लगातार नवौं टि-२० जित दर्ता गर्दै भारतले जित्यो सिरिज



भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत तिन टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत आइतबार सम्पन्न दोश्रो खेल ६ विकेटले जित्दै एक खेल अगावै भारतले सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ। सिरिज अघि खेलिएको एकदिवसीय सिरिज अस्ट्रेलियाले २-१ ले जितेको थियो। टि-२० सिरिज अन्तर्गत पहिलो खेल भारतले ११ रनले जित्दै सिरिजमा अग्रता लिएको थियो।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको यो लगातार नवौं जित हो भने विदेशी भुमिमा लगातार १० औं जित हो। २०१९ फेब्रुअरी देखि भारतले विदेशी भुमिमा टि-२० फर्म्याटमा हार बेहोरेको छैन। यस क्रममा भारतले न्युजिल्यान्डलाई ५ वटा टि-२० सिरिजमा ५-० ले तथा त्यसअघि वेस्टइन्डिजलाई ३ वटा टि-२० मा पराजित गरेको थियो। भारतले लगातार सबै भन्दा बढी टि-२० सिरिज जितेको यो नै सर्वाधिक पटक हो। सबैभन्दा बढी लगातार टि-२० अन्तर्राष्ट्रियमा जितको रेकर्ड अफगानिस्तानको नाममा रहेको छ जसले २०१८/१९ मा लगातार १२ तथा २०१६/१७ मा लगातार ११ वटा टि-२० मा जित हाँसिल गरेको थियो। यस्तै पाकिस्तानले २०१८ मा लगातार ९ वटा टि-२० अन्तर्राष्ट्रिय जित दर्ता गरेको थियो जुन रेकर्डको भारतले बराबरी गरेको छ।

सिड्नी क्रिकेट मैदानमा सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको १९५ रनको लक्ष्य भ्रमण टोलिले ४ विकेट गुमाएर २ बल बाँकी छदा पुरा गर्यो।

भारतको जितमा शिखर धवनले ३६ बलमा सर्वाधिक ५२ रन बनाए जुन क्रममा ४ चौका र २ छक्का हिर्काए। यस्तै हार्दिक पान्ड्याले आक्रामक इनिंग खेल्ने क्रममा २२ बलमा ३ चौका र २ छक्का मद्दतले अविजित ४२ रन बनाए। कप्तान बिराट कोहलीले २४ बलमा २ चौका र २ छक्का मद्दतले ४० रन बनाए। केएल राहुलले ३०, संजु स्यामसनले १५ तथा श्रेयस ऐयरले अविजित १२ रन बनाए।

राम्रो सुरुवात गरेको भारतको लागि राहुल र धवनले ५६ रनको ओपनिंग साझेदारी गरेका थिए। छैठौं ओभरमा राहुल आउट भएपछि धवनले कप्तान कोहलीसंग ३९ रनको साझेदारी गरे।

जितको लागि अन्तिम ४ ओभरमा ४६ रन आवस्यक हुँदा १७ औं ओभरमा कोहलीले विकेट गुमाएपछि पान्ड्या र ऐयरले अविजित रहँदै टिमलाई जित दिलाएका थिए। दुवैले पाँचौ विकेटको लागि मात्र २३ बलमा ४६ रनको साझेदारी गरे। अन्तिम ओभरमा जित्न १४ रन आवस्यक हुँदा पान्ड्याले ड्यानियल स्याम्सको दोश्रो र चौथो बलमा छक्का हिर्काउदै विजयी रन प्रहार गरेका थिए।

अस्ट्रेलियाको बलिंगमा ड्यानियल स्याम्स ( ३.४-०-४१-१ ) , एन्ड्रु टाइ ( ४-०-४७-१ ) , मिचेल स्वेपसन ( ४-०-२५-१  र मोईसेस हेनरिक्सले ( ४-०-३६-१ ) समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो।

घरेलु टिमको लागि ओपनर तथा कप्तान म्याथु वेडले सर्वाधिक ५८ रन बनाए जुन क्रममा ३२ बलमा १० चौका र १ छक्का प्रहार गरे। स्टिभ स्मिथले ३८ बलमा ३ चौका र २ छक्का मद्दतले ४६ रन बनाए। मोईसेस हेनरिक्सले २६, ग्लेन म्याक्सवेलले २२ तथा मार्कस स्टोइनिसले १६ रन बनाए।

ड्यारसी सर्टसंग वेडले ४.३ ओभरमा ४७ रनको आक्रामक ओपनिंग गर्दै शानदार सुरुवात दिलाएका थिए। त्यसपछि स्मिथले तेश्रो विकेटको लागि म्याक्सवेलसंग ४५ रनको तथा हेनरिक्ससंग ४८ रनको साझेदारी गरे।

भारतको बलिंगमा टि नटराजनले उत्कृस्ट लय जारि राख्दै ४ ओभरमा मात्र २० रन खर्चेर २ विकेट लिए। शार्दुल ठाकुर ( ४-०-३९-१ ) र युजभेन्द्र चहल ( ४-०-५१-१ ) ले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच हार्दिक पान्ड्या चुनिए।

सिरिज अन्तर्गत अन्तिम खेल मंगलबार सिड्नीमै खेलिनेछ। टि-२० सिरिज पछि दुइ देश बीच डिसेम्बर १७ तारिख देखि चारवटा टेस्टको सिरिज सुरु हुनेछ।





थप समाचार

अभ्यास खेलमा नेपालको जित

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एक मात्र अभ्यास खेलमा ओन्टारियोको एमएलसीसी-एघारलाई ६९ रनले पराजित गरेको छ। शनिवार विहान […]

स्व. महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट प्रतियाेगितामा सप्तरी र धनुषा विजयी

चन्दनकुमार यादब, राजबिराज, असार १७ शुकवार राजबिराजमा संचालित महेन्द्र नारायण निधि मधेश प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता अन्तर्गत पहिलाे खेलमा सप्तरीले […]

नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं, असार १५– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट […]

अपन राधेमाईलाई नेक्सस कप क्रिकेट उपाधि

अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल […]

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]