कोहलीको बिशाल शतकमा भारतको लगातार तेस्रो जित



  • विकेटनेपाल, माघ २४ – बुधबार

भारतको दक्षिण अफ्रिका भ्रमण अन्तर्गतको तेस्रो एकदिवसीय क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १२४ रनले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ । यसअघि भएका दुई एकदिवसीयमा पनि भारतले फराकिलो जित दर्ता गरेको थियो ।

केपटाउनमा भएको खेलमा पहिले ब्याटिंग गरेको पाहुना टोलिले विराट कोहलीको बिशाल शतकसँगै ५० ओभरमा ६ विकेट गुमाएर ३०३ रनको योगफल तयार पारेको थियो ।

३०४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४० ओभरमा मात्र १७९ रन बनाउदा सबै विकेट गुमाउन पुग्यो र १२४ रनको फराकिलो अन्तरले पराजित भयो ।

स्पिनरको अगाडी धरासायी दक्षीण अफ्रिका

हसिम अमला मात्र १ रन बनाउदै आउट भएपनि दोश्रो विकेटको लागि कप्तान एईडेन मार्क्रम र जेपि डुमिनिले ७८ रनको साझेदारी गरेका थिए । डुमिनीले ५१ रन (६७ बल, ४ चौका) र मार्क्रमले ३२ रन (४२ बल, २ चौका, १ छक्का) प्रहार गरे ।

जेपि डुमिनीले अर्धशतक प्रहार गरे

तर जव भारतका लागि स्पिनरले बलिंग सुरु गरे यसअघिका दुई खेलमा जस्तै घरेलु टिम धरासायी देखियो । युज्बेन्द्र चाहल   र कुलदीप यादवले समान ४/४ विकेट हात पारेपछि दक्षिण अफ्रिकाका लागि कुनै पनि ब्याट्सम्यानले सम्हाल्लिएर खेल्न सकेनन् ।

कुलदीपले ४ विकेट लिन ९ ओभरमा १ मेडन राख्दै २३ रन खर्चिदा चाहलले पनि समान ४ विकेट लिन ९ ओभरमा ४६ रन खर्चे । जस्प्रित बुम्राहको नाममा २ विकेट रह्यो ।

कोहलीको स्मरणीय पारि

यसअघि पहिलो विकेटको रुपमा खाता नखोल्दै पहिलो ओभरको अन्तिम बलमा रोहित शर्मालाई गुमाएको भारतको पारि कप्तान कोहली र शिखर धवनले सम्हाले । दोश्रो विकेटको लागि १४० रनको साझेदारी गर्नेक्रममा कोहलीले अविजित १६० रन (१५९ बल, १२ चौका, २ छक्का ) तथा धवनले ७६ रन (६३ बल, १२ चौका) को पारि खेलेका थिए ।

शिखर धवनले अर्धशतक प्रहार गरेपछि तारिफ गर्दै कोहली

त्यसपछि टिमको खातामा थप २० रन जोड्दै गर्दा अजिंक्या रहाणे ११ रनको व्यक्तिगत स्कोरमा आउट भए । हार्दिक पान्ड्यले १४, महेन्द्र   सिंह धोनीले १० र केदार जाधवले १ रन प्रहार गर्दै आउट भए ।

त्यसपछि आएका भुवनेश्वर कुमारले अविजित १६ रन (१९ बल, १ चौका ) बनाउदै ७ औं विकेटको लागि कोहलीसँग अविजित मिलेर ६७ रनको साझेदारी गरे ।

दक्षिण अफ्रिकाको लागि जेपि डुमिनीले २ विकेट लिन १० ओभरमा ६० रन खर्चे भने कागीसो रबाडा, क्रिस मोरिस, अन्दिले फेहलुक्क्वायो र इमरान ताहिरले समान १/१ विकेट हात पारे ।

खेलमा आफ्नो एकदिवसीय करियरको सर्बाधिक दोश्रो १६० रनको पारि खेलेका भारतीय कप्तान विराट कोहली म्यान अफ द म्याच घोषित भए ।

यस्तो छ खेल तालिका

चौथो एकदिवसीय: १० फेब्रुअरी, जोहानेसवर्गमा

पाचौं एकदिवसीय: १३ फेब्रुअरी, पोर्ट एलिजावेद

छैठौं एकदिवसीय: १६ फेब्रुअरी, सेन्चुरियन

सम्बन्धित:

दोश्रो एकदिवसीय: चाहलको स्पिन नबुझ्दा दक्षिण अफ्रीकाको घरमा इतिहासकै कमजोर ब्याटिंग

पहिलो एकदिवसीय: कोहलीको शतकमा दक्षिण अफ्रिका पराजित

 





थप समाचार

अभ्यास खेलमा नेपालको जित

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एक मात्र अभ्यास खेलमा ओन्टारियोको एमएलसीसी-एघारलाई ६९ रनले पराजित गरेको छ। शनिवार विहान […]

स्व. महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट प्रतियाेगितामा सप्तरी र धनुषा विजयी

चन्दनकुमार यादब, राजबिराज, असार १७ शुकवार राजबिराजमा संचालित महेन्द्र नारायण निधि मधेश प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता अन्तर्गत पहिलाे खेलमा सप्तरीले […]

नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं, असार १५– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट […]

अपन राधेमाईलाई नेक्सस कप क्रिकेट उपाधि

अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल […]

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]