मलानले रचे इतिहास, टि-२० वरियतामा इतिहासकै उच्च अंक हाँसिल



दक्षिण अफ्रीका बिरुद्ध ३-० ले सिरिज जित दर्ता गर्ने क्रममा कुल १७३ रन बनाएका इंग्ल्यान्ड ब्याट्सम्यान दविड मलानले अन्तर्राष्ट्रिय क्रिकेट परिषदको टि-२० अन्तर्राष्ट्रिय वरियतामा इतिहासकै उच्च रेटिंग प्वाइन्ट प्राप्त गरेका छन्।

३३ वर्षीय देब्रे हाते ब्याट्सम्यानको ९१५ अंक रहेको छ। टि-२० वरियता इतिहासमा यस अघि आरोन फिंचले २०१८ जुलाईमा ९ सय अंक पहिलो पटक पार गरेका थिए।

मलान हाल वरियतामा दोश्रो स्थानमा रहेका बाबर आजम भन्दा ४४ अंकले आरामले अघि रहेका छन्। आजमलाई उछिन्दै मलान यो वर्ष सेप्टेम्बरमा पहिलो स्थानमा उक्लिएका थिए। आरोन फिन्च, केएल राहुल, रसी भान डर डुसेन, कोलिन मुनरो, ग्लेन म्याक्सवेल, ह्ज्रतुलाह, बिराट कोहली र रोहित शर्मा क्रमशः तेश्रो देखि दशौँ स्थानमा रहेका छन्।

मलानले दक्षिण अफ्रीका बिरुद्ध प्लेयर अफ द सिरिज चुनिने प्रदर्शन गरे क्रममा तेश्रो टि-२०  म्याच जिताउने ९९ रनको इनिंग खेलेका थिए जसपछि इंग्ल्यान्ड अस्ट्रेलियालाई पछि पार्दै आईसीसी टि-२० अन्तर्राष्ट्रिय टिम वरियतामा पहिलो स्थानमा उक्लेको थियो।


सिरिजको सुरुवातमा २७१ अंक रहेको इंग्ल्यान्डले अस्ट्रेलियासंग अंक बराबरी गरेको छ। दुवै टिमको २७५ अंक रहेको छ र दशमलवले मात्र इंग्ल्यान्ड अघि रहेको छ। दक्षिण अफ्रीका र न्युजिल्यान्ड पाँचौ र छैठौं स्थानमा यथावत रहंदा वरियतामा वेस्टइन्डिज अफगानिस्तान भन्दा मुनि १० औं स्थानमा पुगेको छ। न्युजिल्यान्डसंग वेस्टइन्डिज टि-२० सिरिजमा २-० ले पराजित हुन पुगेको थियो। भारत तेश्रो तथा पाकिस्तान चौथो स्थानमा रहेको छ।

इंग्ल्यान्डका जोस बटलर ७ स्थान माथि उक्लदै २१ औं स्थानमा पुगेका छन्। यस्तै उत्कृस्ट लयम रहेका दक्षिण अफ्रिकी ब्याट्सम्यान रासी भान डर डुसेन १७ स्थान उक्लदै करियरकै उच्च पाँचौ स्थानमा उक्लेका छन्। फफ डु प्लेसिस पनि कुल १२१ रन बनाउदै उत्कृस्ट २० भित्र प्रवेश गरेका छन्।

बलिंगतर्फ इंग्ल्यान्डका लेग स्पिनर आदील रशिद ७०० अंक प्राप्त गर्दै चौथो स्थानमा पुगेका छन्। राशिद करियरकै उच्च तेश्रो स्थानमा नोभेम्बर २०१८ मा पुगेका थिए।

बलिंग वरियतामा शिर्ष-७ स्थानमा सबै स्पिनरहरु रहेका छन्। तब्रेज शाम्सी पाँचौ स्थानमा रहेका छन्। राशिद खान शिर्ष स्थानमा रहेका छन् भने मुजिब उर् रहमान दोश्रो, एस्टन एगर तेश्रो स्थानमा छन्। एडम जम्पा छैठौं, मिचेल स्यान्टनर सातौँ, केन रिचर्डसन आठौँ, इमाद वासिम नवौं तथा शेल्डन कटरेल दशौँ स्थानमा छन्।





थप समाचार

एलपीएलको अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प धनगढी

धनगढीमा आयोजना हुन गइरहेको विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६)को अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प प्रा.लि.धनगढी रहने […]

शाहिन अफ्रिदी आईसीसी वर्ष पुरुष क्रिकेटर २०२१ घोषित, कसले जिते के अवार्ड

पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदी सर गारफिल्ड सोबर्स आईसीसीको वर्ष पुरुष क्रिकेटर घोषित भएका छन्। अफ्रिदीले वर्ष २०२१ मा […]

वेस्टइन्डिजका होसेनले तोडे सोमपालको विश्वरेकर्ड

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामिले सन् २०१४ मा बनाएको विश्वकीर्तिमान वेस्टइन्डिजका अकेल होसेनले तोडेका छन्। सोमपालले सन् २०१४ नोभेम्बर २४ […]

‘गुट-उपगुट पनि पुनरागमन गर्न नसक्नुको कारण’ – अनिल मण्डल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले राष्ट्रिय क्रिकेट टिम भित्रको तत्कालिन ‘गुट-उपगुट’ पनि पुनरागमन गर्न नसक्नुको कारण […]

२६ फोटोमा हेर्नुस राष्ट्रिय टिम कसरि गर्दैछ विश्वकप छनोटको तयारी

प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता समाप्त भएपछि नेपाली रास्ट्रिय क्रिकेट टिमले टि-२० विश्वकप छनोटको लागि दोश्रो चरणको प्रशिक्षण थालेको छ। […]

यी हुन् आईपीएल अक्सनमा दर्ता हुने १५ नेपाली खेलाडी, सबैको बोलि नलाग्ने

नेपाल क्रिकेट संघ ( क्यान ) ले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा को अक्सनमा सहभागी हुने १५ जना […]