रहस्यमयी बलर मेन्डिसले लिए सन्यास, कसैले तोड्न नसकेको उनको रेकर्ड यस्तो छ



श्रीलंकन स्पिनर अजन्था मेन्डिसले सबै खाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

रहस्यमयी स्पिनरको रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा उदाएका मेन्डिसले श्रीलंकाको लागि १९ टेस्ट, ८७ एकदिवसीय र ३९ टि-२० खेलेका थिए। टेस्टमा ७० विकेट, एकदिवसीयमा १५२ विकेट तथा टि-२० मा ६६ विकेट गरि उनले कुल २८८ अन्तर्राष्ट्रिय विकेट लिए।

श्रीलंकाको लागि अन्तिम पटक २०१५ डिसेम्बरमा न्युजिल्याण्ड बिरुद्ध खेलेका मेन्डिसले २००८ मा वेस्टइन्डिज बिरुद्ध एकदिवसीय अन्तर्रास्ट्रियमा डेब्यु गरेका थिए।

२००८ एसिया कपमा हुने भारत बिरुद्ध एसियाकप प्रतियोगितामा लिएको ६ विकेटका कारण करियरको सुरुवातमा मेन्डिस चर्चित बनेका थिए। उनले गरेको ‘क्यारम बल’ भारतका धुरन्धर ब्याट्सम्यानहरुले बुझ्न सकेका थिएनन्।

५० ओभर क्रिकेटमा त्यो प्रदर्शन पछि उनले उत्कृस्ट बलिङ्ग प्रदर्शन गरे र डेब्यु गरेको वर्ष १८ खेलमा ४८ विकेट लिंदै सनसनी मचाए। उनि एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो ५० विकेट लिने खेलाडी समेत बनेका थिए। टेस्ट क्रिकेटमा समेत उनले त्यस वर्ष भारत बिरुद्ध ३ खेलमा २६ विकेट लिंदै शानदार प्रदर्शन गरेका थिए।

त्यसपछिको वर्षहरुमा भने मेन्डिसलाई खेल्न ब्याट्सम्यानहरुले विशेष योजना बनाउन थाल्दा उनि प्रभावकारी हुन सकेका थिएनन्।

३४ वर्षीय मेन्डिसले २०११ मा अस्ट्रेलिया बिरुद्ध १६ रन खर्चेर ६ विकेट तथा सोहि वर्ष जिम्बाबे बिरुद्ध ८ रन खर्चेर ६ विकेट लिए जुन उनको उत्कृस्ट बलिङ्ग स्पेल थियो। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटको त्यो २ स्पेलनै अहिलेसम्मको उत्कृस्ट टि-२० स्पेल हो।

टि-२० क्रिकेटमा २ पटक ६ विकेट लिने मेन्डिस एकमात्र बलर हुन्। यस्तै टेस्ट , एकदिवसीय र टि-२० अर्थात् क्रिकेटको ३ वटै फर्म्याटको एकै इनिंगमा ६ विकेट लिने विश्वरेकर्ड मेन्डिसको मात्र नाम रहेको छ।

छोटो अन्तर्राष्ट्रिय करियर रहे पनि मेन्डिसले आफुलाई खेलुन्जेल सम्झनलायक बलरको रुपमा प्रमाणित गरे।

 





थप समाचार

IPL : रोमान्चक खेलमा बैंगलोरद्वारा हैदरावाद पराजित

१४ औं आईपीएल अन्तर्गत छैठौं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। […]

पाकिस्तानको जितमा बाबर आजमको विस्फोटक शतक

पाकिस्तानको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत चार वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो टि-२० जित्दै पाकिस्तानले सिरिजमा २-१ को अग्रता हाँसिल […]

त्रिकोणात्मक सिरिजको लागि नेपाली टोलिको घोषणा, को परे को परेनन्

घरेलु मैदानमा नेदरल्याण्ड र मलेसियासंग खेलिने त्रिकोणात्मक टि-२० सिरिजको लागि नेपाल क्रिकेट संघले १५ सदस्यीय नेपाली राष्ट्रिय टोलिको घोषणा गरेको […]

आईपीएल २०२१ : संजु स्याम्सनको शतक बाबजुद राजस्थान पराजित

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत सोमबार सम्पन्न चौथौं खेलमा केएल राहुल कप्तानीको पन्जाब किंग्सले संजु […]

आईपीएल २०२१ : राहुल र हुड्डाले शतकीय साझेदारी गर्दा पन्जाबद्वारा राजस्थानलाई विशाल लक्ष्य

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत सोमबार जारि चौथौं खेलमा संजु स्याम्सन कप्तानीको राजस्थान रोयल्स र केएल […]

IPL : कोलकाताद्वारा हैदरावाद १० रनले पराजित

१४ औं आईपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। […]