डीककको अर्धशतक तथा पोलार्डले आक्रामक ब्याटिंग गर्दा मुम्बईद्वारा पन्जाबलाई १७७ रनको लक्ष्य



युएईमा जारि १३ औं आईपीएल अन्तर्गत आइतबारको दोश्रो तथा लिगको ३६ औं खेलमा मुम्बई इन्डीएन्स र किंग्स-११ पन्जाब प्रतिस्पर्धा गरिरहेका छन्। दिनको पहिलो खेलमा कोलकाताले हैदरावादलाई सुपर ओभरमा पराजित गर्यो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिंग रोजेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाउदै पन्जाबलाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुम्बईको लागि ओपनर क्विन्टन डीककले लगातार तेश्रो खेलमा अर्धशतक बनाउने क्रममा सर्वाधिक ५३ रन बनाए जुन क्रममा ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सिजनमा डीककको यो चौथो अर्धशतक हो। क्रुनाल पान्ड्याले ३० बलमा ३४ रन बनाए जुन क्रममा ४ चौका र १ छक्का हिर्काए। अविजित रहने क्रममा काइरन पोलार्डले मात्र १२ बलमा ३४ रन बनाए जुन क्रममा ४ छक्का र १ चौका हिर्काए। यस्तै नाथन कौल्टर नाइलले १२ बलमा २४ रन बनाए जुन क्रममा ४ चौका हिर्काए।

पोलार्डले १२ बलमा ३४ रन बनाए

मुम्बईको सुरुवात खराब रह्यो। तेश्रो ओभरमा अर्शदिप सिंहले ९ रन बनाएका रोहित शर्मालाई बोल्ड गरे। त्यसपछि चौथो ओभरमा मोहम्मद शामीले सुर्यकुमार यादवलाई खाता नखोल्दै क्याच आउट गराए। छैठौं ओभरमा ७ रन बनाएका इशान किशनलाई सिंहले क्याच आउट गराए।

३८/३ को अवस्थाबाट ओपनर डीककए क्रुनालसंग चौथो विकेटको लागि ५८ रनको साझेदारी गरे। १४ औं ओभरमा क्रुनाललाई लेग स्पिनर रभी बिस्नोइले क्याच आउट गराए। १६ औं ओभरमा ८ रन बनाएका हार्दिक पान्ड्यालाई शामीले क्याच आउट गराए। १७ औं ओभरमा डीककलाई क्रिस जोर्डनले मायाँक अग्रवालबाट क्याच आउट गराए।

११९/६ को अवस्थाबाट पोलार्ड र नाइलले आक्रामक ब्याटिंग गर्दै टिमको योगफल १५० पार गराए। सातौँ विकेटको लागि दुवैले मात्र २१ बलमा ५७ रनको अविजित साझेदारी गरे।

पोलार्ड र नाइलले १८ औं ओभरमा अर्शदिप सिंहको ओभरमा २२ रन बटुल्दै टिमको योगफल ह्वात्तै बढाए। ओभरको पहिलो २ बलमा पोलार्डले छक्का हिर्काए भने तेश्रो र चौथो बलमा नाइलले चौका हिर्काए। १९ औं ओभरमा मोहम्मद शामीले १२ रन दिए जुन ओभरमा नाइलले २ चौका हिर्काए। अन्तिम ओभरमा क्रिस जोर्डनले २० रन खर्चिए। यस क्रममा पोलार्डले २ छक्का र १ चौका हिर्काए।

अर्शदिप सिंहले २ विकेट लिए

पन्जाबको बलिंगमा मोहम्मद शामी ( ४-०-३०-२ ) र अर्शदिप सिंह सिंहले २ विकेट ( ३-०-३५-० ) लिए।क्रिस जोर्डन ( ३-०-३२-१ ) , रभी बिस्नोइ ( २-०-१२-१ ) ले १ विकेट लिए। ग्लेन म्याक्सवेल ( ४-०-२४-० ) , मुरुगन आश्विन ( ३-०-२८-० ) र दिपक हुडा ( १-०-९-० ) विकेटविहिन रहे।

लिग अंकतालिकामा मुम्बई १२ अंक सहित दोश्रो तथा पन्जाब ४ अंक सहित आठौँ स्थानमा रहेको छ। मुम्बई आज विजयी भए दिल्लीलाई पछि पार्दै अंकतालिकाको शिर्षस्थानमा उक्लनेछ। पन्जाब आज विजयी भए उत्कृस्ट-४ भित्र पर्ने सम्भावना जीवित रहन्छ।

फर्गुसनले घातक बलिंग गर्दा सुपर ओभरमा कोलकाताद्वारा हैदरावाद पराजित

कोलकातालाई राहत : आईपीएलको बलिंग याक्सन कमिटिबाट नारायणले पाए सफाइ

लाइभ अन्तर्वार्तामा पोन्टिङसंग रिशभ पन्तको प्र्यान्क

कोहली र स्मिथद्वारा डी भिल्लीयर्सको तारिफ – “एबिको लागि कुनै पनि बाउन्ड्री ठूलो छैन”





थप समाचार

‘आईसीसी टिम अफ द एअर’ : भारतीय खेलाडी छैनन् वानडे र टि-२० टिममा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले यो वर्षको तिन वटै फर्म्याटको क्रिकेटको ‘टिम अफ द एअर’ घोषणा गरेको छ। […]

BBL : प्लेअफ नखेली स्वदेश फर्कदै सन्दिप, यस्तो रह्यो प्रदर्शन

अस्ट्रेलियामा जारि बिग ब्यास लिगको चौधौं खेल खेलेसंगै नेपाली रास्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने बिहिबार नेपाल फर्कदैछन्। नेपाली राष्ट्रिय क्रिकेट […]

नजिकबाट चिन्नुस को हुन् राष्ट्रिय टिमका नयाँ सदस्य लोकेश बम

युवा ब्याट्सम्यान बिबेक यादव र लोकेश बमले पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउन सफल भएका छन्। फेब्रुअरी १७ तारिख […]

टि-२० विश्वकप छनोटको लागि टिमको घोषणा : सोमपाल र बिनोद बाहिर, लोकेश र बिबेक टिममा

ओमानमा फेब्रुअरी १७ तारिख देखि आयोजना हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले १६ सदस्यीय टिमको घोषणा […]

प्रधानमन्त्री कप टि-ट्वान्टीको उपाधि एपीएफलाई

फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले उचालेको छ । […]

शक्ति गौचन पराजित

पूर्व स्टार राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरि बहादुर थापा रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन्। बुधबार […]