बैंगलोर र मुम्बई बीच सोमबारको खेल आईपीएल इतिहासकै उत्कृस्ट प्रतिस्पर्धा मध्ये एक थियो। ४० ओभर खेल भएपछि बराबरी भएको खेल सुपर ओभरमा बिराट कोहली कप्तानीको टिमले अन्तिम बलमा जितेको थियो।
बैंगलोरले पहिलो इनिंगमा २०१ रन बनाएपछि इशान किशन र काइरन पोलार्डले अन्तिम ४ ओभरमा ७९ रन बनाउदै खेल बराबरी बनाएका थिए। तर उत्कृस्ट ब्याटिंग गर्दै ५८ बलमा ९९ रन बनाएका किशनलाई सुपर ओभरमा नपठाउने निर्णय टिम व्यवस्थापनले लियो। काइरन पोलार्ड, हार्दिक पान्ड्या र रोहित शर्मा ब्याटिंग गर्न गए। उक्त निर्णयले काम गरेन र सुपर ओभरमा मुम्बईले ६ बलमा मात्र ७ रन बनाउन सक्यो।

कमेन्टेटर तथा पूर्व क्रिकेटर केभिन पिटरसन तथा सुनिल गावस्करले इशानलाई ब्याटिंग गर्न नगई डगाउटमा देखेपछि असन्तुष्टि व्यक्त गरे। पिटरसनले किंग्स-११ पन्जाबले दिल्लीसंग गरेको झैँ गल्ति मुम्बईले दोहोर्याएको बताए। पन्जाबले ८९ रन बनाएका मायाँक अग्रवालको स्थानमा निकोलस पुरनलाई पठाएको थियो।
“उनि ( इशान किशन ) पक्कै पनि निकै थकित भएको हुनुपर्छ जसले सुपर ओभरमा ब्याटिंग गरेनन्। मलाई लाग्छ मुम्बईले तरिका जानेन। म माफी माग्दै भन्छु कि २ मिनेट ब्याटिंग गर्नु त्यो छोटो बाउन्ड्रीमा केहि पनि हैन। म उनको हैन उनलाई ब्याटिंगमा नपठाउने निर्णयको आलोचना गर्छु। हामीले देख्यौं मायाँक अग्रवालले दिल्ली-पन्जाबको खेलमा ब्याटिंग गरेनन् फलस्वरुप पन्जाबले खेल हार्यो” पिटरसनले कमेन्ट्रिको दौरान बताए।
गावस्करले पिटरसनकै कुरामा सहमति जनाउदै किशनले ब्याटिंग गर्नुपर्ने बताए – “मलाई लाग्छ मात्र ६ बलको कुरा थियो त्यसैले उनि ब्याटिंग गर्न जानु पर्थ्यो।”
खेलपछि कुरा गर्दै मुम्बई कप्तान रोहितले इशान थकित र असहज भएकोले टिम व्यवस्थापनले उनलाई नपठाउने निर्णय गरेको बताएका थिए – “उनि पुरै थकित थिए र तयार थिएनन्। हामीले पनि उनलाई पठाउने सोचेका थियौं तर उनले ताजा महसुस गरेनन्। त्यसपछि लामो सट हिर्काउन हामीले विश्वास गर्ने हार्दिक थियो।”
सुपर ओभरमा ब्याटिंगमा इशान किशनलाई किन पठाईएन ? रोहितले बताए कारण
पोलार्ड, इशान, एबि, फिंच, पडीक्कल छोडेर भारतीय प्रशिक्षक शास्त्रीले किन गरे युवा बलरको तारिफ
IPL Match 11 : जितको भोको हैदरावादले रोक्ला दिल्लीको जित यात्रा ?