मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन्। ग्राण्डी अस्पतालमा उपचाररत रहेका भण्डारी मंगलबार बेलुका डिस्चार्ज भएको नेपाल क्रिकेट संघले जानकारी गराएको छ।
“रोड दुर्घटनामा घाइते राष्ट्रिय क्रिकेटर ललित भण्डारी आज डिस्चार्ज भएका छन्। हामि सकरात्मक छौ कि उनि फिट भएर छिट्टै राष्ट्रिय टिममा खेलेको देख्न पाउनेछौँ।” क्यानले लेखेको छ।
भदौ अन्तिम साता कंचनपुरमा भएको दुर्घटनामा मिनीट्रकले भण्डारीले चलाएको मोटरसाइकललाई मिनीट्रकले ठक्कर दिएको थियो। जसपछि भण्डारीलाई उपचारको लागि धनगढी र कोहलपुर हुँदै काठमाडौँको ग्राण्डी हस्पिटलमा सोमबार ल्याइएको थियो।
दुर्घटनामा उनको दायाँ हातमा १ भन्दा बढी तथा दायाँ खुट्टामा समेत फ्र्याक्चर भएको थियो भने। यस्तै कलेजोमा चोट तथा फोक्सोको छेउमा पनि थोरै रगत जमेको थियो।
भण्डारीको उपचारको लागि क्रिकेट खेलाडी संघ ( सीप्यानले ) संकलन सहयोग अभियान मार्फत जम्मा गरेको ६ लाख २८ हजार रुपैयाँ मंगलबार भण्डारीलाई हस्तान्तरण गरिएको छ। अभियानले कुल १० लाख ८ हजार संकलन गरेको थियो जसमा ३ लाख ८० हजार रुपैयाँ कोहलपुरबाट हेलिकप्टरमा काठमाडौँ ल्याउने सिम्रिक एयरलाई भुक्तानी गरिसकिएको सीप्यानले जानकारी गराएको छ।
नेपाली राष्ट्रिय टिमको लागि ८ खेल खेल्ने क्रममा बायाँ हाते फास्ट बलरले ४ विकेट लिएका थिए। यस क्रममा उनले नेपालले २०१८ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हात पार्दा २ विकेट ( ९-०-४३-२ ) लिएका थिए।
प्रशिक्षक पोन्टिङले बताए पृथ्वी शको आक्रामक लयको कारण
को हुन् भुवनेश्वरलाई प्रतिस्थापन गर्ने बलर जसले गत सिजन वार्नरको विकेट लिएका थिए
लिगबाटै बाहिरिएका अमित मिश्राको प्रतिक्रिया – “सोचेकै थिईन, चोट यति गम्भीर हुनेछ”
IPL : ताजा अंकतालिका, रबाडालाई पर्पल क्याप, अरेन्ज क्याप दौडमा को-को छन्