एलपीएल स्कुल क्रिकेट : गजेन्द्र चम्किदा हिमालयन ह्याइट हाउस विजयी



धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आज भएका खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्याइट हाउस विजयी भएको छ ।

आज भएको पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७० रन बनायो । उस्का लागि अंकित बिएमले ३३, सन्दिप विष्टले ३१ र सुवाश थापाले ३० रन बनाए । बलिङतर्फ दाङको रोजी बर्ड्सका आशिष सुवेदीले ३, विजय विश्वकर्मा र यकुव मियाले २/२ विकेट लिए ।

१ सय ७१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको रोजी बर्ड्सले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउनसक्यो । उस्का लागि खुम चौधरीले अविजित रहदै २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । रोजी बर्ड्सलाई सस्तैमा समेट्ने क्रममा न्यू एकेडेमीका सन्दिप विष्टले ३, सुरेश रावल र अनिल थापाले २/२ विकेट लिए । खेलका म्यान अफ द म्याच न्यू एकेडेमीका सन्दिप विष्ट भए ।

प्रतियोगिता अन्तर्गत आजै भएको दोस्रो खेलमा काठमाडौँको हिमालयन ह्याइट हाउसले कञ्चनपुरको लिटल बुद्ध एकेडेमीलाई ८ विकेटले पराजित गर्यो।

GAJENDRA BOHARA

टस जितेर ब्याटिङ गरेको लिटल बुद्धले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्रै बनाउन सक्यो । उस्का लागि रोयल बम र राजेश ऐरले १५/१५ रन बनाए । हिमालयन ह्याइट हाउसका लागि गजेन्द्र बोहराले ५ र सन्दिप शाहीले ३ विकेट लिए ।

७३ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको हिमालयन ह्याइट हाउसले ११ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । उस्का लागि दीपक बोहराले अविजित ५० र निश्चल थापाले १९ रनको योगदान दिए । बलिङतर्फ लिटल बुद्धका सागर भण्डारी र राजेश ऐरले १/१ विकेट लिए । खेलका म्यान अफ द म्याच गजेन्द्र बोहरा भए ।

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताअन्तरगत भोलि पनि दुई खेल हुनेछन् । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ ।





थप समाचार

हाईस्कोरिंग खेलमा कोलकातालाई हराउदै चेन्नाई शिर्षमा

कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै १४ औं आईपीएल अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले […]

IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा

पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल १४ मा पहिलो जित दर्ता गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

जिम्बाबेलाई ११ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले पहिलो टि-ट्वान्टीमा ११ रनको जित दर्ता गरेको छ। जितसंगै तिन वटा टि-ट्वान्टीको […]

बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

नेपालमा त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ। यो संगै सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड […]

कुपरले उत्कृस्ट ब्याटिंग गर्दा वर्षाप्रभावित खेलमा नेदरल्याण्डले बनायो १०७ रन

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रिदेशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट ब्याटिंग गरिरहेका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) […]