“छनौट भयौं खुसि छौँ तर शिर्ष-२ मा पर्न सकेको भए अझ राम्रो हुन्थ्यो” कोहली



आईपीएल २०२० मा प्ले-अफ स्थान सुरक्षित गरेपछि रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान बिराट कोहलीले राहतको श्वास फेरेका छन्।

शेख जायद स्टेडियममा सम्पन्न खेलमा दिल्लीसंग हारका बाबजुद बैंगलोर नेट रन रेटमा कोलकाता भन्दा अघि हुने निश्चित भएपछि प्ले-अफ पुगेको हो। बैंगलोरलाई पराजित गर्दै दिल्लीले फाइनल प्रवेशको लागि हुने पहिलो क्वालिफायरमा मुम्बई इन्डीएन्ससंगको भेट पक्का गरेको छ। बैंगलोरले भने अब फाइनल प्रवेश गर्न २ वटा खेल जित्नुपर्नेछ। इलिमीनेटरमा हैदरावाद र कोलकाता मध्ये १ टिमसंग बैंगलोरको प्रतिस्पर्धा हुनेछ। हैदरावाद मुम्बईसंग लिगको अन्तिम खेलमा पराजित भए कोलकाता तथा हैदरावादले मुम्बईलाई पराजित गरे हैदरावादसंग बैंगलोरको इलिमीनेटरमा भेट हुनेछ।

“मिश्रित भावना छ जुन मैले टसमा पनि भनेको थिए। ११ औं ओभरमा थाहा भएको थियो कि १७.३ ओभरमा लक्ष्य सम्म पुग्न दिनु हुनेछैन। मलाई लाग्छ हामी मध्यम ओभरमा नियन्त्रित रह्यौं जुन समयमानै उनीहरुले खेल जित्न सक्थे। हामि खुसि छौँ कि छनौट भयौं। तर शिर्ष-२ स्थानमा पर्न सकेको भए अझ राम्रो हुन्थ्यो।”

बैंगलोरले कोलकातालाई नेट रन रेटमा पछि पार्न दिल्लीले १५३ रन कम्तिमा १७.३ ओभरमा बनाउनु पर्थ्यो। यस्तै दिल्ली प्लेअफ पुग्न १३४ रन रन बनाए मात्र पुग्थ्यो। इनिंगको १७ ओभरमा १३४ रन बनाउदै दिल्ली प्लेअफ पुग्यो भने १७.३ ओभरमा दिल्लीले १३७ रन मात्र बनाउन सकेपछि बैंगलोरको पनि प्लेअफ स्थान पक्का भएको थियो।

“मलाई लाग्छ हामीले प्ले-अफ पुग्नको लागि पर्याप्त राम्रो क्रिकेट खेल्यौं। म निश्चित छु खेलाडीहरु आगामी खेलको लागि उत्साहित छन्। हामि ब्याटबाट अझै बहादुर हुनुपर्नेछ। बलिंगमा हामिले राम्रो गर्यौं। हामि सकारात्मक हुनु महत्वपूर्ण छ।”  कोहलीले बताए।

जितपछि पहिलो क्वालीफायरमा स्थान पक्का गरेको टिम दिल्लीका कप्तान श्रेयस ऐयरले जित्नै पर्ने परिस्थतिले गर्दा टिमलाई प्रेरणा दिएको बताए –

“हामीलाई थाहा थियो आज ‘गर या मर’ को स्थिति थियो। लिगको बीचबाट जित्ने टिमहरुले गर्दा समीकरण बदलियो जुन तारिफयोग्य छ। प्रतियोगिता जुन तरिकाले अघि बढीरहेको छ त्यो आफैमा खुसिको कुरा हो।”

“बलरहरुले योजना अनुसार बलिंग गरे जो प्रति मलाई विश्वास थियो। नोर्कियाले उत्कृस्ट प्रदर्शन गरे। बलरहरुले जसरि बलिंग गरे त्यो तारिफयोग्य छ। हामि प्रतियोगिताको उत्कृस्ट टिम मध्येका हौँ  र हामीले सकरात्मक रहँदै योजनाहरु लागु गर्नुपर्छ , नतिजाले आफै पछ्याउनेछ।” ऐयरले बताए।

खेलमा बैंगलोरले दिएको १५३ रनको लक्ष्य दिल्लीले १ ओभर बाँकी रहंदा ४ विकेट गुमाएर पुरा गर्यो। २०१९ आईपीएल पछि दिल्लीले लगातार चौथो खेलमा बैंगलोरलाई पराजित गरेको हो। दिल्लीको जितमा प्लेयर अफ द म्याच चुनिएका एनरिक नोर्कियाले ३ विकेट लिए भने ब्याटिंगमा शिखर धवन र अजिंके रहानेले अर्धशतक बनाए।

शिर्ष-२ स्थान पक्का गरेको दिल्लीले अब पहिलो क्वालिफायरमा नोभेम्बर ५ तारिख बिहिबार मुम्बई इन्डीएन्ससंग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा विजयी हुने टिम सोझै फाइनल प्रवेश गर्नेछ। पराजित हुने टिमले अंकतालिकामा तेश्रो र चौथो स्थानमा हुने टिम बीच इलिमीनेटरमा विजयी हुने टिमसंग प्रतिस्पर्धा गर्नेछ जुन खेलमा विजयी हुने टिम फाइनल पुग्नेछ। इलिमीनेटरमा बैंगलोरसंग खेल्ने टिमको निर्क्यौल हैदरावाद र मुम्बई बीचको लिगको अन्तिम खेलपछि हुनेछ। हैदरावाद विजयी भए बैंगलोरसंग इलिमीनेटर खेल्ने पक्का हुनेछ भने पराजित भए कोलकाताले बैंगलोरसंग भेट पक्का गर्नेछ।

यो पनि पढ्नुस : 

दिल्ली र बैंगलोर प्लेअफमा, मुम्बई र दिल्लीले पहिलो क्वालिफायर खेल्ने

आईपीएल २०२१ को लागि धोनीले बताए आफ्नो योजना

“मलाई लाग्दैन यो भन्दा बढी हामीले गर्न सक्थ्यौ, अब जे हुन्छ भगवानको हातमा छ” मोर्गन

आजम र एहमद चम्किदा १ खेल अगावै पाकिस्तानले जित्यो सिरिज