कोहलीले तोडे तेन्दुलकरको कीर्तिमान



अष्ट्रेलिया र भारतबीच ३ खेलको एकदिवसीय अन्तराष्ट्रिय शृंखला अन्तर्गत क्यानवेरा स्थित मानुका ओवल क्रिकेट स्टेडियममा तेस्रो तथा अन्तिम खेल जारि छ। यसअघि पहिलो एकदिवसीयमा ६६ तथा दोस्रोमा ५१ रनको सहज जित निकाल्दै घरेलु टोलि अष्ट्रेलियाले सिरिज आफ्नो नाम गरिसकेको छ।

खेलदौरान सिन एबोटले गरेको १३ औं ओभरको पहिलो बलमा १ रन लिंदै बिराट कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १२ हजार रन बनाउने खेलाडी बनेका छन्।

खेल अगाडी कोहलीलाई १२ हजार रन पुरा गर्न मात्र २३ रनको आवश्यकता थियो। यसअघि ३०० औं इनिंगमा १२ हजार एकदिवसीय रन बनाएका सचिन तेन्दुलकरको नाम सो कीर्तिमान रहेको थियो जुन बिराट कोहलीले मात्र २४२ औं इनिंगमा १२ हजार रन बनाएर उनको कीर्तिमान तोडेका हुन्। उनले एकदिवसीय खेलमा ६० नजिकको औसतमा ५९ अर्धशतक र ४३ शतक प्रहार गर्दै पछिल्लो समय ५० ओभर खेलमा आफ्नो दबदबा कायम राखेका छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो १२ हजार रन बनाउने खेलाडी 

बिराट कोहली – २५१ म्याच , सचिन तेन्दुलकर – ३०९ म्याच , रिक्की पोंटिंग – ३२३ म्याच , कुमार सांगाकारा – ३५९ म्याच
सनथ जयसूर्या – ३९० म्याच

यसअघि कोहलीले पहिलो एकदिवसीय खेलमा २१ तथा दोस्रोमा ८९ रन बनाएका थिए। यसअघि खेलमा भारतले टस जितेर ब्याटिंग रोजेको छ। अघिल्लो दुवै खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिंग रोजेको थियो। भारतले आफ्नो अन्तिम-११ मा शुबमन गिल, शार्दुल ठाकुर, कुलदिप यादब र टि नटराजनलाई मौका दिएको छ। मायाँक अग्रवाल, मोहम्मद शामी, युजभेन्द्र चाहल र नभदिप सैनीलाई बाहिर राखिएको छ। डेब्यु गर्न लागेका टि नटराजन भारतले हालसम्म खेलेको ९९० एकदिवसीय अन्तर्राष्ट्रियमा मौका पाउने मात्र ११ औं बायाँ हाते पेस बलर हुन्।

अस्ट्रेलियाले पनि टिममा तिन वटा परिवर्तन गरेको छ। क्यामरन ग्रिन, सीन एबोट र एस्टन एगरलाई मौका दिईएको छ भने मिचेल स्टार्क, डेभिड वार्नर र प्याट कमिन्स बाहिर छन्। वार्नर दोश्रो खेलको दौरान घाइते भएपछि आगामी टि-२० सिरिजबाट समेत बाहिर भएका छन्। आज वार्नर नहुँदा लाबूसेनले ओपनिंग ब्याटिंग गर्ने फिंचले बताएका छन्।





थप समाचार

प्रम कप : रोमान्चक खेलमा एपीएफद्वारा आर्मी ६ रनले पराजित, एपीएफ समुह विजेता

त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह ‘ए’ को विजेताको रुपमा […]

प्रम कप : पुलिस सेमीफाइनलमा

समुह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। […]

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]