टि-२० विश्वकप आयोजनामा मलेसियाको नजर



आईसीसीको एसोसिएट रास्ट्र मलेसियाले भविष्यमा टि-२० विश्वकप आयोजना गर्ने इच्छा व्यक्त गरेको छ। आईसीसीको २०२३ देखि २०३१ को साइकलमा क्रिकेटको ठुलो प्रतियोगिता गर्न मलेसियाले बिड गर्ने फोर्ब्समा शुक्रबार प्रकासित एक रिपोर्टमा बताईएको छ। क्रिकेट आयोजनाको नयाँ केन्द्र बन्ने उद्देश्यका साथ मलेसियाले क्रिकेटको छोटो फर्म्याट आयोजना गर्ने बाटोमा अघि बढेको हो।

आईसीसीले टेस्ट राष्ट्र बाहेकका राष्ट्रहरुलाई विश्वकप आयोजनाको जिम्मेवारी दिने गरेको छैन। क्रिकेटलाई ग्लोबल स्पोर्ट्स बनाउने उद्देश्यमा अघि बढेको आईसीसीको उद्देश्यमा मलेसियाको प्रस्तावले सकारात्मक नतिजा ल्याउने अपेक्षा रहेको छ।

आईसीसीको अहिलेको साइकल अनुसार विश्वकप कथित ठुला रास्ट्रहरु अस्ट्रेलिया, भारत र इंग्ल्याण्डमा आयोजना हुँदै आएको छ जुन क्रिकेटको ठुलो बजार समेत हो। पछिल्लो समय अमेरिका र वेस्ट इन्डिज पनि २०२६-३० को साइकलमा आईसीसीको ठुलो प्रतियोगिता आयोजना गर्ने दौडमा रहेको छ।

मलेसियन क्रिकेट एसोसिएसनका अध्यक्ष महिन्दा भल्लीपुरमले आईसीसी समक्ष विश्वकप आयोजना गर्ने प्रस्ताव गरेको स्वीकारेका छन्-

“विश्व क्रिकेटमा समर्थकहरु लगातार बढ्ने क्रममा छन्। क्रिकेटलाई एसोसिएट राष्ट्रमा पुर्याउनु क्रिकेटको विकासको लागि प्राकृतिक कदम हो। क्रिकेटलाई पारम्परिक राष्ट्रहरु भन्दा बाहिर पनि लैजान आवस्यक छ जसले २०३१ पछिको विश्व क्रिकेटलाई ठुलो प्रभाव पार्नेछ।”

“मलाई लाग्छ मलेसिया क्रिकेट अघि बढ्नु र आयोजनाको प्रस्ताव गर्नु निकै महत्वपूर्ण कदम हो। वास्तविकताको कुरा गर्दा यो हाम्रो हातको कुरा त हैन तर मलेसिया आयोजना प्रस्ताव गर्न र आगामी साइकलमा आयोजना गर्न तयार छ।”

अध्यक्ष मल्लिपुरम दायाँ

अध्यक्ष भल्लीपुरमले टि-२० विश्वकप मलेसिया एक्लै आयोजना गर्न सक्षम रहेता पनि थाइल्याण्ड र सिंगापुरसंग मिलेर पनि आयोजना गर्न सकिने बिकल्प रहेको बताए। टि-२० अन्तर्राष्ट्रिय वरियतामा २० औं स्थानमा रहेको सिंगापुरले ५५ हजार क्षमताको स्टेडियम तयार गरिसकेको छ जहाँ क्रिकेट खेल भने आयोजना भैसकेको छैन। अर्कोतर्फ थाइल्याण्डको महिला टिमले यसै वर्ष टि-२० विश्वकप खेलीसकेको छ।

यसै वर्ष सुरुवातमा आईसीसीका सीईओ सहितको टिमले मलेसियाको भ्रमण गर्दै मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदसंग समेत भेट गरेको थियो। उक्त भ्रमण पछि मलेसिया आईसीसीले आयोजनाको जिम्मा दिने कुरामा अझ विश्वासिलो रहेको छ।

मलेसियाले यस अघि पनि पाकिस्तानको घरेलु मैदान हुने प्रयास गरेको थियो भने २०१७ मा अफगानिस्तान टेस्ट राष्ट्र भएपछि पनि सोहि प्रस्ताव गरेको थियो। दुवै प्रयास असफल रहेको थियो। पाकिस्तान क्रिकेट बोर्डले २०१८ मा अस्ट्रेलियासंग दुइ वटा टेस्ट सिरिज मलेसियामा आयोजना गर्ने मनसाय व्यक्त गरेको थियो जुन सिरिज पछि युएईले आयोजना गर्यो।

“क्वालालम्पुरमा मात्र हामिसंग कम्तिमा ७ वटा मैदानहरु रहेको छ जहाँ ठुलो प्रतियोगिता आयोजना गर्न सकिन्छ। त्यहाँ अस्थाई दर्शक बस्ने ठाउँ बनाउन सकिन्छ जहाँ २५ हजार समर्थक अटाउन सक्छन्। यस्तो इंग्ल्यान्डको मैदानमा सामान्यत देख्न सकिन्छ।” अध्यक्ष भल्लीपुरमले पछिल्लो केहि वर्षमा मलेसिया ठुलो प्रतियोगिता गर्न तयार गरेको बताए।

मलेसियाको किनरारा ओभल मैदान

पहिले शारजाह एकदिवसीय अन्तर्राष्ट्रियको केन्द्र भए जस्तै भविष्यमा मलेसियाले आफुलाई टि-२० क्रिकेटको केन्द्र बनाउने सोच बनाएको भल्लिपुरमले बताए –

“सन् २००६ मा मलेसियाले भारत, अस्ट्रेलिया र वेस्टइन्डिज संलग्न सिरिज आयोजना गरेको थियो। त्यस्तै आयोजना नभए पनि कम्तिमा टि-२० अन्तर्राष्ट्रिय मान्यता पाएका १०० राष्ट्रहरुको नियमित गन्तब्य बन्न भने प्रयास गर्ने छ।”

“मलेसियामा १० महिना क्रिकेट खेल्न सकिन्छ। वर्षाको मौसममा पनि नोभेम्बर/डिसेम्बरमा पनि अवरोधका बाबजुद क्रिकेट खेल्न सकिन्छ।”

“हामिसंग राम्रो सुविधाहरु रहेका छन् जुन एसोसिएट राष्ट्रको लागि छन् तर अझै ठुलो संरचनाहरु छैनन्। हामीले यसलाई खेल र क्रिकेटको स्तरवृद्धिको हिसाबले हेरी रहेका छौँ”

मलेसियाले लामो समय देखि आईसीसी र एसीसीको प्रतियोगिताहरु सफल आयोजना गर्दै आएको छ। सन् २००८ मा मलेसियाले आईसीसी अन्डर-१९ विश्वकपको पनि सफल आयोजना गरेको थियो।

आईसीसीले छिट्टै २०२३-३१ को साइकलमा आफ्नो प्रतियोगिता आयोजकहरुको सुची सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

( श्रोत – फोर्व्स )





थप समाचार

IPL : रोमान्चक खेलमा बैंगलोरद्वारा हैदरावाद पराजित

१४ औं आईपीएल अन्तर्गत छैठौं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। […]

पाकिस्तानको जितमा बाबर आजमको विस्फोटक शतक

पाकिस्तानको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत चार वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो टि-२० जित्दै पाकिस्तानले सिरिजमा २-१ को अग्रता हाँसिल […]

त्रिकोणात्मक सिरिजको लागि नेपाली टोलिको घोषणा, को परे को परेनन्

घरेलु मैदानमा नेदरल्याण्ड र मलेसियासंग खेलिने त्रिकोणात्मक टि-२० सिरिजको लागि नेपाल क्रिकेट संघले १५ सदस्यीय नेपाली राष्ट्रिय टोलिको घोषणा गरेको […]

आईपीएल २०२१ : संजु स्याम्सनको शतक बाबजुद राजस्थान पराजित

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत सोमबार सम्पन्न चौथौं खेलमा केएल राहुल कप्तानीको पन्जाब किंग्सले संजु […]

आईपीएल २०२१ : राहुल र हुड्डाले शतकीय साझेदारी गर्दा पन्जाबद्वारा राजस्थानलाई विशाल लक्ष्य

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत सोमबार जारि चौथौं खेलमा संजु स्याम्सन कप्तानीको राजस्थान रोयल्स र केएल […]

IPL : कोलकाताद्वारा हैदरावाद १० रनले पराजित

१४ औं आईपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। […]