लगातार तेश्रो हार पछि बैंगलोर कप्तान कोहलीले के भने



आईपीएल २०२० अन्तर्गत पछिल्लो ३ खेलमा लगातार हार पछि बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरको प्ले-अफ यात्रामा प्रश्नचिन्ह खडा हुन थालेको छ। हैदरावादले ५ विकेटले पराजित गर्ने क्रममा बैंगलोरले दिएको १२१ रनको लक्ष्य १४.१ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गरेको हो।

हारपछि बैंगलोर कप्तान कोहलीले आफ्नो टिमले पर्याप्त योगफल तयार गर्न नसकेको बताए – “यो योगफल पर्याप्त थिएन। हामीले १४० को योगफल यो विकेटमा राम्रो योगफल हुने सोचेका थियौं तर कुराहरु हामीले अनुमान गरे बिपरित छिट्टै परिवर्तन भयो। यो अनौठो थियो। हामीले सोचेका थियौं कि मौसम राम्रो हुनेछ र शित धेरै हुने छैन। मलाई लाग्छ हामी ब्याटिंगमा बहादुर हुन सकेनौ। उनीहरुले पिचको राम्रो प्रयोग गर्दै राम्रो ठाउँमा बलिंग गरे।”

बैंगलोरले प्लेअफ पुग्न अब अन्तिम खेलमा दिल्लालीई पराजित गर्नुपर्नेछ। दिल्ली र बैंगलोर बीच सोमबार प्रतिस्पर्धा हुनेछ जुन खेलमा विजयी हुने टिम शिर्ष-२ भित्र पर्ने समेत निश्चित हुनेछ। दिल्लीसंग पराजित भएको खण्डमा भने अन्य टिमको नतिजामा बैंगलोरको प्ले-अफ यात्रा तय हुनेछ। कोहलीले पनि आफ्नो बाटो सिधा भएको बताउदै आफु दिल्लीको भएता पनि आईपीएलमा बैंगलोरको केटो भएको बताए –

“अब बाटो सिधा छ। दुवै टिम ( दिल्ली र बैंगलोर ) १४ अंकमा रोकिएको छ त्यसैले प्रतिस्पर्धा धमाकेदार हुनेछ। आईपीएलको कुरा आउदा म सधै बैंगलोरको केटो हुँ र म कहिल्यौ दिल्लीतिर ढल्केको छैन।” कोहलीले बताए।

जित पछि प्लेअफ सम्भावना कायमै राखेको हैदरावादका कप्तान डेभिड वार्नरले आफ्नो बलरहरुलाई श्रेय दिए – “आजको सबै श्रेय बलरहरुलाई जान्छ। यो विकेट सुस्त हुँदै थियो , बलरहरुले पिचमा आफुलाई ढालेर राम्रो बलिंग गरे।”

वार्नरले आफ्नो टिमले आईपीएल जित्न समेत सक्ने बताए – “हाम्रो लागि आगामी खेल गर या मरको खेल हुनेछ। हो हामि अझै आईपीएल जित्न सक्छौं।” हैदरावादले लिग चरणको अन्तिम खेल मंगलबार मुम्बई इन्डीएन्स बिरुद्ध खेल्नेछ।

लिग अन्तर्गत हैदरावादले पछिल्लो ३ खेलमा जित दर्ता गर्ने क्रममा चेन्नाई, मुम्बई र बैंगलोरलाई पराजित गरेको हो।

खेलको प्लेयर अफ द म्याच चुनिएका सन्दिप शर्माले कोहलीको विकेट लिनु विशेष भएको प्रतिक्रिया दिए – “कोहली महान ब्याट्सम्यान मध्येका हुन् त्यसैले उनको विकेट लिनु विशेष कुरा हो। अब हाम्रो टिमले लय पाएको छ त्यसैले एउटा खेल बाँकी हुँदा उत्साहित रहेको छु , हेरौं के हुन्छ।” शर्माले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए जुन क्रममा कोहली र देभदत्त पडीक्कलको विकेट सुरुवाती स्पेलमै लिएका थिए।

हैदरावाद प्लेअफ पुग्न अब अन्तिम खेलमा मुम्बईलाई पराजित गर्ने पर्ने समीकरण रहेको छ। मुम्बईसंग हारले हैदरावाद प्लेअफ पुग्न सक्नेछैन। बैंगलोर र दिल्ली बीच सोमबार हुने खेलमा विजयी हुने टिम प्ले-अफ तथा शिर्ष-२ स्थानमा पुग्ने पक्का हुनेछ।

यो पनि पढ्नुस 

बैंगलोरलाई पराजित गर्दै हैदरावाद चौथो स्थानमा उक्लियो, प्लेअफ सम्भावना कायमै

दिल्लीको लगातार चौथो हार, सहज जित पछि मुम्बईको शिर्ष-२ स्थान पक्का

अफ्रिदीले घातक बलिंग गर्दा, टेलरको शतकका बाबजुद पाकिस्तानसंग जिम्बाब्वे पराजित