“शामी ६ वटै बल योरकर गर्नेमा स्पस्ट थिए” पन्जाब कप्तान राहुल



मुम्बई इन्डीएन्स बिरुद्ध आइतबार किंग्स-११ पन्जाबले सुपर ओभरमा जित दर्ता गर्दा मोहम्मद शामी नायक बनेका थिए। दुवै टिमले १७६ रन बनाएपछि बराबरी भएको खेलको निर्णय सुपर ओभरमा भएको थियो। सुपर ओभरमा पन्जाबले मात्र ५ रन बनाउन सक्यो। तर पन्जाब पेसर शामीले शानदार बलिंग गर्दै ६ वटै योर्कर गर्दा मुम्बईले पनि ५ रन मात्रै बनाउन सक्यो जसपछि खेल पुनः सुपर ओभरमा पुगेको थियो। दोश्रो सुपर ओभरमा पन्जाब विजयी भएको थियो।

मुम्बई कप्तान रोहित शर्मा र क्विन्टन डीककलाई शामीले रन बनाउन आच्छुआच्छु पारेपछि पन्जाब कप्तान केएल राहुलले खेलपछि शामीको तारिफ गरेका छन्। राहुलले सुपर ओभर गर्नु अघि उनले सबै बल योर्कर गर्छु भनेको याद गरे-

“सुपर ओभरको लागि कसैले पनि तयारी गर्दैन। कुनै पनि टिमले गर्दैन। त्यसैले तपाईले बलरको हिम्मतमा विश्वास गर्नुपर्छ”

“शामी ६ वटै बल योरकर गर्नेमा स्पस्ट थिए। उनि गजब गरिरहेका छन् र प्रत्येक खेलसंगै आफूलाई निखार्दै गैरहेका छन्। सिनियर खेलाडीले तपाईलाई खेल जिताउनु महत्वपूर्ण कुरा हो।”

खेलमा ७७ रन बनाएर प्लेयर अफ द म्याच चुनिएका राहुलले जितमा खुसि व्यक्त गरे पनि यस्तो तरिकाले जित्ने बानि गर्न नचाहेको बताए –

“यो पहिलो पटक हैन। तर हामि यस्तो बानि गर्न चाहदैनौ। अन्तमा २ अंक हामीले पायौं। तर सधै तपाईको पक्षमा यसरी नतिजा जाँदैन। हामीले हारेको खेलहरुमा पनि राम्रो खेलेका थियौं तर थोरैले लाइन पार्न गर्न चुकेका छौँ।” पन्जाबले लिगको पहिलो खेलमा दिल्लीसंग सुपर ओभरको हार बेहोरेको थियो।

राहुलले विकेट थोरै सुस्त भएको त्यसैले पावरप्लेमा रन बनाउनु महत्वपूर्ण रहेको बताए –

“क्रिस र पुरन प्रति मलाई विश्वास छ जसले स्पिनरलाई आक्रमण गर्छन्। त्यसैले क्रिसको आगमनले ब्याट्सम्यानको रुपमा काम सजिलो भएको छ।”

लगातार २ खेलको कठिन रुपमा जितेपछि राहुललेले अब आगामी खेल जित्नेपर्ने थाहा भएको बताए – “हामि अझै पनि एक पटकमा एक खेललाई लिईरहेका छौँ। हामि प्रक्रियामा ध्यान केन्द्रित गर्छौ। हामीलाई थाहा छ कि अब हामीले सबैकुरा जित्नुपर्छ, तर पनि हामीले प्रक्रियालाई बिर्सनु हुदैन जसले जितसम्म पुर्याउने हो।”

हार पछि मुम्बई कप्तान रोहित शर्माको सट्टामा खेल पछि धारणा व्यक्त गर्ने क्रममा काइरन पोलार्डले जीवनसंग क्रिकेटलाई तुलना गरे –

“बिभिन्न कुराहरुलाई हेर्दा, जीवन पनि यस्तै नै छ। यो क्रिकेट खेलको तपाई राम्रो गर्न चाहनुहुन्छ र तयारी गर्नु हुन्छ तर प्रक्रिया र परिस्थिति तपाई माथि हावी हुन्छ। “हामि राम्रो क्रिकेट खेलीरहेका छौँ र आज पनि खेल्यौं।”

“यसले देखाउछ कि टि-२० क्रिकेटमा १-२ रन कति महत्वपूर्ण छ। पन्जाबले हामी भन्दा राम्रो खेल्यो र २ अंक पाउन लायक छ। १७० वरपरको योगफल राम्रो योगफल थियो किनकि विकेट सुस्त थियो। हामीले परिस्थिति हेर्दा जित हात पार्ने सोचेका थियौं। तर केएलले सुन्दर तरिकाले ब्याटिंग गर। पन्जाबलाई बधाई छ।”

“हामीले अझै केहि पक्षमा सुधार गर्नुपर्छ। ४ दिनको ब्रेक पाएका छौँ जुन पर्याप्त छ सुधारको लागि। रोहित शर्मा असहज महसुस गरिरहेका छन् , हेरौं के हुन्छ। उनि लडाकु हुन्।” पोलार्डले बताए।

सुपर ओभरमा नायक बनेका पन्जाब ब्याट्सम्यान मायाँक अग्रवालले ब्याटिंगमा मात्रै हैन फिल्डिंगमा पोलार्डले प्रहार गरेको बललाई बाउन्ड्रीमा उत्कृस्ट सेभ गर्दै छक्का हुनबाट जोगाएका थिए। उक्त घटना बारे बोल्दै अग्रवालले बताए –

“म बाउन्ड्री नजिकै थिए र मैले यति मात्र सोचेकि मैले भित्र पुर्याउन सके भने रन जोगिन्छ। मलाई लागेको थिएन कि मैले अर्शदिपलाई बल पुर्याउन सक्छु। म मात्र चौका जोगाउन चाहन्थे।”

“खेलकुद कठिन हुने गर्छ तर तपाई त्यसबिना बाच्न सक्नुहुन्। हामिसंग हार्नको लागि अब केहि छैन त्यसैले दबाब कम छ।”

“यस्तो किसिमको खेल इतिहासमा विशेष रुपमा दर्ता हुने गर्छ। आईपीएल खेल्नु मेरो सपना पुरा हुनु हो र यस्तो खेलहरु खेल्न पाउनु गजबको कुरा हो।” अग्रवालले सुपर ओभरमा ट्रेन्ट बोल्टलाई लगातार २ चौका प्रहार गर्दै पन्जाबलाई जिताएका थिए।

जितपछि पन्जाब ९ खेलमा तेश्रो जितसंगै अंकतालिकाको पुछारबाट राजस्थान र चेन्नाईलाई पछि पार्दै छैठौं स्थानमा उक्लेको छ। ५ खेल खेल्न बाँकी रहँदा अधिकांश खेल जितेको खण्डमा पन्जाब टप-४ मा पुग्न सक्छ। समान ६ अंक रहेता पनि नेट रन रेटमा चेन्नाई र राजस्थान नेट रनमा पछि रहेको छ। हैदरावादको पनि ६ अंक रहेको छ जो पाँचौ स्थानमा छ। मुम्बई ९ खेलमा ६ जित र ३ हार पछि १२ अंक सहित दोश्रो स्थानमा यथावत रहेको छ। समान १२ अंक रहेको बैंगलोर नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा छ। १४ अंक बटुलेको दिल्ली पहिलो स्थानमा छ भने १० अंक सहित कोलकाता चौथो स्थानमा छ।

पन्जाबले आगामी खेल शनिवार हैदरावाद बिरुद्ध तथा मुम्बईले शुक्रबार चेन्नाई बिरुद्ध खेल्ने तालिका रहेको छ।

आईपीएल इतिहासमै पहिलो पटक एकै दिन ३ वटा सुपर ओभर

सिजनमा ५ सय रन पुरा गर्दै राहुलले बनाए ठूलो कीर्तिमान

फर्गुसनले घातक बलिंग गर्दा सुपर ओभरमा कोलकाताद्वारा हैदरावाद पराजित

लाइभ अन्तर्वार्तामा पोन्टिङसंग रिशभ पन्तको प्र्यान्क





थप समाचार

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]

प्रम कप : एपीएफ सेमिफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न (ग्रुप ‘ए’) १५ औं खेलमा एपीएफले कर्णालीलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा […]

प्रम कप : लुम्बिनीको दोश्रो जित, सुदूरपश्चिम बाहिरियो

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले दोश्रो जित हात पारेको छ। जितपछि लुम्बिनी समुह […]