WTC FINAL : अम्पायर रिभ्युमा अल्ट्रा एज हेरिएपछिको अन्योल, जान्नुस के भएको थियो



भारत र न्युजिल्यान्ड बीच वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल अन्तर्गत शनिवार दोश्रो दिन अन-फिल्ड अम्पायर रिचर्ड इलिंगवर्थले बिराट कोहली विकेटको पछाडी क्याच भएको जाँच गर्न रिभ्यु लिंदा नाटकीय परिस्थिति सिर्जना हुन पुग्यो।

भारतीय इनिंग्सको ४१ औं ओभरमा ट्रेन्ट बोल्टले गरेको अन्तिम बलमा बिराट कोहलीले लेग स्टम्प बाहिर गैरहेको बल खेले। कोहलीको ब्याटको किनारा लागेर बल विकेटकिपरसम्म पुगेको देखियो, त्यसपछि गरिएको जोडदार अपिललाई अम्पायरले नकारे। त्यसपछि कप्तान केन विलियमसन डीआरएस लिने या नलिने सोचीरहेको देखिए। तर १५ सेकेन्डको भित्र विलियमसनले डीआरएसको लागि कुनै पनि इशारा गरेनन्। तर परिस्थिति हेर्दा विलियमसनले रिभ्यु लिएको देखिएन र आंकलन गरियो कि उनले ‘टि’ इशारा नगरी बोलेर रिभ्यु लिए। रिभ्यु लिंदा ‘टि’ सिग्नल देखाउनु नियममा अनिवार्य छ।

अम्पायर रिचर्ड इलिंगवर्थले उक्त घटना पछि अन-फिल्ड निर्णय लिए या ‘सफ्ट सिग्नल’ ( थर्ड अम्पायरले निर्णय लिनु अघि अम्पायरले दिने आउट या नट आउटको निर्णय ) के दिए भन्ने स्पस्ट देखिएन। मैदानको ठूलो स्क्रिनमा या टिभीमा पनि सफ्ट सिग्नल देखिएन। कमेन्टेटरहरुनै के निर्णय भएको थियो बारे अनविज्ञ रहे।

“यो पक्कै पनि बल समातेको छ या छैन हेर्न अम्पायरले रिभ्यु लिएको हुनु पर्छ।” नासिर हुसेनले अन-एअरमा बताए। “तर त्यसको लागि अम्पायरले पहिले के निर्णय लिए त, हामीले अम्पायरले के निर्णय लिए देखेनौं, कोहलीको ब्याटमा लागेको थियो या थिएन।”

फोटोहरुमा देखिए अनुसार अम्पायर इलिंगवर्थले सफ्ट सिग्नल आउट दिएको देखिएको छ जसलाई टिभी क्यामराले भेटेन।

 

 

थर्ड अम्पायर रिचर्ड केटलबोरोले पहिले रिप्ले मार्फत क्याच लिईएको थियो या थिएन चेक गरे जसपछि बल विकेटकिपरले समातेको ठहर गरे। त्यसपछि अल्ट्राएजमा बलले ब्याटमा लागेको या नलागेको हेरे जसमा ब्याटको किनारा नलागेको देखिएपछि कोहली आउट नभएको निर्णय आयो।

उक्त घटनाको क्रममा कोहली इलिंगवर्थसंग लामो बहस गर्दै गरेको देखिए र पछि पनि चिया सत्रको दौरान केटलबोरोसंग बहस गर्दै गरेको देखिएका थिए।

“यो असहज कुरा भयो। म कोहलीसंग सहमत छु कि उनले त्यहाँ के भयो सोधीरहेका छन्। पहिलो कुरा, यदी अम्पायरले उनलाई आउट दिएको भए उनले आउट दिएकोनै हामीले देखेनौ, दोश्रो कुरा, यदी अम्पायरको रिभ्यु भएको भए त्यो सफा क्याचको लागि हुनु पर्थ्यो र त्यो सफा क्याच पनि थियो , तेश्रो कुरा उनले ब्याटले छोएकै थिएनन्।”  “त्यसैले, त्यहाँ के चाही हुँदै छ ?”  नासिरले प्रश्न गरेका थिए।

खेलाडीले रिभ्यु लिंदा अल्ट्राएज हेर्नु सामान्य कुरा हो जुन आईसीसीको नियममा पनि उल्लेख छ। तर, अम्पायरले रिभ्यु लिंदा त्यो प्रयोग गर्ने या नगर्नेमा स्पस्ट थिएन जुन रिभ्यु उनले क्याच स्पस्ट थियो कि थिएन भनेर लिएका हुन् नकी बलले ब्याटमा लागेको थियो या थिएन भन्नको लागि। तथापी नियमको धारा २.२.३ ले भने थर्ड अम्पायरले ब्याट्सम्यानले बल छोएको छ या छैन चेक गर्न पाउने उल्लेख गरिएको छ।

घटना पछि कमेन्टेटर साइमन डुलले प्रशारणको क्रममा घटनालाई स्पस्ट परे- “केन विलियमसनले रिभ्यु लिन पर्दैन किनकि अम्पायरले निर्णयको लागि थर्ड अम्पायर गुहार्ने निर्णय लिएका थिए। त्यसै दौरान उक्त प्रक्रियामा के-के भएको थियो सबै चेक गरिएको थियो। कोहलीको ब्याटमा बलले नछोएको त्यसमा देखियो त्यसैले अम्पायरको रिभ्युबाट उनलाई नटआउट दिईयो।”

के भएको थियो 

बोल्टले अपिल गरेपछि दुई अनफिल्ड अम्पायरले एकापसमा छलफल गरे। विलियमसन रिभ्यु गर्न तयार थिए तर अम्पायरले उनलाई रिभ्यु लिनु नपर्ने बताए। किनकि अम्पायरलेनै क्याच भएको थियो थिएन रिभ्यु लिएका थिए। अम्पायरले क्याच सफा भएको थियो या थिएन निश्चित नभएको अवस्थामा सफ्ट सिग्नल दिए पनि रिभ्यु लिन पाउछ। अम्पायरले सफ्ट सिग्नलको रुपमा कोहलीको ब्याटको किनारा लागेको र आउट भएको दिएका थिए। विकेटकिपर वाटलिंगले पनि क्याच सफा लिएका थिए। थर्ड अम्पायरले अल्ट्रा एज हेर्दा कोहलीको ब्याटले नछोएको देखिएको थियो। अम्पायरले रिभ्यु लिंदा थर्ड अम्पायरसंग अल्ट्रा एज देखि बलरले नो बल गरेको, ब्याट्सम्यानले छोएको नछोएको हेर्न पाउछ।





थप समाचार

द हन्ड्रेड : मोईन अलि कप्तानीको बर्मिंघम ३ विकेटले विजयी

इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ लिग अन्तर्गत गय राति सम्पन्न लिगको दोश्रो खेलमा मोईन अलि कप्तानीको बर्मिंघम फोनिक्सले ओएन मोर्गन कप्तानीको […]

श्रीलंकाद्वारा भारत ३ विकेटले पराजित

तेश्रो खेलमा भ्रमण टोलि भारतलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिजको सुखद अन्त्य गरेको छ। यस अघिनै भारतले अघिल्लो दुई […]

आमिर अख्तरलाई क्यानको जवाफ

पूर्व राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) का प्रवन्ध निर्देशक आमिर अख्तरले दुई दिन अघि नेपाल क्रिकेट […]

श्रीलंकाद्वारा भारत २२५ रनमै सिमित

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेल जारि रहेको छ। आर प्रेमदासा स्टेडियम कोलोम्बोमा टस […]

जिम्बाब्वेद्वारा बंगलादेश पराजित, सिरिज बराबरी

दोश्रो खेलमा बंगलादेशलाई पराजित गर्दै घरेलु टोलि जिम्बाब्वेले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ। हरारे स्पोर्ट्स […]

मधिभिरेको करियरकै उच्च स्कोर, जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जित्न जिम्बाब्वेले बंगलादेशलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको […]