IPL : पन्जाबको प्ले-अफ साथै शिर्ष-२ पुग्ने लक्ष्य, राजस्थानलाई गर या मरको स्थिति



युएईमा जारि आईपीएल २०२० अन्तर्गत ५० औं खेलमा शुक्रबार किंग्स-११ पन्जाब र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। खेल अबुधाबी स्थित शेख जायद स्टेडियममा नेपाली समय ७:४५ बजे राति सुरु हुनेछ।

लिग अंकतालिकामा पन्जाब १२ खेलमा ६ जित दर्ता गर्दै १२ अंक सहित चौथो स्थानमा रहेको छ। अर्कोतर्फ राजस्थान १२ खेलमा ५ जित सहित १० अंक बटुल्दै सातौँ स्थानमा रहेको छ। दुवै टिमको प्ले-अफ यात्राको लागि आजको खेलमा जित महत्वपूर्ण रहेको छ।

दुवै टिम बीच भएको यस अघिको खेलमा राजस्थान रोयल्सले पन्जाबले दिएको २२४ रनको लक्ष्य पछ्याउदै रोमान्चक जित दर्ता गरेको थियो। राहुल तेवतियाले ३१ बलमा ७ छक्का प्रहार गर्दै ५३ रन बनाएपछि राजस्थानले असम्भव परिस्थितिमा खेल जितेको थियो। सन्जु स्यामसनले ८५ तथा स्टिभ स्मिथले ५० रन बनाएका थिए। पन्जाबको लागि मायाँक अग्रवालले शतक ( १०६ ) तथा केएल राहुलले ६९ रन बनाएका थिए।

राजस्थानको प्ले-अफ सम्भावना 

राजस्थानले प्ले-अफ सम्भावना कायम राख्न दुवै खेल जित्नुपर्नेछ। एउटा हारले राजस्थान लिगबाट बाहिरिनेछ। राजस्थानले आज पन्जाबसंग खेले पछि दोश्रो खेल कोलकातासंग खेल्नेछ। अब राजस्थान प्ले-अफ पुग्नको लागि दुवै खेल जित्नु त पर्नेछ नै त्यो संगै हैदरावाद, पन्जाब र कोलकाताले सबै खेलमा हार बेहोरोस् भन्ने पनि कामना गर्नुपर्छ। नेट रन रेट सबै भन्दा कम ( -५०५ ) रहेकोले छनौट हुन नेट रन रेटले भूमिका खेलेको खण्डमा राजस्थानलाई मुस्किल हुनेछ त्यसैले बाँकी २ खेल राजस्थानले ठुलो अन्तरले पनि जित्नुपर्छ।

पन्जाबको प्ले-अफ सम्भावना 

१२ अंक सहित अंकतालिकामा चौथो स्थानमा रहेको पन्जाबले अब बाँकी दुवै खेल ( राजस्थान र चेन्नाई बिरुद्ध ) जितेको खण्डमा पन्जाब कुनै अवरोध बिना प्लेअफ पुग्नेछ। यदी पन्जाबले एउटा मात्र खेल जितेको खण्डमा पनि सम्भावना हुनेछ,तर नेट रन रेट ( -०.०४९ ) रहेको हुँदा अंक बराबरी भएको खण्डमा भने पन्जाबलाई जोखिम छ।किनकि विशेष गरि यदी हैदरावादले ( +०.३९६ ) पनि १४ अंक बटुल्ने हो भने पन्जाब नेट रन रेटमा पन्जाबलाई हराउन सक्छ। पन्जाबले एउटा मात्र खेल जिते १४ अंकमा रोकिनेछ जुन अवस्थामा कोलकाताले बाँकी एउटा खेल हार्ने तथा हैदरावाद र राजस्थानले बाँकी २ मध्ये अधिकतम एउटा खेलमा मात्र जित मात्र दर्ता गरेको खण्डमा पन्जाब प्ले-अफ पुग्नेछ। यदी दुवै खेल हारेको खण्डमा पन्जाबको सबै ढोका बन्द हुनेछ। पन्जाबले दुवै खेल जितेर १६ अंक बटुल्न सकेको खण्डमा शिर्ष-२ मा पर्ने सम्भावना पनि रहन्छ जसको लागि अन्य टिमको नतिजामा भने भरपर्नु पर्ने हुन्छ।

स्टोक्स र स्यामसनको फर्मले उत्साहित राजस्थान

मुम्बईलाई ८ विकेटले पराजित गर्दा राजस्थानले १९६ रनको लक्ष्य पछ्याएको थियो। त्यस क्रममा बेन स्टोक्सले ६० बलमा १०७ रन तथा संजु स्यामसनले ३१ बलमा ५४ रन बनाउदै १० बल अगावै जित दिलाएका थिए। जोफ्रा आर्चरले १२ खेलमा १७ विकेट लिंदै बलिंगको नेतृत्व गरेता पनि उनको स्तर छेउछाउको बलर टिममा नहुनु राजस्थानको कमजोरी हो। ब्याटिंगमा पनि स्टोक्स, स्यामसन, कप्तान स्मिथ र जोस बटलरले निरन्तर रन बनाउन नसक्दा टिमको प्रदर्शन पनि अनियमित बनेको छ।

राजस्थानको सम्भावित ११ : रोबिन उथप्पा , बेन स्टोक्स, स्टिभ स्मिथ ( कप्तान ) , संजु स्यामसन ( विकेटकिपर ) , जोस बटलर, रियान पराग, राहुल तेवतिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, अंकित राजपुत/जयदेव उनदकत, कार्तिक त्यागि

पछिल्लो खेलमा मुम्बईलाई ८ विकेटले पराजित गरेको टिममा राजस्थानले परिवर्तन गर्ने आवस्यकता छैन। गरि हाले अंकित राजपुतको स्थानमा जय देव उनदकत आउन सक्नेछन्।

गेलको आगमन पछि पन्जाबको फर्केको लय 

क्रिस गेलको आगमन पछि पन्जाबले पछिल्लो ५ खेलमा लगातार ५ वटै जित दर्ता गरेको छ। त्यसपछि ७ खेलमा पन्जाबको मात्र १ जित रहेको थियो र अंकतालिकामा पुछारमा थियो। कप्तान केएल राहुलको अद्भुत लय तथा उनलाई मायाँक अग्रवाल, निकोलस पुरन, क्रिस गेल, मन्दिप सिंहको साथले पन्जाबको ब्याटिंग बलियो देखिन्छ। राहुलले १२ खेलमा ५९.५० को औशतले १ शतक र ५ अर्धशतक बनाउदै ५९५ रन बनाउदै लिगकै सर्वाधिक रनकर्ताको रेसमा सबैभन्दा अघि छन्। बलिंगमा पनि टिमको प्रदर्शन राम्रो छ जसको नेतृत्व १२ खेलमा २० विकेट लिएका मोहम्मद शामीले गरिरहेका छन्। रभी बिस्नोइ, मुरुगन आश्विन, अर्शदिप सिंह, क्रिस जोर्डन जस्ता बलरहरुको साथ राम्रो मिलेको छ।

पन्जाबको सम्भावित-११ : मायाँक अग्रवाल, केएल राहुल ( कप्तान, विकेटकिपर ) , क्रिस गेल, निकोलस पुरन, ग्लेन म्याक्सवेल, मन्दिप सिंह/दिपक हुडा, क्रिस जोर्डन, मुरुगन आश्विन, मोहम्मद शामी, रभी बिस्नोइ, अर्शदिप सिंह

घाइते मायाँक अग्रवाल अझै खेल्ने नखेल्ने निश्चित नरहँदा पनि पन्जाब चिन्तित छैन किनकि मन्दिप सिंहले उनको राम्रो प्रतिस्थापन गरिरहेका छन्। अग्रवाल फिर्ता नभएको खण्डमा भने टिममा परिवर्तन नहुने सम्भावना छ।

कोलकाताको प्ले-अफ सम्भावना कति ? सबै टिमको प्ले-अफ समीकरण यस्तो छ

दबाबमा जडेजाले शानदार ब्याटिंग गर्दा सनसनीपूर्ण खेलमा चेन्नाईद्वारा कोलकाता पराजित

भनाभन भएपछि मोरिस र पान्ड्यालाई चेतावनी

आईपीएलपछि भारतको अस्ट्रेलिया भ्रमणको खेल तालिका सार्वजनिक