मेयर कप: खुकुरीलाई सेमीमा पुर्याउन लाल बहादुरको ६ विकेट



  • विकेटनेपाल, माघ २२ – मनोरन्जन शर्मा (भैरहवा)

लुम्बिनी खुकुरी क्रिकेट क्लब र शिवशक्ति क्रिकेट क्लब भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रथम मेयर कप टि–२० रनिङ क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

सिद्धार्थनगर नगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा लुम्बिनी खुकुरीले प्रोफेसनल मास्टर्स–११ लाई ७७ रनले हराउँदै एक खेल बाँकी छदै सेमिफइनल पुगेको हो । उसले लगातार दुई खेल जित्न सफल भएको छ । यस्तै शविशक्तिले तिरुपतिलाई हराउँदै सेमिफाइनल पुगेको हो ।

टस जितेर ब्याटिङ गरेको खुकुरीले निर्धारित खेलमा १ सय ८६ रन बनाएको थियो । जसमा निश्चल चौधरीले (नटआउट) र शंकर रानाले समान ७२/७२ रन बनाए । बलिङमा मास्टर्स ११ मा सामोत पौडेल र रुपेश बास्तोलाले १/१ विकेट लिए । प्रतिउत्तरमा मास्टर्स ११ ले निर्धारित खेलमा सबै विकेट गुमाई १ सय ९ रन मात्रै बनायो । उसका लागि राजु शहानीले सर्वाधिक ५६ रन बनाए पनि अन्य ब्याट्सम्यान नचल्दा टिमले हार व्यहोर्न पुग्यो ।

मास्टर्स ११ लाई सस्तैमा समेट्ने क्रममा खुकुरीका लालबहादुर अधिकारीले ६ विकेट लिँदै म्यान अफ द म्याच घोषित भए।

यस्तैगरी दोस्रो खेलमा शिवशक्ति क्रिकेट क्लबले तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित बनाएको छ ।

जितका लागि पाएको १ सय ९ रनको लक्ष्य शिवशक्तिले १४ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । शविशक्तिको जिमा कुशल मल्लले २५, कृष्ण कार्कीले २३ र नूरध्यवज सेनले २० रनको योगदान दिए। बलिङमा तिरुपतिका देव खनाल, शुभांकर जिसी र नरेशचन्द्र ठकुरीले समान १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित खेलमा १ बल बाँकी छदै सबै विकेट गुमाई १ सय ८ रनको योगफल बनाएको थियो । उसका लागि नरेशचन्द्र ठकुरीले ३२ रन बनाए । शिवशक्तिका लागि विष्णु कटरियाले ३ विकेट लिँदै म्यान अफ द द म्याच भए ।

मंगलबार पहिलो खेल प्रोफेसनल मास्टर्स ११ र लर्डबुद्ध क्रिकेट क्लबबीच हुनेछ भने दोस्रो खेल बुद्ध क्रिकेट क्लब र मेल्बोर्न क्रिकेट क्लबबीच हुने छ ।

यही माघ २७ गतेसम्म चल्ने प्रतियोगितामा नगरभित्रका ८ वटा क्लबहरुको सहभागिता छ । प्रतियोगितामा विजयी टिमले नगद ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद २५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले नगद १० हजार र म्यान मफ द म्याचले दैनिक ५ सय प्राप्त गर्ने छन् ।





थप समाचार

रोड सेफ्टी वर्ल्ड सिरिज : सेहवागले आक्रामक ब्याटिंग गर्दा भारत लेजेन्ड्सको सहज जित

गत वर्ष मार्चमा कोरोना महामारीका कारण बिचैमा रोकिएको रोड सेफ्टी वर्ल्ड सिरिज टि-२० ले पुनः निरन्तरता पाएको छ। गत वर्ष […]

काठमाडौँ मेयर कप भोलि देखि, कुन टिममा को-को छन् खेलाडी

काठमाडौँ महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघ ( क्यान ) को आयोजनामा फाल्गुन २२ गते शनिवार देखि काठमाडौँमा पहिलो संस्करणको […]

रुपन्देही सुपर लिग : विपिन चम्किदा तिरुपतिको जित

प्रकाश न्यौपाने, भैरहवा, फागुन २१ रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको […]

रिशभ पन्तले शानदार शतक बनाउदा भारत अघि

रिशभ पन्तले शानदार ब्याटिंग गर्दा इंग्ल्यान्ड बिरुद्ध चौथो टेस्टको दोश्रो दिनको समाप्तिमा भारतले ८९ रनको पहिलो इनिंग्सको अग्रता हाँसिल गरेको […]

काठमाडौँ मेयर कपमा सन्दिपले मेयर-११ टिमको कप्तानी गर्ने, कहिले छ खेल

फाल्गुन २२ गते देखी काठमाण्डौमा सुरु हुने पहिलो संस्करणको काठमाण्डौ मेयर कप एकदिवसीय राष्ट्रीय प्रतियोगितामा स्टार लेग स्पिनरसन्दीप लामिछानेले काठमाण्डौ […]

काठमाडौँ मेयर कप : दुई सोनुलाई मौका दिंदै बागमती प्रदेश टिमको घोषणा

फाल्गुन २२ गते शनिवार देखि काठमाडौँमा सुरु हुने पहिलो संस्करणको ‘काठमाडौँ मेयर कप’ राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रादेशिक क्रिकेट संघले […]