IPL : अग्रवालको आक्रामक शतक, राजस्थानलाई विशाल लक्ष्य



युएईमा जारि आईपीएल टि-२० अन्तर्गत जारि नवौं खेलमा किंग्स-११ पन्जाबले राजस्थान रोयल्सलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ।

छोटो बाउन्ड्री भएको शारजाह स्टेडियममा टस हारेर ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२३ रन बनाउदै राजस्थानलाई २२४ रनको लक्ष्य प्रस्तुत गरेको छ। जारि सिजनको यो सबैभन्दा ठुलो योगफल हो।

उत्कृस्ट सुरुवात गर्ने क्रममा पन्जाब ओपनर मायाँक अग्रवाल र केएल राहुलले पहिलो विकेटको लागि १८३ रनको साझेदारी गरेका थिए। १७ औं ओभरमा टम करनले क्याच आउट गर्नु अघि अग्रवालले ५० बलमा १०६ रन बनाए जुन क्रममा १० चौका र ७ छक्का प्रहार गरेका थिए। आईपीएलमा अग्रवालको यो पहिलो शतक हो। अग्रवालको विकेटपछि लगत्तै ओभरमा कप्तान राहुल ६९ रन बनाएर अंकित राजपुतको बलमा क्याच आउट भए। राहुलले ५४ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

अग्रवाल र राहुलले पहिलो विकेटको लागि १८३ रनको साझेदारी गरे

अग्रवाल र राहुलको विकेटपछि निकोलस पुरन र ग्लेन म्याक्सवेलले तेश्रो विकेटको लागि १२ बलमा २९ रनको अविजित साझेदारी गरे। पुरनले ८ बलमा १ चौका र ३ छक्का मद्दतले २५ रन तथा म्याक्सवेलले ९ बलमा २ चौका मद्दतले १३ रन बनाए।

पन्जाबले पावरप्लेको ६ ओभरमा ६० रन बनाएको थियो जुन जारि आईपीएमा पहिलो ६ ओभरमा सर्वाधिक स्कोर हो। यस अघि मुम्बईले कोलकाता बिरुद्ध ६ ओभरमा ५९ रन बनाएको थियो।

राजस्थानको बलिंगमा टम करन ( ४-०-४४-१ ) र अंकित राजपुत ( ४-०-३९-१ ) ले समान १/१ विकेट लिए। जोफ्रा आर्चर ( ४-०-४६-० ) , जयदेव उनदकत ( ३-०-३०-० ) , श्रेयस गोपाल ( ४-०-४४-० ) र राहुल तेवतिया ( १-०-१९-० ) विकेटविहिन रहे।

भारतीय ब्याट्सम्यान ब्याट्सम्यानको दोश्रो छिटो शतक 

अग्रवालले ४५ बलमा पुरा गरेको शतक आईपीएलमा भारतीय ब्याट्सम्यानले बनाएको दोश्रो छिटो शतक हो। लिग इतिहासमा सबैभन्दा छिटो शतक प्रहार गर्ने भारतीय ब्याट्सम्यान युसुफ पठन हुन् जसले २०१० मा ३७ बलमा शतक बनाएका थिए।

लिग इतिहासकै आठौँ र पहिलो विकेटको लागि तेश्रो ठुलो साझेदारी 

राहुल र अग्रवालले पहिलो विकेटको लागि गरेको १८३ रनको साझेदारी आईपीएल इतिहासकै आठौँ ठुलो साझेदारी हो। यस्तै पहिलो विकेटको लागि यो लिग इतिहासकै तेश्रो ठुलो साझेदारी हो। पहिलो विकेटको लागि सबैभन्दा ठुलो साझेदारी १८५ रनको थियो जुन तोड्न अग्रवाल र राहुल थोरैले चुके। जोने बेयरस्टो र डेभिड वार्नरले गत सिजन बैंगलोर बिरुद्ध उक्त साझेदारी गरेका थिए। पहिलो विकेटको लागि दोश्रो ठुलो साझेदारी १८४ रनको हो जुन गौतम गम्भीर र क्रिस लिनले २०१७ मा गुजरात लायन्स बिरुद्ध गरेका थिए।

लिग अन्तर्गत राजस्थानले पहिलो खेलमा चेन्नाईलाई १६ रनले पराजित गरेको थियो। पन्जाबले पहिलो खेलमा दिल्लीसंग सुपर ओभरमा हार्दा त्यसपछि दोश्रो खेलमा बैंगलोरलाई ९७ रनले पराजित गरेको थियो।

खेलमा राजस्थानले टिममा २ वटा परिवर्तन गरेको छ। जोस बटलर र अंकित राजपुत अन्तिम-११ मा छन् भने यश जैसवाल र डेभिड मिलरलाई बाहिर राखेको। पन्जाबले क्रिस गेललाई तेश्रो खेलम पनि मौका दिएन र अघिल्लो खेलकै अन्तिम-११ खेलाएको छ। शारजाह मैदान सानो हुँदा विस्फोटक ब्याट्सम्यान गेलले मौका पाउने अपेक्षा गरिएको थियो।

राजस्थानको अन्तिम ११ : जोस बटलर, स्टिभ स्मिथ ( कप्तान ) , सन्जु स्यामसन ( विकेटकिपर ) , रोबिन उथप्पा, राहुल तेवतिया, रियान पराग, टम करन, जोफ्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनदकत, अंकित राजपुत

पन्जाबको अन्तिम ११ : केएल राहुल ( विकेटकिपर/कप्तान ) , मायाँक अग्रवाल, निकोलस पुरन, करुण नायर, सरफराज खान, ग्लेन म्याक्सवेल, जिम्मी निशम, मुरुगन आश्विन, शेल्डन कटरेल, रभी बिस्नोइ, मोहम्मद शामी

क्यानले गरेको खेलाडी वर्गीकरण पुनर्विचार गर्न सिप्यानको आग्रह

तयार भयो पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपीआर ( फोटो फिचर )

विलियमसनले बताए ‘खेल्न तयार छु’, हैदरावाद फ्यानहरुको पनि उही चाहना





थप समाचार

BBL : दबाबमा सन्दिपको राम्रो बलिंग, मेलबर्न बिरुद्ध लिए २ विकेट

दबाबमा सन्दिप लामिछानेले राम्रो बलिंग गर्दा मेलबर्न रेनेगेड्सलाई ६ रनले पराजित गर्दै होबार्ट हरिकेन्सले सातौँ जित दर्ता गरेको छ। मेलबर्नको […]

आर्मीलाई ४७ रनले हराउँदै एपीएफ फाइनलमा

त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै नेपाल एपीएफ क्लब जारि प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । […]

लोकेशको कीर्तिमानी अर्धशतक

नेपाल एपीएफ क्लबका आक्रामक युवा ब्याटर लोकेश बमले जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको दोस्रो सेमिफानल खेलमा […]

दिपेन्द्रको घातक बलिंग, पुलिस फाइनलमा

पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा विभागीय टोलि नेपाल पुलिस […]

देव खनाल र अनिल खरेल चम्कदा लुम्बिनीद्वारा गण्डकी सहजै पराजित

अनिल खरेल र देव खनाल चम्कदा जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद […]

राजुको अर्धशतकमा सुदूरपश्चिम विजयी, सेमिफाइनल समिकरण पुरा

ओपनर राजु रिजालले अर्धशतकी पारि खेल्दा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ माथि ७ विकेटको जित निकालेको […]