चलेन पन्जाबको ब्याटिंग, सहज जितपछि मुम्बई अंकतालिकाको शिर्षमा



युएईमा जारि १३ औं आईपीएल अन्तर्गत रोहित शर्मा कप्तानीको डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्सले दोश्रो जित दर्ता गर्ने क्रममा किंग्स-११ पन्जाबलाई ४८ रनको ठुलो अन्तरले पराजित गरको छ।

शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न खेलमा मुम्बईले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा पन्जाबले निरन्तर अन्तरलमा विकेट गुमाउन पुग्यो। मायाँक अग्रवाल पाँचौ ओभरमा जस्प्रित बुम्राहबाट बोल्ड भए। छैठौं ओभरमा खाता नखोल्दै करुण नायरलाई क्रुनाल पान्ड्याले बोल्ड गरे। कप्तान केएल राहुल पनि नवौं ओभरमा राहुल चाहरबाट बोल्ड भए।

राहुल चाहरले केएल राहुल र ग्लेन म्याक्सवेलको विकेट लिए

चौथो विकेटको लागि निकोलस पुरन र ग्लेन म्याक्सवेलले ४१ रनको साझेदारी गरे। १४ औं ओभरमा जेम्स प्याटीन्सनले पुरनलाई किपर डीककबाट क्याच आउट गराए। १५ औं ओभरमा म्याक्सवेललाई लेग स्पिनर राहुल चाहरले ट्रेन्ट बोल्टबाट क्याच आउट गराए जसपछि मुम्बई खेलमा हावी बन्यो। कृष्णप्पा गोथमले अविजित १३ बलमा २ चौका र १ छक्का मद्दतले २२ रन बनाए पनि जितको नजिक पनि पुर्याउन सकेनन्।

१०१/३ को अवस्थाबाट थप ५ विकेट  विकेट गुम्दा पन्जाबले थप ४२ रन मात्र बनाउन सक्यो।

मुम्बईको बलिंगमा जस्प्रित बुम्राह ( ४-०-१८-२ ) , जेम्स प्याटीन्सन ( ४-०-२८-२ ) , राहुल चाहर ( ४-०-२६-२ ) ले समान २ विकेट लिए। ट्रेन्ट बोल्ट ( ४-०-४२-१ ) र क्रुनाल पान्ड्या ( ४-०-२७-१ ) ले समान १ विकेट लिए।

मुम्बईको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९१ रन बनाएको थियो।

मुम्बईको लागि कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाए जुन क्रममा ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। यस क्रममा रोहितले लिगमा ५ हजार रन पनि पुरा गरे। काइरन पोलार्डले अविजित ४७ ( २० बलमा ३ चौका र ४ छक्का ) तथा हार्दिक पान्ड्याले अविजित ३० रन ( ११ बलमा ३ चौका र २ छक्का  ) बनाए। इशान किशनले ३२ बलमा २८ रन बनाए।

रोहितले ४५ बलमा ७० रन बनाए

क्विनन डिकक ( ० ) र सुर्यकुमार यादब ( १० ) रन छिट्टै आउट भएपछि तेश्रो विकेटको लागि रोहितले इशानसंग तेश्रो विकेटको लागि ६२ रनको साझेदारी गरे। किशनको विकेट पछि रोहित र पोलार्डले चौथो विकेटको लागि ४१ रन जोडे। रोहित १७ औं ओभरमा आउट भएपछि पोलार्ड र पान्ड्याले अन्तिममा आक्रामक ब्याटिंग गरेका थिए।

१५ ओभरमा १०२/३ को अवस्थाबाट मुम्बईले अन्तिम ५ ओभरमा मात्र १ विकेट गुमाएर ८९ रन बनाएको थियो।  १६ औं ओभरमा २२ रन, १८ औं ओभरमा १८ रन, १९ औं ओभरमा १९ रन तथा २० औं ओभरमा २५ रन बनेको थियो।

पन्जाबको बलिंगमा शेल्डन कटरेल ( ४-१-२०-१ ) , मोहम्मद शामी ( ४-०-३६-१ ) , कृष्णप्पा गोथम ( ४-०-४५-१ ) ले समान १ विकेट लिए। रभी बिस्नोइ ( ४-०-३७-० ) र जेम्स निशं ( ४-०-५२-२  ) विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

 

चौथो खेलमा दोश्रो जित दर्ता गर्दै मुम्बई अंकतालिकामा छैठौं स्थानबाट उक्लेर पहिलो स्थानमा पुगेको छ। समान ४ अंक रहेता पनि दिल्ली, कोलकाता, राजस्थान र बैंगलोर क्रमशः दोश्रो देखि पाँचौ स्थानमा रहेको छ। ४ खेलमा तेश्रो हार पछि पन्जाब छैठौं स्थानमा पुगेको छ।

मुम्बईले आगामी खेल हैदरावाद बिरुद्ध तथा पन्जाबले चेन्नाई बिरुद्ध खेल्नेछ। दुवै खेल आइतबार खेलिनेछ।

लिग अन्तर्गत भोलि शुक्रबार चेन्नाई सुपर किंग्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन्।

IPL : रोहितले पुरा गरे ५ हजार रन, लिग इतिहासकै मात्र तेश्रो ब्याट्सम्यान

IPL : गत सिजनको तुलनामा बढ्यो आईपीएलको दर्शक

विवादास्पद निर्णय : स्पाइडरक्यामलाई छोएता पनि उनदकतलाई क्याच आउट दिएपछि





थप समाचार

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]

प्रम कप : एपीएफ सेमिफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न (ग्रुप ‘ए’) १५ औं खेलमा एपीएफले कर्णालीलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा […]

प्रम कप : लुम्बिनीको दोश्रो जित, सुदूरपश्चिम बाहिरियो

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले दोश्रो जित हात पारेको छ। जितपछि लुम्बिनी समुह […]