काठमाडौं मेयर ११ ले दियो बागमतिलाई २४५ रनको लक्ष्य



मुलपानी ।

पछिल्ला क्रममा खेलाडीले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौं मेयर्स ११ ले मेयर्स कप क्रिकेटमा बागमति प्रदेशलाई २४५ रनको लक्ष्य दिएको छ ।

काठमाडौंका लागि सन्दीप लामिछानेले विष्फोटक ब्याटिङ गरे । यस्तै सिद्धान्त लोहनी,  सौरभ खनाल र विपिन आचार्यले उत्कृष्ट ब्याटिङ गरे ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडैं मेयर्स ११ ले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४४ रन बनाएको हो ।

काठमाडौं मेयर्स ११ टिमको कप्तानी गरिरहेका सन्दीपले बागमति प्रदेश विरुद्ध आक्रमक ब्याटिङ गर्दै ४२ रन बनाए ।

नवौं नम्बरमा ब्याटिङ गरेका सन्दीपले आठौं विकेटका लागि सौरभ खनालसंग ५७ रनको साझेदारी गरे ।  सौरभले अविजित रहँदै काठमाडौं मेयर ११ का लागि सर्वाधिक ४९ रन बनाए । उनले ५८ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे ।

सौरभ र विपिन खत्रीले नवौं विकेटका लागि ६० रनको साझेदारी गरे । विपिनले ३० बल खेल्दै १ चौका र २ छक्का मद्दतमा ३२ रन बनाए । त्यसअघि काठमाडौंले ४३ रनमा सुरुवाती ५ विकेट गुमाएको थियो । छैटौं विकेटका लागि सन्दीप रजाली र सिद्धान्त लोहनीले ७१ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

बलिङमा बागमतिका नन्दन यादवले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर ४ विकेट लिए । यस्तै रामनरेश गिरी र अरियो पौडेलले २-२ र दिपेश श्रेष्ठले १ विकेट लिए ।





थप समाचार

हाईस्कोरिंग खेलमा कोलकातालाई हराउदै चेन्नाई शिर्षमा

कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै १४ औं आईपीएल अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले […]

IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा

पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल १४ मा पहिलो जित दर्ता गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

जिम्बाबेलाई ११ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले पहिलो टि-ट्वान्टीमा ११ रनको जित दर्ता गरेको छ। जितसंगै तिन वटा टि-ट्वान्टीको […]

बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

नेपालमा त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ। यो संगै सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड […]

कुपरले उत्कृस्ट ब्याटिंग गर्दा वर्षाप्रभावित खेलमा नेदरल्याण्डले बनायो १०७ रन

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रिदेशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट ब्याटिंग गरिरहेका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) […]