। लिगमा यस अघि चेन्नाईलाई १६ रनले तथा पन्जाबलाई ४ विकेटले पराजित गरेको राजस्थान पहिलो पटक पराजित भएको छ।

जितपछि  कोलकाता सातौँ स्थानबाट उक्लने क्रममा दोश्रो स्थानमा पुगेको छ। राजस्थान समान अंक रहेता पनि नेट रनरेटमा पछि रहँदै तेश्रो स्थानमा र बैंगलोर चौथो स्थानमा तथा दिल्ली पहिलो स्थानमा रहेको छ। लिगमा अब सबै ८ टिमले कम्तिमा एउटा खेलमा हार बेहोरेको छ।

अंकतालिका ( कोलकाता र राजस्थान बीचको १२ औं खेल पछि ) 

अरेन्ज क्याप लिडरबोर्ड 

१. केएल राहुल ( पन्जाब ) : पन्जाबका कप्तान केएल राहुल पर्पल क्यापको दौडमा सबैभन्दा अघि रहेका छन्। राहुलले ३ खेलमा सबैभन्दा बढी २२२ रन बनाएका छन् जुन क्रममा १ शतक र १ अर्धशतक प्रहार गरेका छन्। राहुलले बैंगलोर बिरुद्ध अविजित १३२ रन तथा राजस्थान बिरुद्ध ६९ रन बनाएका थिए।

२. मायाँक अग्रवाल ( पन्जाब ) : पन्जाबकै अर्का भारतीय ब्याट्सम्यान मायाँक अग्रवाल दोश्रो स्थानमा छन्। उनले ३ खेलमा राहुलले भन्दा १ रन कम २२१ रन बनाएका छन्। अग्रवालले राजस्थान बिरुद्ध लिगमा पहिलो शतक बनाउने क्रममा १०१ रन बनाएका थिए भने दिल्ली बिरुद्ध ८९ रन बनाएका थिए।

३. फाफ डु प्लेसी ( चेन्नाई ) : तेश्रो स्थानमा रहेका दक्षिण अफ्रिकी ब्याट्सम्यान डु प्लेसी शानदार लयमा छन्। ३ खेलमा १७३ रन बनाएका उनले मुम्बई बिरुद्ध अविजित ५८, राजस्थान बिरुद्ध ७२ तथा दिल्ली बिरुद्ध ४३ रन बनाएका थिए।

केएल राहुल

४. सन्जु स्यामसन ( राजस्थान ) :  तेश्रो खेलमा कोलकाता बिरुद्ध ८ रन मात्र बनाएका स्यामसनले त्यस अघि पन्जाब बिरुद्ध जितमा ८५ रन तथा चेन्नाई बिरुद्ध ७४ रन बनाएका थिए। ३ खेलमा उनले १६७ रन बनाएका छन्।

५ . ए बि डी भिल्लीयर्स ( बैंगलोर ) : मुम्बई बिरुद्ध अविजित ५५ रन बनाएका डी भिल्लीयर्सले ३ खेलमा ६७ को औशतले कुल १३४ रन बनाएका छन्। उनले यस अघि पन्जाब बिरुद्ध २८ तथा हैदरावादमा बिरुद्ध ५१ रन बनाएका थिए।

पर्पल क्याप लिडरबोर्ड 

१. कागीसो रबाडा ( दिल्ली ) : दक्षिण अफ्रिकी फास्ट बलरले दिल्लीको २ जितमा अहम योगदान दिएका छन्। हैदरावादसंग पराजित भएता पनि उनले मात्र २१ रन खर्चेर २ विकेट लिंदै विकेट संख्या ७ पुर्याए। त्यस अघि उनले चेन्नाई बिरुद्ध जितमा उत्कृस्ट बलिंग गर्दै २६ रन खर्चेर ३ विकेट तथा पन्जाब बिरुद्ध २८ रन खर्चेर २ विकेट लिएका थिए। रबाडाले १०.७१ को औसह्त र १०.२८ को स्ट्राइक रेटले बलिंग गर्दा मात्र ६.२५ प्रतिओभर रन खर्चेका छन्।

२. मोहम्मद शामी ( पन्जाब ) : भारतीय पेस बलर शामीले ३ खेलमा ७ विकेटनै लिएका छन्। शामीले १२.१४ को औशत र ९.७१ को स्ट्राइकरेटमा विकेट लिईरहेका छन्। शामीले दिल्ली बिरुद्ध १५ रन खर्चेर ३ विकेट तथा राजस्थान बिरुद्ध ५३ रन खर्चेर ३ विकेट लिएका तथा बैंगलोर बिरुद्ध १४ रन खर्चेर १ विकेट लिएका थिए।

कागीसो रबाडा

३. स्याम करन ( चेन्नाई ) : टिम असफल रहे पनि करनले राम्रो बलिंग गरिरहेका छन्। ५ विकेटनै लिएका उनले राजस्थान बिरुद्ध ३३ रन खर्चेर ३ विकेट लिएका थिए। यस्तै मुम्बई र दिल्ली बिरुद्ध १/१ विकेट लिएका उनले ब्याटिंगमा पनि राजस्थान बिरुद्ध १७ तथा मुम्बई बिरुद्ध १८ रन बनाएका थिए।

४. युजभेन्द्र चहल ( बैंगलोर ) : ३ खेलमा ५ विकेट लिएका चाहलले हैदरावाद बिरुद्ध बैंगलोरको पहिलो जितमा १८ रन खर्चेर ३ विकेट, पन्जाब बिरुद्ध २५ रन खर्चेर १ विकेट तथा मुम्बई बिरुद्ध ४८ रन खर्चेर १ विकेट लिएका थिए।

५. ट्रेन्ट बोल्ट ( मुम्बई ) : बैंगलोर बिरुद्ध ३४ रन खर्चेर २ विकेट लिए पछि किवी फास्ट बलर बोल्ट पनि पर्पल क्याप दौडमा आएका छन्। उनले यस अघि कोलकाता बिरुद्ध ३० रन खर्चेर २ विकेट तथा चेन्नाई बिरुद्ध २३ रन खर्चेर १ विकेट लिएका थिए।

आईपीएल २०२० आगामी खेलहरु 

अक्टोबर १, बिहिबार : किंग्स ११ पन्जाब Vs मुम्बई इन्डीएन्स  ( ७:४५ बजे राति, शेख जायद स्टेडीयम )

अक्टोबर २, शुक्रबार : चेन्नाई सुपर किंग्स Vs सनराइजर्स हैदरावाद ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

अक्टोबर ३, शनिबार : रोयल च्यालेन्जर्स बैंगलोर Vs राजस्थान रोयल्स ( ३:४५ बजे दिउसो, शेख जायद स्टेडीयम )

अक्टोबर ३, दोश्रो खेल : दिल्ली क्यापिटल Vs कोलकाता नाइट राइडरस ( ७:४५ बजे राति, शारजाह क्रिकेट स्टेडियम )

अक्टोबर ४, आइतबार : मुम्बई इन्डीएन्स Vs सनराइजर्स हैदरावाद ( ३:४५ बजे दिउसो, शारजाह क्रिकेट स्टेडियम )

अक्टोबर ४, दोश्रो खेल : किंग्स-११ पन्जाब Vs चेन्नाई सुपर किंग्स ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

राजस्थानको अपराजित यात्रा रोक्दै, दोश्रो जित पछि कोलकाताको अंकतालिकामा फड्को

क्रिकेट संघ अध्यक्ष चन्दलाई कोरोना संक्रमण

आईपीएलमा सट्टेबाजी खेलाउने तीन जना पक्राउ

सिद्धार्थ रङ्गशालाः १० वर्षमा १० प्रतिशत काम

ब्राभो र रायडु खेल्न फिट छन् ? चेन्नाईका सीईओले दिए अपडेट





थप समाचार

बिशालले ह्याट्रिक लिंदा प्रदेश-१ १०२ रनमै सिमित

देब्रे हाते स्पिनर बिशाल पौडेलले ह्याट्रिक लिंदा गण्डकी प्रदेशले प्रदेश-१ लाई १०२ रनमै सिमित गरेको छ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय […]

प्रम कप : आज दुईवटा खेलहरु हुँदै

काठमाण्डौमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन दुईवटा खेलहरु हुनेछन्। टियु मैदानमा समुह ‘बि’ अन्तर्गत बागमती प्रदेश […]

प्रम कप : सुरजको कप्तानीमा प्रदेश-२ को टिम घोषणा

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश-२ ले टिम सार्वजनिक गरेको छ। सुरज प्रसाद कुर्मीले कप्तानी गर्ने टिममा […]

बिग ब्यास मेलबर्न डर्वी : रेनिगेड्सलाई सहजै हराउँदै स्टार्स अंकतालिकाको तेस्रो स्थानमा

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ४२ औं खेलमा ग्लेन म्याक्स्वेल कप्तानीको मेलबर्न स्टार्सले एरोन […]

प्रम कप : आर्मीको दोश्रो जित

कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार दोश्रो जित दर्ता गरेको छ। […]

प्रम कप : बागमतीसंग डिफेन्डिङ च्याम्पियन पुलिस स्तब्ध

काठमाडौंमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको पहिलो खेलमा विभागीय टोलि डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई […]