IPL पहिलो क्वालिफायर : अनुभवी मुम्बई बिरुद्ध दिल्लीलाई इतिहास रच्ने अवसर



आईपीएल २०२० को सुरुवात देखि मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स बलियो टिमको रुपमा अघि बढेका थिए। दुवै टिमको अन्तिम-११ सन्तुलित रहेको थियो तथा बेन्चमा समेत उत्कृस्ट खेलाडीको कमि थिएन। मुम्बईले निरन्तर राम्रो क्रिकेट खेल्दै आएको छ भने दिल्ली भने लिग चरणको अन्त्य तिर लगातार हारपछि मुस्किलले उत्कृस्ट-२ मा स्थान बनाउन सफल भएको थियो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ७:४५ बजे राति मुम्बई र दिल्ली पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्दैछन्। आज जित्ने टिमले सोझै फाइनलको टिकट पाउनेछ। पराजित हुने टिमले इलिमीनेटरमा फाइनल पुग्ने अर्को मौका पाउनेछ। दुवै टिमको उद्देश्य सिधा फाइनल पुग्ने हुनेछ।

दुवै टिममा उत्कृस्ट बलरहरु रहेका छन् भने ब्याटिंगको हिसाबले पछिल्लो खेलहरुको प्रदर्शनले मुम्बईको हात माथि रहेको छ। दिल्ली लिगको दोश्रो चरणको खेलमा शिखर धवनसंग बढीनै निर्भर देखिएको छ।

मुम्बई प्ले-अफ खेल्न तथा ठुलो खेलको लागि अनुभवी टोलि हो किनकि उसले उपाधिनै ४ पटक जितीसकेको छ। पछिल्लो ५ वटा प्लेअफ खेलमा मुम्बईले ४ वटा खेल जितेको छ। अर्कोतर्फ दिल्ली हालसम्म एउटा मात्र प्लेअफ/सेमीफाइनल खेल जित्न सकेको इतिहास छ। १३ औं सिजन खेल्दै गर्दा दिल्ली हालसम्म फाइनल पुग्न सकेको छैन। गत सिजन दिल्ली इलिमीनेटरबाट बाहिर भएको थियो। बिगतको प्रदर्शन तथा वर्तमान फर्म देख्दा मुम्बई जितको बढी दावेदार टिम देखिन्छ।

आश्विन फिट होलान् ? 

दिल्लीको अन्तिम लिग म्याचमा बैंगलोर बिरुद्ध ४ ओभर बलिंग गरेपछि टिमका अनुभवी अफ स्पिनर रभीचन्द्रन आश्विन मैदानबाट बाहिरिएका थिए। खेलमा उनलाई ह्याम्सट्रिन्ग इन्जुरी भएको बताईएको थियो। त्यसपछि उनि क्वालीफायर खेल्ने नखेल्नेमा शंका रहेको थियो। तर दिल्लीको लागि खुसिको खबर उनले क्वालिफायर अघि नेटमा बलिंग गरेका थिए। त्यसैले आश्विन खेल्न सक्ने सम्भावना प्रवल मानिएको छ।

अघिल्लो भेट 

लिग चरणमा भएको पहिलो प्रतिस्पर्धामा सिखर धवनको ६९ रनको मद्दतमा दिल्लीले दिएको १६३ रनको लक्ष्य मुम्बईले ५ विकेट गुमाएर पुरा गरेको थियो जसको लागि क्विन्टन डीकक र सूर्यकुमार यादवले अर्धशतक बनाएका थिए।

गत साता ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले समान ३ विकेट लिंदा ११० रनमा खुम्चिएको दिल्लीलाई मुम्बईले ९ विकेटले पराजित गरेको थियो जसको लागि इशान किशनले ७२ रन बनाउदै सहज जित दिलाएका थिए। उक्त खेल क्वालीफायर खेलिन लागेको दुबई स्टेडियममा खेलिएको थियो।

टिममा परिवर्तन 

अघिल्लो खेलमा हैदरावाद बिरुद्ध पुनरागमन गरेका रोहित शर्मा फिट देखिएका थिए जसले महत्वपूर्ण खेलमा टिमको नेतृत्व गर्नेछन्। हैदरावाद बिरुद्ध आराम पाएका जस्प्रित बुम्राह, ट्रेन्ट बोल्ट र हार्दिक पान्ड्या आज खेल्नेछन्।

मुम्बईको सम्भावित ११ : क्विन्टन डीकक ( विकेटकिपर ) , रोहित शर्मा ( कप्तान ) , सुर्यकुमार यादव, इशान किशन, हार्दिक पान्ड्या, काइरन पोलार्ड, क्रुनाल पान्ड्या, नाथन कुल्टर नाइल/जेम्स प्याटिन्सन, राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह 

ड्यानीयल स्याम्स डेथ ओभरमा प्रभावकारी नभएता पनि दिल्लीले बैंगलोर बिरुद्धको विजयी टिमलाईनै निरन्तरता दिन सक्छ। त्यसो भएको खण्डमा शिमरन हेटमायर बाहिरनै बस्न सक्नेछन्।

दिल्लीको सम्भावित ११ : पृथ्वी श, शिखर धवन, अजिंक्ये रहाने, श्रेयस ऐयर ( कप्तान ) , रिशभ पन्त ( विकेट किपर ) , मार्कस स्टोइनिस, अक्षर पटेल, रभीचन्द्रन आश्विन, ड्यानियल स्याम्स, कागीसो रबाडा, एनरिक नोर्किया 

कसले के भने 

“हाम्रो बलिंग आक्रामक प्रतियोगितामा कसैको भन्दा कम बलियो छैन त्यसैले कोहि पनि त्यसको सामना गर्न डराउने गर्छन। हामीले लिगमा कसिलो खेलहरु जितेका छौँ जसले गर्दा ठुलो भिन्नता ल्याएको छ।” – टिमका बलिंग प्रशिक्षक शेन बोन्ड

“हामि प्रतियोगिताको उत्कृस्ट टिम मध्ये एक हौँ त्यसैले हामीले मूलमा विश्वास गर्नुपर्छ। हामीले हाम्रो योजनाहरु लागु गर्न सक्यौं भने त्यसले नतिजा आउनेछ।” श्रेयस ऐयर , कप्तान दिल्ली क्यापिटल्स

तपाईलाई थाहा छ ? 

– दिल्ली आज विजयी भएको खण्डमा पहिलो पटक आईपीएलको फाइनल पुग्नेछ। लिगमा सहभागी ८ टिम मध्ये एक पटक पनि फाइनल नपुगेको दिल्ली एक मात्र टिम हो

– रिशभ पन्तले डेथ ओभर ( १६-२० ओभर ) मा मात्र ३ छक्का हिर्काउन सकेका छन् , अर्कोतर्फ काइरन पोलार्डले २० तथा हार्दिक पान्ड्याले १४ छक्का हिर्काएका छन्।

रोचक रेकर्ड :-

१. सूर्यकुमार यादव आज दिल्ली विरुद्ध लिगमा १०० औं खेल खेल्दैछन्।

२. मुम्बईका लागि४००० रन बनाउनबाट ८ रन टाढा छन्।

३. जारि सिजन ५०० रन बनाउनबाट दिल्ली कप्तान श्रेयस अय्यर ७९ रनटाढा छन्।

४. अजिंक्य रहाणे लिगमा ४००० रन बनाउनबाट ६९ रन टाढा छन्।

मुम्बईलाई पराजित गर्दै हैदरावाद प्लेअफमा पुग्दा कोलकाता बाहिरियो, हेर्नुस अंकतालिका र प्ले-अफ समीकरण

सुपर ओभरमा पुगेको खेलमा जिम्बाब्वेसंग घरेलु टिम पाकिस्तान स्तब्ध

को बन्ला नेपालको मुख्य प्रशिक्षक, क्यानले आईसीसीलाई पठाइयो आवेदकहरुको सूची





थप समाचार

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]

प्रम कप : एपीएफ सेमिफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न (ग्रुप ‘ए’) १५ औं खेलमा एपीएफले कर्णालीलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा […]

प्रम कप : लुम्बिनीको दोश्रो जित, सुदूरपश्चिम बाहिरियो

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले दोश्रो जित हात पारेको छ। जितपछि लुम्बिनी समुह […]