‘लिटल फ्लावर प्रिमियर लिग’को ट्रफी सार्वजनिक



कैलाली, फागुन १४–

‘लिटल फ्लावर प्रिमियर लिग’ विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता पाँचौँ संस्करणको आज धनगढीमा ट्रफी सार्वजनिक गरिएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नगरप्रमुख नृपबहादुर वडले लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्टस धनगढीको आयोजनामा हुने विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौँ संस्करणको ट्रफी सार्वजनिक गर्नुभएको हो ।

सो अवसरमा उहाँले क्रिकेट खेलको विकास, विस्तार र खेलप्रति जनचेतना बढाउन प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्टस धनगढीका अध्यक्ष रामचन्द्र शाहीले देशभरीका विद्यालयको सहभागितामा सञ्चालन हुने यस प्रतियोगिताले विद्यालय तहमा क्रिकेट खेलप्रति अभिरुचि बढेको बताउनुभयो ।

प्रतियोगिताबाट विद्यालयस्तरमा लुकेर रहेका क्रिकेट खेलाडी बाहिर आइरहेका र आफ्नो क्षमतालाई विकास गर्न सक्षम भइरहेकाले यो प्रतियोगिता गरिराख्न हौसला मिलेको उहाँको भनाइ छ । देशभरीका १६ विद्यालयको सहभागिता हुने प्रतियोगिताको विजेता टिमले रु एक लाख २० हजार र उपविजेताले रु ६० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ट खेलाडीले रु १० हजार, उत्कृष्ट बलरले रु पाँच हजार, उत्कृष्ट व्याट्स म्यानले रु पाँच हजार र उदयमान खेलाडीले रु पाँच हजार प्राप्त गर्नेछन् । विगत वर्षदेखि सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता धनगढीस्थित सङ्घीय प्रहरी एकाइ कार्यालयको खेल मैदानमा फागुन १५ देखि २९ गतेसम्म सञ्चालन हुने बताइएको छ ।





थप समाचार

हाईस्कोरिंग खेलमा कोलकातालाई हराउदै चेन्नाई शिर्षमा

कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै १४ औं आईपीएल अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले […]

IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा

पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल १४ मा पहिलो जित दर्ता गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

जिम्बाबेलाई ११ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले पहिलो टि-ट्वान्टीमा ११ रनको जित दर्ता गरेको छ। जितसंगै तिन वटा टि-ट्वान्टीको […]

बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

नेपालमा त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ। यो संगै सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड […]

कुपरले उत्कृस्ट ब्याटिंग गर्दा वर्षाप्रभावित खेलमा नेदरल्याण्डले बनायो १०७ रन

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रिदेशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट ब्याटिंग गरिरहेका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) […]