पीएसएल : सन्दिप आवद्ध लाहोरको शानदार जित



पाकिस्तान सुपर लिग अन्तर्गत आइतबार राति सम्पन्न ११ औं खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध लाहोर कलन्दर्सले कराची किंग्सलाई ६ विकेटले पराजित गरेको छ।

नेसनल स्टेडियम, कराचीमा सम्पन्न खेलमा कराचीले दिएको १८७ रनको लक्ष्य लाहोरले ४ बल बाँकी रहँदै पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा कमजोर सुरुवात गरेको लाहोरले सुरुवात ३ विकेट ३३ रनको स्कोरमा गुमाउन पुगेको थियो। कप्तान तथा ओपनर सोहेल अख्तर र जो डेनलि पहिलो ओभरमा खत नखोली आउट भए भने मोहम्मद हफिज १५ रन बनाए चौथो ओभरमा आउट भए।

चौथो विकेटको लागि ओपनर फखर जमान र बेन डंकले शतकीय साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। ११९ रनको साझेदारी पछि १८ औं ओभरमा जमानलाई ड्यान क्रिस्टिएनले क्याच आउट गर्दै कराचीलाई खेलमा फर्काए। जमानले ५४ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८३ रन बनाए।

अन्तिम २ ओभरमा जितको लागि ३० रन आवस्यक हुँदा मोहम्मद आमिरले गरेको १९ औं ओभरमा बेन डंकले १ चौका तथा डेभिड वेसले २ चौका र १ छक्का प्रहार गरे। ओभरमा आमिरले २० रन खर्चिए पछि अन्तिम ओभरमा जित्न लाहोरलाई १० रन आवस्यक रह्यो। ड्यान क्रिस्टीएनले गरेको अन्तिम ओभरको पहिलो २ बलमा वेसले लगातार छक्का प्रहार गर्दै लाहोरलाई जित दिलाए। बेन डंकले अविजित ५७ रन बनाए जुन क्रममा ४३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै डेभिड वेसले ९ बलमा ३१ रन बनाउने क्रममा ३ चौका र ३ छक्का प्रहार गरे। डंक र वेसले मात्र १२ बलमा ३७ रनको साझेदारी गरे।

कराचीको बलिंगमा मोहम्मद आमिर, वाकस मक्सुद र ड्यानियल क्रिस्टिएनले समान १ विकेट लिए।

प्लेयर अफ द म्याच शाहिन अफ्रिदी

यस अघि टस हारेर ब्याटिंग गरेको कराचीले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १८६ रन बनाएको थिए।

कराचीले माथिल्लो क्रमको ३ विकेट ३७ रनको योगफलमा गुमाउन पुगेको थियो। अघिल्लो २ खेलमा अर्धशतक बनाएका बाबर आजम ५ रन, जोए क्लार्क ४ रन तथा कोलिन इन्ग्राम खाता नखोली आउट भए। चौथो विकेटको लागि ओपनर शर्जिल खानले मोहम्मद नाबीसंग ७६ रनको साझेदारी गरे। १३ औं ओभरमा शर्जिल आउट भएपछि नाबीले ड्यानियल क्रिस्टीएनसंग ४५ रनको साझेदारी गरे। नाबी १६ औं ओभरमा आउट भए।

शर्जिलले ३९ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६४ रन तथा नाबीले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५७ रन बनाए। क्रिस्टीएनले १४ बलमा ५ चौका मद्दतले २७ रन बनाए।

लाहोरको बलिंगमा पेसर शाहिन अफ्रिदीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए। यस्तै हरिश रौफ, एहमद ड्यानियल, डेभिड वेस र समित पटेलले समान १ विकेट लिए।

जित पछि ४ खेलमा ३ जित र १ हार बेहोरेको लाहोर ६ अंक सहित अंकतालिकाको दोश्रो स्थानमा रहेको छ। समान अंक रहेता पनि पेशावर नेट रन रेटमा अघि रहँदै शिर्ष स्थानमा छ। कराची किंग्स ४ खेलमा २ जित र २ हार पछि तेश्रो स्थानमा छ। इश्लामावाद चौथो, मुल्तान पाँचौ र क्वेटा छैठौं स्थानमा रहेको छ।

सन्दिप लामिछाने आगमी खेलमा उपलब्ध हुने 

पाकिस्तान सुपर लिग खेल्न शनिवार कराची पुगेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने लाहोरले बिहिबार खेल्ने इश्लामावाद युनाइटेड बिरुद्धको खेलको लागि उपलब्ध हुनेछन्। सन्दिप ३ दिन क्वारेन्टाइन बस्नेछन् जुन दौरान २ पटक उनको कोरोना रिपोर्ट नेगेटिभ आएमा उनि टिमसंग जोडिनेछन्। मंगलबार उनको क्वारेन्टाइन अवधि सकिनेछ। सन्दिपलाई मङ्सिरमा कोरोना संक्रमण देखिएको थियो जसबाट उनि मुक्त भएपछि बिग ब्यास लिग खेल्न अस्ट्रेलिया पुगेका थिए।

सन्दिपलाई लाहोरले अफगानिस्तानका लेग स्पिनर राशिद खानको प्रतिस्थापनमा टिममा भित्र्याएको हो। राशिद २ खेल खेलेपछि अफगानिस्तानको लागि खेल्न स्वदेश प्रस्थान गरेका थिए।

एभरेस्ट प्रिमियर लिगको नयाँ मिति सार्वजनिक

युसुफ पठानद्वारा सन्यास घोषणा, जसको नाममा छ यस्तो रोचक रेकर्ड





थप समाचार

हाईस्कोरिंग खेलमा कोलकातालाई हराउदै चेन्नाई शिर्षमा

कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै १४ औं आईपीएल अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले […]

IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा

पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल १४ मा पहिलो जित दर्ता गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

जिम्बाबेलाई ११ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले पहिलो टि-ट्वान्टीमा ११ रनको जित दर्ता गरेको छ। जितसंगै तिन वटा टि-ट्वान्टीको […]

बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

नेपालमा त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ। यो संगै सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड […]

कुपरले उत्कृस्ट ब्याटिंग गर्दा वर्षाप्रभावित खेलमा नेदरल्याण्डले बनायो १०७ रन

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रिदेशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट ब्याटिंग गरिरहेका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) […]