आईपीएल २०२० अन्तर्गत १६ औं तथा शनिवारको दोश्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय ७:४५ बजे शारजाह मैदानमा सुरु हुनेछ। दुवै टिमले समान ३ खेल खेल्दा २ जित र १ हार बेहोर्दै ४ अंक बटुलेका छन्। नेट रन रेटमा अघि रहँदै दिल्ली दोश्रो र कोलकाता तेश्रो स्थानमा छ। आज जित्ने टिम अंकतालिकाको शिर्ष स्थानमा पुग्न सक्नेछ।
कोलकाताले टस जितेर बलिंग गर्ने
खेलमा टस जितेर कोलकाताले बलिंग गर्ने निर्णय गरेको छ। शारजाहको ब्याटिंग मद्दत गर्ने पिच तथा सानो मैदानमा आज पनि ठूलो योगफलको अपेक्षा गरिएको छ।
कोलकाताले आफ्नो अन्तिम-११ मा एउटा परिवर्तन गर्ने क्रममा लेग स्पिनर कुलदिप यादबलाई बाहिर राख्दै दायाँ हाते ब्याट्सम्यान राहुल त्रिपाठीलाई मौका दिएको छ।

कोलकाताको अन्तिम ११ : शुबमन गिल, सुनिल नारायण, नितिश राना, दिनेश कार्तिक ( कप्तान/विकेटकिपर ) ओएन मोर्गन, आन्द्रे रसेल, प्याट कमिन्स, शिभम माभी, कमलेश नगरकोटी,राहुल त्रिपाठी , वरुण चक्रवर्ती
दिल्ली टिममा यस अघि घाइते भएर २ खेल गुमाएका अफ स्पिनर रभीचन्द्रन आश्विन फर्केका छन्। अक्षर पटेल र इशान्त शर्मालाई बाहिर राखिएको छ। फास्ट बलर हर्षल पटेललाई मौका दिईएको छ। अमित मिश्रा पनि अन्तिम-११ मा छन्।
दिल्लीको अन्तिम ११ : शिखर धवन, श्रेयस ऐयर ( कप्तान ), पृथ्वी श, रिशभ पन्त ( विकेटकिपर ), शिमरन हेटमायर, मार्कस स्टोइनिस , रभीचन्द्रन आश्विन,अमित मिश्रा, कागीसो रबाडा, एनरिक नोर्किया, हर्षल पटेल
आईपीएल खेल्न युएई उडे स्टोक्स, को संग खेल्ने छन् पहिलो खेल
टि-२० क्रिकेट सुधार गर्न शेन वार्नले दिए ३ सुझाव
IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड