लिटल फ्लावर लिग: बाल बाटिका सेमिफाइनलमा, होलिल्याण्डको दोस्रो जित



धनगढी : कैलालीको बौनियाको बाल बाटिका स्कुल धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।

शनिवार भएको दोस्रो खेलमा गुरुकुल एकेडेमी लम्कीलाई २५ रनले पराजित गर्दै बाल बाटिका अन्तिम चारमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । उसका लागि विराट सिंह भण्डारीले ५५ र दिपेश सिंहले २३ रन बनाए ।

बलिङतर्फ गुरुकुल एकेडेमी लम्कीका सुनिल भण्डारीले ३ र संगम विष्टले २ विकेट लिए । १ सय ४४ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुरुकुल एकेडेमीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १८ रन बनायो । उसका लागि विश्वास श्रेष्ठ ३७ र संगम विष्टले ३० रन बनाए । बाल बाटिकाका कमल ओली ३ र कमल कुँवरले ३ विकेट लिए । खेलको म्यान अफ द म्याच बाल बाटिकाका विराट सिंह भण्डारी भए ।

यसअघि आजै भएको पहिलो खेलमा होलिल्याण्ड स्कुलले लगातार दोस्रो जित निकालेको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा शनिबार भएको खेलमा धनगढी नमुनालाई ६ विकेटले पराजित गर्दै होलिल्याण्डले लगातार दोस्रो जित निकालेको हो ।

पहिले ब्याटिङ गरेको धनगढी नमुनाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो । उसका अनुप कुँवरले ६५ र आयुस खड्काले अविजित रहदै ६४ रन बनाए । होलिल्याण्डका अविशेक कोइरालाले ३ र राजेश महराले २ विकेट लिए । धनगढीले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको होलिल्याण्डले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

होलिल्याण्डको जितमा मनोज ओझाले ६६ र राहुल भण्डारीले ४७ रन बनाए । धनगढी नमुनाका सबिन महरा, पारस कार्की, बसन्त सिंह कार्की र आयुस खड्काले १/१ विकेट लिए । होलिल्याण्डका मनोज ओझा प्लेयर अफ द म्याच चुनिए । जारी प्रतियोगितामा धनगढी नमुनाको यो लगातार तेस्रो हार हो । यस हारसंगै धनगढी प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले १ लाख २० हजार पाउने छन् । यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।





थप समाचार

हाईस्कोरिंग खेलमा कोलकातालाई हराउदै चेन्नाई शिर्षमा

कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै १४ औं आईपीएल अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले […]

IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा

पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल १४ मा पहिलो जित दर्ता गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

जिम्बाबेलाई ११ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले पहिलो टि-ट्वान्टीमा ११ रनको जित दर्ता गरेको छ। जितसंगै तिन वटा टि-ट्वान्टीको […]

बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

नेपालमा त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ। यो संगै सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड […]

कुपरले उत्कृस्ट ब्याटिंग गर्दा वर्षाप्रभावित खेलमा नेदरल्याण्डले बनायो १०७ रन

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रिदेशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट ब्याटिंग गरिरहेका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) […]