महिला प्रधानमन्त्री कप : सगरमाथा सिमेन्ट मुख्य प्रायोजक



पुष ११ गते शनिवार देखि दाङको लमहीमा सुरु हुने महिला प्रधानमन्त्री कप राष्ट्रिय टि-२० प्रतियोगिताको मुख्य प्रायोजन सगरमाथा सिमेन्टले गर्ने भएको छ।

नेपाल क्रिकेट संघले प्रतियोगिता सुरु हुने एक दिन अघि मात्र प्रायोजन सम्झौता गरेको हो। क्यानले सम्झौता बापत समरमाथा सिमेन्टले दिने रकम भने सार्वजनिक गरेको छ।

विकेटनेपाललाई क्यान श्रोतबाट जानकारी भए अनुसार सगरमाथाले मुख्य प्रयोजनबापत ५ लाख रुपैयाँ क्यानलाई दिनेछ।

घोराही सिमेन्टको सगरमाथा सिमेन्टले क्रिकेट प्रतियोगिताहरुमा यस अघि पनि प्रायोजन गर्दै आएको छ। यस अघि धनगढीमा सम्पन्न  २०७४ सालको प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा पनि सगरमाथा सिमेन्ट मुख्य प्रायोजक रहेको थियो। यस्तै सगरमाथा धनगढी प्रिमियर लिगमा पनि मुख्य प्रायोजक रहीसकेको छ। यस्तै एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडीएटर्समा घोराही सिमेन्टको स्वामित रहेको छ।

यस अघि बिहिबार क्यानले प्रधानमन्त्री कप पुरुष र महिला दुवै प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्न डीश होम मेडिया नेटवर्कको याक्सन स्पोर्ट्स च्यानलसंग सम्झौता गरेको थियो। उक्त सम्झौता बापत डीश होमले क्यानलाई दिने रकम पनि सार्वजनिक गरिएको छैन।

महिला प्रधानमन्त्री कपमा ७ प्रदेश तथा विभागीय टोलि एपीएफ गरि कूल ८ टोलि सहभागी रहेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा शनिवार विहान ९ बजे लुम्बिनी र प्रदेश नम्बर-२ ले तथा दिउसो १ बजे एपीएफ र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

काठमाडौँमा आयोजना हुने बताइएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिता यस अघि पुष ११ गते सुरु हुने बताईएको भएता पनि विविध कारणले २ साता ढिला सुरु हुने बताईएको छ।





थप समाचार

दिल्लीले फुकुवा गरेपछि सन्दिपले यसरी दिए धन्यवाद

इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा तिन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि नेपाली स्पिनर सन्दिप लामिछानेलाई टिममा निरन्तरता नदिने घोषणा […]

आईपीएल २०२१ : कुन टिमले कुन-कुन खेलाडी फुकुवा र टिमसंग राख्यो ( पुरा सुची )

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को १४ औं सिजनको मिनी अक्सन नजिकिंदै गर्दा ८ वटा फ़्रेन्चाइजहरुले फुकुवा गर्ने र […]

प्रम कप : पुलिसको जितमा धमला, सर्राफ र ऐरीको उच्च योगदान

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिन समुह ‘बि’ अन्तर्गतको खेलमा विभागीय टोलि नेपाल पुलिस क्लबले लगातार दोश्रो जित […]

प्रम कप : एपीएफको दोश्रो जित, गण्डकी बाहिरियो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिन मुलपानी मैदानमा सम्पन्न खेलमा विभागीय टोलि नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ६ […]

“आजदेखि मेरो काम सुरु भयो” प्रशिक्षक व्हाटमोर

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रमुख प्रशिक्षक डेभ ह्वाटमोरले  खुशीका साथ आफूसँग भएको ज्ञान र अनुभव नेपाली क्रिकेटसंग साट्ने बताएका […]

प्रम कप : पवन सर्राफको १३ बलमा अर्धशतक

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बिहिबार लुम्बिनी प्रदेश बिरुद्धको खेलमा नेपाल पुलिस क्लबका ब्याट्सम्यान पवन सर्राफले मात्र […]