अफगानिस्तानसंग ऐतिहासिक टेस्टमा कोहली नखेल्ने



  • विकेटनेपाल – १० चैत्र, शनिवार

भारतीय कप्तान बिराट कोहली इंग्ल्याण्डको प्रसिद्ध काउन्टी च्याम्पियनशिपमा सहभागी हुने भएका छन्। आगामी अगष्ट महिनामा इंग्ल्याण्ड बिरुद्द हुने टेस्ट शृंखलाको तयारीका लागि बिराट काउन्टी क्रिकेटको हिस्सा हुन लागेका हुन्।

यसअघि सन् २०१४ मा भारतले इंग्ल्याण्डको भ्रमण गर्दा कोहलीको ब्याटिंग चल्न सकेको थिएन। सुपर फ्लप रहेका कोहलीले इंग्ल्याण्ड बिरुद्दको ५ टेस्टमा १३.४० को खराब औसतमा १३४ रन मात्र जोड्न सकेका थिए। त्यस शृंखला पछि रन बनाउन नसकेका कोहलीको धेरै आलोचना समेत भएको थियो। तर यसपटक भने भारतीय क्रिकेट टोलिले इंग्ल्याण्डको भ्रमण गर्नुअघि कोहलीले काउन्टी क्रिकेटमा सहभागी हुँदै अभ्यास गर्ने निर्णय लिएको समाचार बाहिरिएको छ।

प्रसिद्ध भारतीय पत्रिका “दि टाइम्स अफ इन्डिया” मा प्रकाशित समाचार अनुसार कोहलीले सर्रे टोलिबाट काउन्टी क्रिकेट खेल्ने छन्। यस सिजनमा भारतका अन्य दुई खेलाडीहरु चेतेश्वर पुजारा र इशान्त शर्माले काउन्टी क्रिकेटका लागि सम्झौता गरिसकेका छन्। पुजाराले योर्कसायर र इशान्तले सुसेक्सबाट काउन्टी क्रिकेट खेल्ने तय भैसकेको छ।

यदि कोहली काउन्टी क्रिकेट खेल्न इंग्ल्याण्ड गएमा उनले अफगानिस्तान बिरुद्द हुने टेस्ट गुमाउने छन्। यहि जुन १४ तारिखबाट अफगानिस्तानले भारत बिरुद्द आफ्नो पहिलो टेस्ट खेल्दै छ। आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएपछि अफगानिस्तानले भारत बिरुद्दको टेस्टमा कोहलीको अनुपस्थित पाउने निश्चित झैँ भएको छ।

सर्रेको टोलिले यसअघि नै अष्ट्रेलियाका अलराउन्डर मिचल मार्शसंग सम्झौता गरिसकेको छ। यस्तै घरेलु टि-२० प्रतियोगिता टि-२० ब्लास्टका लागि भने सर्रेको टोलिमा एरन फिन्च समेत रहेका छन्।





थप समाचार

कप्तान मल्लले बताए अमेरिकासंग हारको प्रमुख कारण

ओमानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लगातार दोश्रो हार बेहोर्ने क्रममा नेपाल अमेरिकासंग ६ विकेटले पराजित […]

डेब्युमा कस्तो रह्यो गुल्सनको प्रदर्शन

नेपाली घरेलु क्रिकेटमा मात्र दुई वटा खेलमा गरेको प्रदर्शनको बलमा गुल्सन झाले नेपाली राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउदै शुक्रबार डेब्यु […]

अमेरिकासंग हार र ओमान भ्रमणमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका तिन प्रमुख खेलाडीहरु

ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनीलाई पहिलो दुई एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गरेको नेपाली टिमबाट सोहि खालको प्रदर्शनको अपेक्षा नेपाली फ्यानहरुले […]

टेलर र नेत्रभाल्कर चम्किंदा अमेरिकाद्वारा नेपाल पराजित

स्टेभेन टेलरले आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल लगातार दोश्रो खेलमा ६ विकेटले पराजित हुन पुगेको […]

कप्तान मल्लको अर्धशतक, नेपालद्वारा अमेरिकालाई सामान्य लक्ष्य

आईसीसी विश्वकप लिग -२ अन्तर्गत ओमान, नेपाल र अमेरिका बीच त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आफ्नो तेश्रो खेलमा अमेरिकासंग प्रतिस्पर्धा गरिरहेको […]

अमेरिका बिरुद्ध गुल्सन झाको डेब्यु, टस हारेर नेपालले ब्याटिंग गर्दै

ओमान भ्रमण अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो तेश्रो खेलमा नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दैछन्। खेलमा अमेरिकाले टस जितेर फिल्डिंग […]