EPL : काठमाडौँ प्लेअफ पुग्दा ललितपुर बाहिर, प्ले अफ समीकरण पुरा



काठमाडौँमा जारि एभरेस्ट प्रिमियर लिग अन्तर्गत मंगलबारको काठमाडौँ किंग्स-११ र भैरहवा ग्ल्याडीएटर्स बीचको एक मात्र खेल वर्षाका कारण खराब आउटफिल्डका कारण सम्भव नहुँदा दुवै टिमले एक/एक अंक बाँडेका छन्। गय राति लगातार भारि वर्षा पछि मैदान नसुके पछि टस समेत नभई खेल रद्द भएको हो।

खेल रद्द भएसंगै काठमाडौँ किंग्स-११ प्लेअफ पुगेको छ। ५ खेल खेल्दा काठमाण्डौंले १ खेलमा जित र ३ हार बेहोर्यो भने १ खेल नतिजाविहिन रह्यो। समान ३ अंक र समान १ जित रहेको ललितपुर नेट रन रेटमा पछि पर्दै पाँचौ स्थानमा रहेपछि प्लेअफ पुग्न असफल रह्यो।

आज १ अंक पाएको भैरहवाको पोखरासंग समान ७ अंक भएता पनि बढी जित भएको कारण पोखरा राईनोज अंकतालिकाको दोश्रो स्थानमा रहँदै पहिलो क्वालीफायर खेल्न छनोट भएको छ। पोखराको ५ खेलमा ३ जित रह्यो भने भैरहवाको २ जित मात्र रह्यो। बुधबार बिहान ९:३० बजे हुने पहिलो क्वालीफायरमा सोमपाल कामि कप्तानीको चितवन टाइगर्स र बिनोद भण्डारी कप्तानीको पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन्। उक्त खेल जित्ने टिम फाइनल पुग्नेछ।

यस्तै भोलि दिउसो १:३० बजे सुरु हुने इलिमीनेटरमा भैरहवा ग्ल्याडीएटर्स र काठमाडौँ किंग्स-११ ले प्रतिस्पर्धा गर्नेछन्। उक्त खेलमा विजयी हुने टिमले पहिलो क्वालीफायरको विजेता टिमसंग फाइनल प्रवेशको लागि बिहिबार खेल्नेछ।

लिग अंकतालिकामा पाँचौ र छैटौं स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्स र बिराटनगर वारियर्स भने पहिलो चरणबाट बाहिर भएको छ।





थप समाचार

T20WC : ट्रंपलम्यानको घातक बलिंग, नामिबियाद्वारा स्कटल्याण्ड पराजित

स्कटल्याण्डलाई ४ विकटले पराजित गर्दै युएईमा जारि टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणमा नामिबियाले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा अफगानिस्तानसंग पराजित […]

पाकिस्तानसंग हारपछि पनि सेहवागको विश्वास “भारतले टि-२० विश्वकप जित्नेछ”

युएईमा जारी टि-ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमै पाकिस्तानसंग १० विकेटको विशाल अन्तरले पराजित भएको भारतलाई प्रतियोगिता सुरु हुनु अघि विश्वकप […]

विश्वकप एसियाली छनोट खेल्ने महिला राष्ट्रिय टिमको घोषणा, कविता पहिलो पटक राष्ट्रिय टिममा

युएईमा आगामी महिना नोभेम्बर २० देखि २६ तारिखमा आयोजना हुने २०२१ आईसीसी महिला टि-ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताको लागि १४ […]

T20WC : बंगलादेश बिरुद्ध शानदार जित पछि इंग्ल्यान्ड समुह ‘१’ को शिर्षमा

युएईमा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणमा इंग्ल्यान्डले आफ्नो शानदार लय जारी राख्ने क्रममा बंगलादेशलाई ८ विकेटले सहजै पराजित गरेको […]

T20WC : टि-२० विश्वकपमा आज दुई खेल हुँदै

युएईमा जारि टि-ट्वान्टी विश्वकपको सातौँ संस्करण अन्तर्गत सुपर-१२ चरण चल्दै गर्दा आज बुधबार दुई खेल हुँदैछन्। दिनको पहिलो खेलमा समुह […]

T20WC : पाकिस्तानको लगातार दोश्रो जित

न्युजिल्यान्डलाई  ५ विकेटले पराजित गर्दै पाकिस्तानले टि-ट्वान्टी विश्वकपमा लगातार दोश्रो जित दर्ता गरेको छ। पहिलो खेलमा उसले भारतलाई १० विकेटले […]