पन्जाब-हैदरावाद खेलमा बने ८ रेकर्ड, वार्नरको लगातार ९ अर्धशतक



आईपीएल टि-२० अन्तर्गत २२ औं खेलमा पन्जाबलाई ६९ रनको विशाल अन्तरले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल २०२० अन्तर्गत तेश्रो जित दर्ता गरेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिले ब्याटिंग गर्दै हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले १६.५ ओभरमा १३२ रन मात्र बनाउन सक्यो। छैठौं खेलमा तेश्रो जित पछि हैदरावाद अंकतालिकामा छैठौं स्थानबाट फड्को मार्दै तेश्रो स्थानमा पुगेको छ। ६ अंक बटुलेको हैदरावादले नेट रन रेटमा कोलकाता र बैंगलोरलाई पछि पारेको हो। खेलको क्रममा बिभिन्न रेकर्डहरु बनेका छन् जसलाई यो लेखमा प्रस्तुत गरेका छौँ –

सर्वाधिक ५० भन्दा माथिको स्कोर : डेभिड वार्नरले पन्जाब बिरुद्ध अर्धशतक बनाएसंगै उनि लिग इतिहासमै ५० पटक ५० भन्दा माथिको स्कोर बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्। उनले कुल १३२ खेल खेल्ने क्रममा ४ शतक र ४६ अर्धशतक बनाएका छन्। वार्नर पछि दोश्रो धेरै ५० माथिको स्कोर बनाउने ब्याट्सम्यान बिराट कोहली हुन् जसले ४२ पटक । रोहित शर्मा र सुरेश रैनाले समान ३९, ए बि डी भिल्लीयर्सले ३८ तथा शिखर धवनले ३७ पटक ५० माथिको स्कोर बनाउन सकेका छन्।

वार्नर र बेयरस्टोको शतकीय साझेदारी : १६ इनिंगमा पाँचौ पटक शतकीय साझेदारी गर्दै डेभिड वार्नर र जोनी बेयरस्टो लिग इतिहासमै दोश्रो सर्वाधिक शतकीय ओपनिंग साझेदारी गर्ने जोडी बनेका छन्। सबैभन्दा धेरै ६ पटक डेभिड वार्नरलेनै शिखर धवनसंग ओपनिंग शतकीय साझेदारी गरेका थिए। वार्नर र धवनले ४८ पटक संगै ओपनिंग गरेका थिए।

वार्नर-बेयरस्टोको १ हजार रन : लिग इतिहासमा पाँचौ पटक शतकीय ओपनिंग साझेदारी गरेका जोनी बेयरस्टो र वार्नर ओपनिंग जोडीको रुपमा १ हजार रन पुरा गर्ने सातौँ जोडी बनेका छन्। लिग इतिहासमा ओपनिंग साझेदारीको रुपमा सर्वाधिक रन बनाउने जोडी डेभिड वार्नर र शिखर धवन हुन् जसले २,२२० रन बनाएका छन्। दोश्रो धेरै गौतम गम्भीर र रोबिन उथप्पाले १,४७८रन, तेश्रो धेरै ब्रेण्डन म्याकलम र ड्वेन स्मिथले १,३६३ रन, चौथो धेरै माइक हासी र मुरली विजयले १,३६० रन, पाँचौ धेरै क्रिस गेल र बिराट कोहलीले १,२१० रन बनाएका छन्।

पन्जाब बिरुद्ध लगातार ९ अर्धशतक : वार्नर लिग इतिहासमा एकै टिम बिरुद्ध लगातार सबैभन्दा बढी अर्धशतक बनाउने ब्याट्सम्यान हुन्। २०१५ देखि लगातार ९ खेलमा उनले पन्जाब बिरुद्ध अर्धशतक बनाएका छन्। वार्नरलेनै बैंगलोर बिरुद्ध २०१४ देखि २०१६ सम्म लगातार ७ अर्धशतक बनाएका थिए।  वार्नरको पन्जाब बिरुद्ध अन्तिम ९ इनिंग – ५८, ८१, ५९, ५२, ७०, ५१, ७०, ८१, ५२

पन्जाब र २०० माथिको योगफल : पन्जाब बिरुद्ध लिग इतिहासमा सबैभन्दा धेरै २० पटक २०० भन्दा बढी योगफल टिमहरुले बनाएका छन्। पन्जाब पछि बैंगलोर बिरुद्ध दोश्रो धेरै १७ पटक, दिल्ली र चेन्नाई बिरुद्ध तेश्रो धेरै समान १२ पटक २०० माथिको योगफल टिमहरुले बनाएका छन्।

हैदरावादको तेश्रो ठूलो जित : ६९ रनको जित लिग इतिहासमा हैदरावादको तेश्रो ठूलो जित हो। सबैभन्दा धेरै गत वर्ष बैंगलोर बिरुद्ध ११८ रन तथा २०१६ मा मुम्बई बिरुद्ध ८५ रनले हैदरावाद विजयी भएको थियो

राशिद खानको ४ ओभरमा १२ रन हैदरावाद स्पिनर राशिद खानले पन्जाबलाई १३२ रनमा सिमित गर्ने क्रममा ३ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र १२ रन खर्चिए। लिग इतिहासमा ४ ओभर बलिंग गर्दा १२ वा कम रन दिने रेकर्डमा राशिद खानले डेल स्टेनको बराबरी गरेका छन्। राशिदले ५२ खेलमा तथा स्टेनले ९४ खेलमा ४ पटक पुरा ४ ओभर बलिंग गर्दा १२ वा त्यो भन्दा कम रन खर्चेका छन्।

पुरनको १७ बलको अर्धशतक  निकोलस पुरनले ३७ बलमा ७७ रन बनाउने क्रममा आईपीएल २०२० कै छिटो अर्धशतक पुरा गरेका छन्। उनले १७ बलमा अर्धशतक पुरा गरेका थिए। चौथो नम्बरमा ब्याटिंग गर्न आएका देब्रे हाते ब्याट्सम्यान पुरनले मात्र १७ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए। जारि सिजन यस अघिस अबैभन्दा छिटो अर्धशतक राजस्थान रोयल्सका ब्याट्सम्यान संजु स्यामसनले चेन्नाई सुपर किंग्स बिरुद्ध १९ बलमा बनाएका थिए।

निकोलस पुरनले सिजनकै छिटो अर्धशतक बनाए

पुरनको अर्धशतक आईपीएल इतिहासको संयुक्त रुपमा चौथो छिटो तथा पन्जाब ब्याट्सम्यानको दोश्रो छिटो अर्धशतक हो। यस अघि क्रिस गेल, काइरन पोलार्ड, सुनिल नारायण, हार्दिक पान्ड्या, क्रिस मोरिस र एडम गिलक्रिस्टले पनि १७ बलमा अर्धशतक बनाएका थिए।

आईपीएल इतिहासमा सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड पन्जाबकै केएल राहुलको नाममा रहेको छ। २०१८ मा केएल राहुलले दिल्ली बिरुद्ध मात्र १४ बलमा अर्धशतक बनाएका थिए।

आईपीएलमा सर्वाधिक छिटो अर्धशतक 

१४ बलमा – केएल राहुल ( २०१८ , बिरुद्ध दिल्ली )

१५ बलमा – युसुफ पठन ( २०१४, बिरुद्ध हैदरावाद )

१५ बलमा – सुनिल नारायण ( २०१७ , बिरुद्ध बैंगलोर )

१६ बलमा – सुरेश रैना ( २०१४ , बिरुद्ध पन्जाब )

१७ बलमा – क्रिस गेल, काइरन पोलार्ड, सुनिल नारायण, हार्दिक पान्ड्या, क्रिस मोरिस र एडम गिलक्रिस्ट

पन्जाबलाई ठूलो अन्तरले पराजित गर्दै अंकतालिकामा हैदरावादको फड्को

धोनीले बताए कोलकातासंग हारको कारण

सन्दिप र सुनम लंका प्रिमियर लिगको ड्राफ्टमा

सहज थिएन स्टोक्सको युएई यात्रा



थप समाचार

प्रतिस्पर्धात्मक तेश्रो वानडेमा भारतद्वारा अस्ट्रेलिया पराजित

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत तेश्रो एकदिवसीयमा भारतले १३ रनको जित दर्ता गरेको छ। यस अघि २ खेलमा पराजित हुँदै सिरिज […]

मलानले रचे इतिहास, टि-२० वरियतामा इतिहासकै उच्च अंक हाँसिल

दक्षिण अफ्रीका बिरुद्ध ३-० ले सिरिज जित दर्ता गर्ने क्रममा कुल १७३ रन बनाएका इंग्ल्यान्ड ब्याट्सम्यान दविड मलानले अन्तर्राष्ट्रिय क्रिकेट […]

पान्ड्या र जडेजाले कीर्तिमानी साझेदारी गर्दा भारतद्वारा अस्ट्रेलियालाई ३०३ रनको लक्ष्य

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत एकदिवसीय सिरिजको तेश्रो तथा अन्तिम एकदिवसीय मेनुका ओभल, क्यानबेर्रामा जारि रहेको छ। सिरिज यस अघिनै अस्ट्रेलियाले […]

क्यानद्वारा पूर्वकप्तान कर्माचार्य छनोट समितिको संयोजक नियुक्त

नेपाल क्रिकेट संघ ( क्यान ) को कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय क्रिकेट टिमका पहिलो कप्तान उत्तम कर्माचार्यलाई संयोजक चयन गर्दै […]

कोहलीले तोडे तेन्दुलकरको कीर्तिमान

अष्ट्रेलिया र भारतबीच ३ खेलको एकदिवसीय अन्तराष्ट्रिय शृंखला अन्तर्गत क्यानवेरा स्थित मानुका ओवल क्रिकेट स्टेडियममा तेस्रो तथा अन्तिम खेल जारि […]

एलपीएल : परेराको अर्को आक्रामक इनिंग, जाफ्नाको विजय यात्रा कायमै

लंका प्रिमियर लिग अन्तर्गत मंगलबार सम्पन्न २ वटा खेलमा दाम्बुला भाइकिंग र जाफ्ना स्टालियन्स विजयी भएका छन्। महिन्दा राजापाक्षे स्टेडियममा […]