रोहित चम्किदा मुम्बईद्वारा कोलकातालाई १९६ रनको लक्ष्य



युएईमा जारि आईपीएल २०२० अन्तर्गत पाँचौ खेलमा कोलकाता नाइट राइडर्स र मुम्बई इन्डीएन्स प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो खेलमा चेन्नाईसंग पराजित भएको मुम्बईको यो दोश्रो खेलमा भने कोलकाता पहिलो खेल खेल्दैछ।

खेलमा टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाउदै कोलकातालाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओपनर क्विन्टन डीकक १ रन बनाएर दोश्रो ओभरमा शिभम माभी बाट क्याच आउट भएपछि दोश्रो विकेटको लागि अर्का ओपनर तथा कप्तान रोहित शर्माले सुर्यकुमार यादवसंग ९० रनको साझेदारी गरे। ११ औं ओभरमा रन आउट हुनु अघि यादवले २८ बलमा ६ चौका र १ छक्का मद्दतले ४७ रन बनाए। सौरभ तिवारीले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २१ रन बनाए। १६ औं ओभरमा तिवारीलाई सुनिल नारायणले क्याच आउट गराए जोसंग रोहितले तेश्रो विकेटको लागि ४९ रनको साझेदारी गरे।

रोहितले सर्वाधिक ८० रन बनाए 

पाँचौ नम्बरमा ब्याटिंग गर्न आएका हार्दिक पान्ड्याले रोहितलाई साथ दिए। ३० रनको साझेदारी गरेपछि रोहितलाई १८ औं ओभरमा शिभम माभीले क्याच आउट गराए। रोहितले ५४ बलमा ६ छक्का र ३ चौका मद्दतले ८० रन बनाए। लगत्तै ओभरमा हार्दिक पान्ड्या १८ रन ( १३ बलमा २ चौका र १ छक्का ) बनाएर रसेलको बलमा आफैले विकेट ढालेर ( हिट विकेट ) आउट भए। पोलार्डले ७ बलमा १ चौका मद्दतले अविजित १३ रन बनाए।

कोलकाताको बलिंगमा शिभम माभीले २ विकेट ( ४-१-३२-२ ) तथा आन्द्रे रसेल ( २-०-१७-१ ) र सुनिल नारायण ( ४-०-२२-१ ) ले १/१ विकेट लिए। प्याट कमिन्सले ३ ओभरमा ४९ तथा कुलदिप यादवले ४ ओभरमा ३९ रन खर्चिएर विकेटविहिन रहे।

मुम्बईको अन्तिम ११ : रोहित शर्मा  ( कप्तान ) , क्विन्टन डीकक✈️ ( विकेट किपर ) , सुर्य कुमार यादव, सौरभ तिवारी, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, काइरन पोलार्ड✈️, जेम्स प्याटिन्सन✈️, राहुल चाहर, ट्रेन्ट बोल्ट✈️ , जस्प्रित बुम्राह

कोलकाताको अन्तिम ११ : दिनेश कार्तिक ( कप्तान )  ओएन मोर्गन✈️, आन्द्रे रसेल✈️, प्याट कमिन्स✈️, सुनिल नारायण✈️ , शुबमन गिल, कुलदिप यादव, नितिश राना, निखिल नाईक, शिभम माभी, सन्दिप वारियर

क्यान बैठकको ९ निर्णय, डिसेम्बरमा अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने

क्यानद्वारा पुरुष र महिला खेलाडीको नयाँ वर्गीकरण, बसन्त ‘ए’ मा उक्लिदा सोमपाल ‘बि’ श्रेणीमा

IPL : ठूलो लक्ष्यका बाबजुद धोनी किन ७ नम्बरमा ब्याटिंगमा आए ? 

देभदत्त पडीक्कल : नजिकबाट चिन्नुस आईपीएल २०२० मा आरसीबिका नयाँ ओपनरलाई