लिटल फ्लावर प्रिमियर लिग : धनगढीको शारदा र कञ्चनपुरको शारदा सरस्वती विजयी



धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तरगत आज भएका खेलमा धनगढीको शारदा मावि र कञ्चनपुरको शारदा सरस्वती विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा त्रिनगर माविलाई ६१ रनले पराजित गर्दै शारदाले सुखद सुरुवात गरेको हो । धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५८ रन बनायो । उसका लागि लक्की कडायतले ६७ रनको अर्धशतकीय इनिङ्स खेले भने अविशेक पालले ३२ रन जोड्दा सचिन साउदले २१ रन बनाए । त्रिनगरका खडक नगरकोटीले ४ विकेट र शिशिर थापा मगरले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको त्रिनगरले १६ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो । उसका लागि बसन्त थापा मगरले ३० र शिशिर थापा मगरले २८ रन बनाए । शारदाका अविशेक पालले ५ र लक्की खडायतले २ विकेट लिए । खेलका म्यान अफ द म्याच शारदाका अविशेक पाल भए ।

आजै भएको दोस्रो खेलमा कञ्चनपुरको शारदा सरस्वतीले धनगढी नमुनालाई ५ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको धनगढी नमुनाले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनायो । उसका लागि पारस कार्कीले २१ र सुमित सिंहले २० रन बनाए । शारदा सरस्वतीका कैलाश सिंह साउँदले ४ विकेट लिए ।

९८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदा सरस्वतीले १० दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । उसका लागि हेमन्त धामीले २५ र गणेश बहादुर विटालुले २३ रन बनाए । धनगढी नमुनाका पारस कार्की र अनुप कुँवरले २/२ विकेट लिए । खेलका म्यान अफ द म्याच कैलाश सिंह साउँद् भए ।

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिता अन्तरगत भोलि पनि दुई खेल हुनेछन् । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ ।





थप समाचार

BBL : प्लेअफ नखेली स्वदेश फर्कदै सन्दिप, यस्तो रह्यो प्रदर्शन

अस्ट्रेलियामा जारि बिग ब्यास लिगको चौधौं खेल खेलेसंगै नेपाली रास्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने बिहिबार नेपाल फर्कदैछन्। नेपाली राष्ट्रिय क्रिकेट […]

नजिकबाट चिन्नुस को हुन् राष्ट्रिय टिमका नयाँ सदस्य लोकेश बम

युवा ब्याट्सम्यान बिबेक यादव र लोकेश बमले पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउन सफल भएका छन्। फेब्रुअरी १७ तारिख […]

टि-२० विश्वकप छनोटको लागि टिमको घोषणा : सोमपाल र बिनोद बाहिर, लोकेश र बिबेक टिममा

ओमानमा फेब्रुअरी १७ तारिख देखि आयोजना हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले १६ सदस्यीय टिमको घोषणा […]

प्रधानमन्त्री कप टि-ट्वान्टीको उपाधि एपीएफलाई

फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले उचालेको छ । […]

शक्ति गौचन पराजित

पूर्व स्टार राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरि बहादुर थापा रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन्। बुधबार […]

BBL : सन्दिप सिजनकै महँगो सावित, म्याक्सवेल र मेलबर्नको नयाँ कीर्तिमान

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने आफ्नो चौधौं खेलमा महँगो सावित […]